×

NMB BANK
NIC ASIA

२ वर्षको बच्चाको उद्धारका लागि पूरै स्पेनले प्रार्थना गर्दै

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –  स्पेनवासीहरू दुई वर्षीय एक बच्चाको कुशलक्षेमका लागि प्रार्थना गरिरहेका छन् । खेल्दै गर्दा जुलियन रोसेलो १०० फीट तल इनारमा खस्यो । 

Muktinath Bank

अघिल्लो हप्ताको शनिवार इनारमा खसेको बच्चाको उद्धार कार्य जारी छ । इनारमा ड्रिल गरेर सुरुङ बनाइएको छ । रोसेलोलाई निकाल्नका लागि सुरुङ बनाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिणी स्पेनको मालागा शहरमा बालबालिका आफ्ना मातापितासँग बसेर दिवाभोज गर्दै गर्दा रोसेलो खेल्ने क्रममा इनारमा खसेको हो । इनारमा असुरक्षा छ भनी जनाउने कुनै चिह्न थिएन र ऊ खेल्दाखेल्दै त्यहाँ पुग्यो ।


Advertisment
Nabil box
Kumari

शनिवार जोइन्ट ड्रिलिङ मशिन प्रयोग गरेर रोसेलोलाई निकाल्ने प्रयास भइरहेको छ । उद्धार अभियान सञ्चालन गरिरहेका इन्जिनीयर ग्रेसिया विडल भन्छन्, ‘उद्धार अभियान पूर्ण शक्तिका लागि अघि बढिरहेको छ र हामी आशावादी छौं ।’

Vianet communication
Laxmi Bank

उद्धारटोलीका अनुसार, ड्रिलिङपछि दिनको लगभग १५ घन्टा समय उद्धारमा खर्च भइरहेको छ । 

तर उद्धार टोलीका एक सदस्यले बच्चालाई जिउँदो निकालिने सम्भावना कमै रहेको बताए । प्रशासनले निर्माण कम्पनीलाई सुरक्षा मानक अपनाउने विषयमा सोधपुछ गरेको छ । 

बालक रोसेलोका लागि स्पेनले प्रार्थना गरिरहेको छ । उसका मातापिताका लागि यो ठूलो आघातको घटना हो किनकि उनीहरूको अर्को बच्चा सन् २०१७ मा मुटुरोगका कारण मरेको थियो । 

बच्चाको उद्धारका लागि विज्ञटोलीका साथै स्थानीयहरूले पनि हरसम्भव सहायता गरिरहेका छन् । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x