×

NMB BANK
NIC ASIA

अब सुर्खेतबाटै पुनः श्रम स्वीकृति, मन्त्री रावलले गरे उद्घाटन

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट श्रम स्वीकृति सेवा आरम्भ भएको छ । आइतबार श्रम तथा रोजगार कार्यालय सुर्खेतमा आयोजित एक कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गर्दै उदघाटन गरेका हुन् । सेवा शुरू भएसँगै विदेश गएर फर्केकाहरूले पुनः श्रमस्वीकृति लिनका लागि काठमाडौं जाने बाध्यता समाप्त भएको छ ।

Muktinath Bank

कर्णालीका दश जिल्लाका युवायुवतीले विदेश जानका लागि श्रम स्वीकृति लिन थप सहज भएको मन्त्री रावलको भनाई छ । ‘कोहलपुरमा यो कार्यालय सचालन गर्ने तयारी संघीय सरकारको थियो ।’ मन्त्री रावलले भने, ‘मेरो कडा विरोधका कारण यहाँ कार्यालय आएको हो । कर्णालीबासी जनताका लागि यो कार्यालयले राहत दिनेछ ।’ मन्त्री रावलले श्रम स्वीकृति दिने प्रक्रिया अनलाइन मै भएका कारण अब श्रमीकह? ठगिनबाट बच्ने बताए । ‘विगतमा श्रमीकहरूमाथि ठगी भइरहेको समाचार बारम्बार सार्वजनिक हुने गरेको थियो’ रावलले भने, ‘तर अब कार्यालय इ गर्वनेन्समा गइसकेपछि श्रमीकहरूलाई ठगिनबाट बचाउनेछ ।’ रावलले कर्णालीका युवाहरूलाई लक्षित गरेर श्रमनीति ल्याउन लागिएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कर्णालीका युवाहरूलाई उत्पादन मुलक सीप सिकाउने गरी मन्त्रालयले नीति तय गरिरहेको छ’ उनले भने, ‘हामी कर्णालीका हरेक युवालाई विश्व बजारमा बिक्नसक्ने बनाउनेछौं ।' मन्त्री रावलले तत्काल श्रम स्वीकृति दिन शुरू भएका कारण कर्मचारी अभाव भएको भए मन्त्रालयले स्वंयसेवकको व्यवस्था गरेर भएपनि सेवा प्रवाहमा चुस्तता ल्याउने बताए ।


Advertisment
Nabil box
Kumari

श्रम स्वीकृति पाउँदा खुशी

Vianet communication
Laxmi Bank

कार्यक्रममा मन्त्री रावलले एक जना साउदी अरबमा विगत १७ वर्षदेखि काम गरिरहेका ललित घर्तीलाई श्रम स्वीकृति हस्तान्तरण गरेका थिए । सुर्खेतमै श्रम स्वीकृति पाएका घर्ती अत्यन्तै हर्षित देखिए । ‘छोटो समयमा भनेकै बेलामा श्रम स्वीकृति पाईयो,' घर्तीले लोकान्तरलाई भने, ‘सरकार नजिकै आएको महसुस भयो ।’

घर्तीका अनुसार उनले यो भन्दा अघि श्रम स्वीकृति लिँदा काठमाडौंमा धेरै झन्झट व्यहोर्नु परेको थियो । श्रम तथा रोजगार कार्यालय प्रमुख श्याम प्रसाद आचार्यका अनुसार तत्कालका लागि उक्त कार्यालयबाट विदेश गएर आएकाहरूलाई मात्रै श्रम स्वीकृति दिने बताए । ‘हामीले विदेश गएर आइसकेकाहरूलाई मात्रै पुनः श्रम स्वीकृति दिने छौं’ आचार्यले भने, ‘नयाँ श्रम स्वीकृती काठमाडौंमा नै पाइनेछ ।’ कार्यालयबाट पुनः श्रम स्वीकृति लिदा श्रकिले रोजगार कल्याणकारी कोषका लागि ? १५ सय बैकमा जम्मा गर्नुपर्ने छ भने बीमा पनि गर्नुपर्नेछ । त्यो वाहेक स्वीकृति लिँदा अन्य कुनै थप रकम नलाग्ने आचार्यको भनाई छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x