×

NMB BANK
NIC ASIA

गाडी खरिदमा अनियमितता प्रकरण : समिति बुझायो प्रतिवेदन, भन्छ– नियतमा खोट

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल–प्रदेश नम्बर पाँचमा खरिद गरिएका गाडीहरूमा अनियमितताको आशंका भएपछि गठित सार्वजनिक लेखा समितिले गठन गरेको प्रारम्भिक अध्ययन समितिले आइतबार मूल समितिलाई प्रतिवेदन बुझाएको छ । लेखा समिति अन्तर्गतको प्रारम्भिक अध्ययन समितिले प्रदेशसभा र सरकारले खरिद गरेका सवारी साधानहरू सार्वजनिक खरिद ऐन अनुसार देखिएको लेखा समितिलाई बुझाएको हो । 

Muktinath Bank

संयोजक कूल प्रसाद पोखरेलले सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीलाई आठ पृष्ठको प्रतिवेदन बुझाउँदै खरिदको नियम ठीक भएपनि नियतमा प्रश्न उठेको बताए । नियतमाथि प्रश्न उठेपछि समितिलाई अझै १५ दिनको म्याद दिइएको छ । ‘खरिद गरिएका गाडीहरू सार्वजनिक खरिद ऐन २०६३ अनुसार नै देखियो’ संयोजक पोखरेलले भने, ‘नियत स्पष्ट देखिएन । खोट देखिन्छ । त्यिसैले अझै अध्ययन गर्न जनशक्ति पनि आवश्यक र समय पनि चाहियो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लेखा समितिको बैठकले प्रारम्भिक अध्ययन समितिको माग अनुसार थप अध्ययन गर्नका लागि रेवतीरमण शर्मा, बसिउद्दिन खान र गीता थापालाई थप गरेको छ । यस अगाडि पोखरेलको संयोकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो । अब समिति ६ सदस्यीय भएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेशसभा सचिवालयले उप–सभामुखसहित विषयगत समिति सभापतिका लागि १३ गाडी खरिद गरेको थियो । त्यसमध्ये ११ वटा टाटा स्ट्रोम भीएस फोर हवील गाडी हुन् । ११ वटा गाडी प्रदेशसभाले एउटा मूल्यमा र मन्त्रालयले अर्को मूल्यमा किनेको पाइएको छ । ती गाडीहरू बुटवल एक गाडी शोरूमबाट खरिद गरिएका थिए । ती गाडीहरू बजार मूल्यभन्दा झण्डै ३ लाख ५० लाख रूपैंयाँ बढीमा खरिद गरेको पाइएको हो । 

Vianet communication
Laxmi Bank

बजारमा ६८ लाख रूपैंयाँ पर्ने गाडी ७२ लाखभन्दा बढी मूल्यमा प्रदेशसभाले खरिद गरेको खबर सार्वजनिक भएको छ । सफलले स्थानीय गाडी खरिदकर्तालाई सफलले ती गाडी ६८ लाख ५५ हजार रूपैंयाँमा विक्री गर्दै आइरहेको बताइएको छ । 

गाडीमा अनियमितता भएको आंशका आएपछि सार्वजकि लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी र कांग्रेस संसदीय दलका नेता बलदेश शर्मा पोखरेलले आफूहरु चढदै आएको गाडी फिर्ता गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x