इस्तानबुलको एक नगरपालिकाको अनौठो नियम : सभ्य महिलाले चाटीचाटी आईसक्रीम खान हुँदैन

माघ १०, २०७५

काठमाडौं – टर्कीको सबभन्दा महत्त्वपूर्ण शहर इस्तानबुलको एक नगरपालिका विवादमा घेरिएको छ । उसले महिलालाई सभ्यता सिकाउन थालेको छ । 

नियमअनुसार, सभ्य महिलाहरूले आईसक्रीम चाटीचाटी खानुहुँदैन । यसो गर्नु भद्दा काम भएको नगरपालिकाको भनाइ छ । 


ADVERTISEMENT

सामाजिक सञ्जालमा यो नियमको विषयमा ठूलै बहस चलिरहेको छ । मानिसहरूले यसलाई महिलाको स्वतन्त्रतामाथिको प्रहार भनेका छन् । 

इस्तानबुलको बागसिलर नगरपालिकाले महिलालाई सभ्यता सिकाउनका लागि दुई महिनाको कोर्स शुरू गरेको छ । लेक्चरमार्फत युवतीहरूलाई सार्वजनिक स्थानमा कस्तो व्यवहार देखाउनुपर्छ भनी बताइनेछ । 

नगरपालिकाका अनुसार, इस्तानबुलका सभ्य महिलाले परम्परागत लोकाचार जान्नुपर्छ । महिलाले विनम्र रहने, भान्सामा काम गर्ने हो भन्दै यही कुरा नगरपालिकाले सिकाउनेछ । पूरा मुख खोलेर कुरा गर्न नहुने कुरा पनि उसले सिकाउनेछ । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चाहिँ केही मानिस महिलाले आईसक्रीम खाएको पनि हेरिबस्दा रहेछन् भनी व्यंग्यात्मक टिप्पणी गरे । 

नगरपालिकाका नियममा महिलाहरूलाई चुइंगम चपाउनु पनि खराब भएको उल्लेख छ । अनि बस यात्रामा फोनमा लामो समय कुरा गर्न र फोहरी शब्द प्रयोग नगर्न पनि भनिएको छ । 

अनि पुरुषहरूलाई पहिलोपटक भेट्दा महिलाहरूले बिहे भएको वा कति बच्चा छन् भनी सोध्न पनि नहुने नियम ल्याइएको छ ।

महिलाहरूलाई ट्रेनिङ दिनका लागि गणितकी उपप्राध्यापक अर्जु अरदालाई बोलाइएको छ । अरदा भन्छिन्, ‘सभ्य व्यवहारले नै हाम्रो धर्म, परम्परा र संस्कृतिलाई प्रोत्साहन गर्न । शिष्टाचार र विनम्रता समाजमा कम भइरहेको छ । अब स्थितिमा परिवर्तन आउनेछ ।’

एजेन्सी 

माघ १०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस