×

NMB BANK
NIC ASIA

भारतीय नेताहरूसँग भेटपछि विश्वदीपले भने- नेपालसँग राजनीतिक तहमै सम्बन्ध बढाउन चाहेका छन्

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - नयाँ शक्ति पार्टी, नेपालका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भारतका राजनीतिक दलका नेताहरूले नेपालसँग राजनीतिक तहमै सम्बन्ध बिस्तार गर्न चाहेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

'नाकाबन्दी लगायतका समस्याहरूमा कर्मचारीतन्त्रको भूमिका प्रमुख रहेको अनुभव अधिकांश नेताहरूले भेटघाटको क्रममा व्यक्त गर्नुभयो', साताव्यापी भारत भ्रमणमा रहेका पाण्डले भने, 'अब राजनीतिक नेतृत्व तहमै प्रत्यक्ष भेटघाटलाई बाक्लो बनाउनुपर्छ भन्ने मनोभावना उहाँहरूको पाएँ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृष्णप्रसाद भट्टराई र जवाहरलाल नेहरूको व्यक्तिगत सम्बन्धका प्रसंग कोट्याउँदै पछिल्लो समय दुई देशको सम्बन्ध केही विचौलियाहरूमा निर्भर रहनु दुःखद् रहेको अनुभव आदानप्रदान भएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

नयाँ शक्तिको प्रचार विभागको एक टोली विभागका प्रमुख पाण्डेको नेतृत्वमा माघ १ गते भारतका विभिन्न पार्टीहरूको सञ्चार अभ्यास र सफल क्रियाकलापहरूको अध्ययन गर्न दिल्ली पुगेको थियो । टोलीले भारतीय जनता पार्टीका प्रचार विभाग प्रमुख अनिल बुलानी, उपप्रमुख डा. सञ्जय मयुख, प्रवक्ता सञ्जय पात्रसँग भाजपाको केन्द्रीय कार्यालयमा प्रचार अभ्यासबारे अनुभव आदानप्रदान गरेको थियो ।

Vianet communication
Laxmi Bank

त्यसैगरी भारतीय राष्ट्रिय कांग्रेस पार्टीका राष्ट्रिय प्रवक्ता राजिव त्यागी, सञ्चार संयोजक तथा प्रवक्ता प्रियंका चतुर्वेदी, सञ्चार विभागका सचिव प्रणव झा, भारतीय युवा कांग्रेसका राष्ट्रिय प्रवक्ता तथा मिडिया इञ्चार्ज अमरिश रञ्जन पाण्डेसँग भारतीय युवा कांग्रेसको कार्यालयमा प्रचार अनुभव आदानप्रदान गरिएको थियो । 

त्यसैगरी आम आदमी पार्टीको सूचना प्रविधि तथा सामाजिक सञ्जाल प्रमुख अंकित लालसँग पनि भ्रमण टोलीले अन्तरक्रिया तथा अनुभव आदान प्रदान गरेको छ ।  

टोलीले भाजपाका राष्ट्रिय उपाध्यक्ष श्याम जाजु, भगतसिंह कोसियारी, अजितकुमार, वामपन्थी पत्रकार तथा बुद्धिजिवी आनन्दस्वरुप बर्मा, चुनावी अभियान रणनीतिकार प्रशान्त किशोरलगायतसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ । त्यस्तै भाकपा (मार्क्सवादी)का महासचिव सिताराम यचुरीसँग पनि टोलीले भेटेको थियो । 

सबै भेटघाट, छलफल, कुराकानीमा राजनीतिक पार्टीको सञ्चार रणनीति, नेपाल-भारत सम्बन्ध, दुई पार्टीबीचको सम्बन्ध लगायतका बारेमा कुराकानी भएको नयाँ शक्ति पार्टीका प्रचार विभाग प्रमुख पाण्डेले जानकारी दिए ।

विशेषगरी सञ्चार क्षेत्रको सफल अभ्यास र अनुभव आदानप्रदान महत्वपूर्ण रहेको उनले बताए ।

नयाँ-नयाँ सूचना प्रविधिको प्रयोगमा विभागले अध्ययन गर्ने र नयाँ शक्ति पार्टीका नेताहरूलाई पनि यसमा अभ्यस्त बनाउन विभिन्न प्रशिक्षणमूलक कार्यक्रमहरू सञ्चालन गर्ने, राजनीतिक पार्टीको सञ्चारलाई आम जनतासँग दोहोरो रूपमा स्थापित गरी जनतासँगको सम्बन्ध बलियो बनाउने कुरामा नयाँ शक्तिको प्रचार विभागले ध्यान केन्द्रित गरेको प्रमुख पाण्डेले बताए ।

अध्ययन भ्रमण टोलीमा विभागका उपप्रमुख सुदर्शन खतिवडा, प्रदेश नं. ५ का प्रचार विभाग प्रमुख पंकज राई, विभागका सचिव मनोज ढोडारी, सदस्यहरू प्रल्हाद पोखरेल, जनक पाण्डे लगायत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x