×

NMB BANK
NIC ASIA

सुर्खेतबाटै पुन: श्रम स्वीकृति पाउँदा हर्षित् बने ललित, भन्छन्- 'सरकार नजिकै रहेको महसूस भयो'

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत -१७ वर्षसम्मसाउदी अरेबियामा काम गरिसकेका सुर्खेतका ललित घर्ती मगरको आइतवार खुशीको कुनै सीमा नै थिएन ।

Muktinath Bank

फेरि आफ्नो कर्मथलो फर्किने तयारीमा रहेका उनले सुर्खेतबाटै पुन: श्रम स्वीकृति पाउँदै थिए । खुशी यसमा मात्र सीमित थिएन, उनी सुर्खेतबाटै श्रम स्वीकृति लिने पहिलो व्यक्ति बन्दै थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रम तथा रोजगार कार्यालय सुर्खेतमा सेवा शुभारम्भका लागि विशेष कार्यक्रम नै आयोजना गरिएको थियो । प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले उनलाई श्रम स्वीकृति प्रदान गरे ।


Advertisment
Nabil box
Kumari

श्रम स्वीकृति हातमा परेपछि उनी निकै हर्षित् देखिए । 'छोटो समय र भनेकै बेलामा श्रम स्वीकृति पाइयो,’ उनले खुशी हुँदै भने, ‘सरकार नजिकै आएको महसूस भयो ।’

Vianet communication
Laxmi Bank

यसअघि श्रम स्वीकृतिका लागि काठमाडौंमा धेरै झन्झट बेहोर्नुपरेको गुनासो पनि उनले गरे ।

उनलाई श्रम स्वीकृति प्रदान गरेसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पनि पुनः श्रम स्वीकृति दिन शुरू गरिएको छ ।

 

श्रम तथा रोजगार कार्यालय सुर्खेतमा आइतवार आयोजित विशेष कार्यक्रमका बीच कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गर्दै सेवा शुभारम्भ गरेका हुन् ।

अब पुनः श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । कर्णालीका १० जिल्लाका युवाले अब श्रम स्वीकृति लिन थप सहज भएको मन्त्री रावलले बताए ।

‘कोहलपुरमा यो कार्यालय सञ्चालन गर्ने तयारी संघीय सरकारको थियो,’ मन्त्री रावलले भने, ‘मेरो कडा विरोधका कारण यहाँ कार्यालय आएको हो । कर्णालीवासी जनताका लागि यो कार्यालयले राहत दिनेछ ।’

मन्त्री रावलले श्रम स्वीकृति दिने प्रक्रिया अनलाइनमै भएका कारण अब श्रमीकहरू ठगिनबाट बच्ने पनि बताए ।

‘विगतमा श्रमीकहरूमाथि ठगी भइरहेको समाचार बारम्बार सार्वजनिक हुने गरेको थियो,’ उनले भने, ‘तर अब कार्यालय 'ई-गभर्नेन्स'मा गइसकेपछि श्रमीकहरूलाई ठगिनबाट बचाइनेछ ।’

श्रम नीति ल्याइँदै

मन्त्री रावलले कर्णालीका युवालाई लक्षित गरेर श्रम नीति ल्याउन लागिएको जानकारी दिए ।

‘कर्णालीका युवालाई उत्पादनमूलक सीप सिकाउने गरी मन्त्रालयले नीति तय गरिरहेको छ,’ उनले भने, ‘हामी कर्णालीका हरेक युवालाई विश्व बजारमा बिक्न सक्ने बनाउँछौं ।’

मन्त्री रावलले तत्काल श्रम स्वीकृति दिन शुरू भएका कारण कर्मचारी अभाव भएको भए मन्त्रालयले स्वंय सेवकको व्यवस्था गरेर भएपनि सेवा प्रवाहमा चुस्तता ल्याउने प्रतिबद्धता जनाए ।

यसरी लिनुहोस् पुनः श्रम स्वीकृति

कार्यालय प्रमुख श्यामप्रसाद आचार्यका अनुसार कार्यालयबाट विदेश गएर आएकाहरूलाई मात्रै श्रम स्वीकृति दिइन्छ ।

‘हामीले विदेश गएर आइसकेकालाई मात्रै पुनः श्रम स्वीकृति दिनेछौं,’ उनले भने, ‘नयाँ श्रम स्वीकृति भने काठमाडौंमा नै पाइन्छ ।’

कार्यालयबाट पुनः श्रम स्वीकृति लिँदा श्रमिकले रोजगार कल्याणकारी कोषका लागि १५ सय रुपैयाँ बैंकमा जम्मा गर्नुपर्छ भने बिमा पनि गर्नुपर्छ ।

यसका अतिरिक्त रकम नलाग्ने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x