×

NMB BANK
NIC ASIA

शवमाथि शव, झोलामा कपडा होला भनेर खोल्दा नवजात छोराको शव भेटियो

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चरीकोट-भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीका ४४ वर्षीय कालुमान थामीको भीरबाट लडेर शनिबार मृत्यु भयो । थामीको शवपरीक्षण गर्नुपर्ने भनी शव प्राथमिक स्वास्थ्य केन्द्र चरीकोट ल्याइयो । 

Muktinath Bank

लाश सद्गत गर्न सम्पूर्ण कपडा पन्छाउने क्रममा रगतले लतपत भएको एउटा प्लाष्टिकको झोला भेटियो । झोलामा पनि कपडा होला भनेर खोल्दा नवजात छोराको लाश भेटियो । सद्गत गर्ने विधि सकेर भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीको घाटमा जलाउन लागेको लाशमा अर्को लाश भेटिएपछि मलामी अचम्मित भए । दागबत्ती दिन लागेका बेला शवपरीक्षण गरी सिलाइएको अवस्थाको अर्को लाश भेटिएपछि सबै जना मलामी छक्क परेर अस्पताललाई गाली गर्न थाले । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफन्तको मलाम गएका मलामीहरु जलाउन लागेको लाशमा अर्को लाश भेटिएपछि केही बेर तनावमा परेको भीमेश्वर नगरपालिका–१ का वडाअध्यक्ष वीरमान थामीले बताए ।  वडाध्यक्ष वीरमानले सोबारे प्रहरीलाई खबर गरे । प्रहरीले बच्चाको लाश बुझेर फेरि अस्पताललाई बुझायो । त्यसपछि मात्र कालमानको लाशसद्गत गरिएको अध्यक्ष थामीले बताए । 


Advertisment
Nabil box
Kumari

यही माघ ३ गते हराएका भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीका कालुमानको शव माघ ५ गते बिहान करीब ७ बजे भीमेश्वर–२ को भीरमुनि भेटिएपछि सोही दिन प्रस्तावित चरिकोट अस्पतालमा शवपरीक्षण गरियो । शवपरीक्षणपछि प्लाष्टिकमा राखिएको शव बुझेर अस्पतालबाटै बाँसमा बाँधी गाडीमा लिएर गएको वडाध्यक्ष वीरमानले बताए । 

Vianet communication
Laxmi Bank

चरीकोट प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा क्षमता घिमिरेले कालुमानको शव आफैँले शवपरीक्षण गरेको र शवपरीक्षण गरेर सिलाएपछि कार्यालय सहायकले अरू काम गरिहाल्छन् भनेर आपूm बाहिर निस्कँदा गल्ती भएको हुन सक्ने बताए ।  प्रहरीले फोन गरेपछि मात्र बच्चाको पनि लाश गएको थाहा पाएको उनले जानकारी दिए । 

बैत्यश्वर गाउँपालिकाबाट आएकी एक गर्भवतीबाट मृतावस्थामा चार केजी तौल भएको शिशु माघ ४ गते प्रस्तावित चरीकोट अस्पतालमा जन्मेको अस्पतालले जनाएको छ । परिवारले शिशुको लाश नलगेपछि के कारणले जन्मनुअघि नै मृत्यु हुन्छ भन्ने विषयमा अध्ययनका लागि शिशुको शवपरीक्षणसमेत गरिएको अस्पतालले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x