×

NMB BANK
NIC ASIA

चिकित्सा शिक्षा विधेयक पारित गर्ने संसद्को तयारी, कर्मचारी समायोजन फागुन ३ भित्र

माघ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन माग गर्दै डा. गोविन्द केसी आमरण अनशन बसिरहे पनि प्रतिनिधिसभाले सोमबार उक्त विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने र त्यसपछि उक्त विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले बनाएको हो । 

Muktinath Bank

कार्यसूचीअनुसार विधेयक पारित गर्ने रणनीति सत्तापक्षको छ भने प्रमुख प्रतिपक्षी कांग्रेस संसद् बैठक अवरोध गर्ने तयारीमा छ । ‘संसदीय उपसमितिको सुझावसहितको प्रतिवेदन र विधेयक पारित गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ’ विधेयक तयार गर्ने शिक्षा समितिका सदस्यसमेत रहेका नेकपा नेता योगेश भट्टराईले भने, ‘विधेयक जस्ताको तस्तै पारित गर्नुपर्छ भन्ने हाम्रो पार्टीको पनि धारणा छ, त्यहीअनुसार हामी अघि बढ्छौं ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसले गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न लागेको विषय संसद्मा उठाउने तयारी गरेको छ । ‘मुख्यतः दुई अस्पताल केन्द्रबाट हटाउने विषय र डा. गोविन्द केसीको मागलाई उठाउँछौं । सरकार र केसीबीच भएको सहमति हुबहु कार्यान्वयन हुनुपर्छ भन्ने पार्टीको स्पष्ट माग छ,’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘संसद् बैठक अवरुद्ध गर्छौं ।’


Advertisment
Nabil box
Kumari

१५औं अनशनमा भएको सम्झौता हुबहु लागू गर्नुपर्ने केसीको मागमा कांग्रेसको पनि समर्थन छ । सत्तापक्ष नेकपाले भने कुनै व्यक्तिका सबै माग हुबहु पूरा हुने र त्यसलाई सार्वभौम संसद्ले जस्ताको तस्तै मान्नुपर्ने खालको तर्कमा सहमत हुन नसक्ने बताउँदै आएको छ ।, कान्तिपुरमा खबर छ ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड प्रस्थान 
प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाइ गरे । 

यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वीट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नुहुने छ । सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा नेपालका प्रधानमन्त्रीले पहिलो पटक भाग लिन लाग्नुभएको हो ।

भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी सहभागी छन् । प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल यही माघ १२ स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस 
संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष पदका लागि नाम सिफारिस गरेको छ । सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पर्वतका बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा प्यूठानका शान्तराज सुवेदी र मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजयकुमार दत्तको नाम सिफारिस गरेको हो । 

त्यसैगरी, परिषद्ले थारू आयोगको अध्यक्षमा बर्दियाका विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा काठमाडौँका समिम अन्सारीको नाम सिफारिश गरेको बैठकपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । नेपालको संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक आयोगका अध्यक्षको पद तथा गोपनीयताको शपथ गरिने व्यवस्था छ । 

सीएमसीलाई मेलम्ची आयोजनाको अल्टिमेटम
मेलम्ची खानेपानी योजना निर्माणको काम अलपत्र पारेर स्वदेश फर्किएको इटालियन ठेकेदार कम्पनी सिएमसी लामो सयमसम्म नफर्केपछि सरकारले उसको नाममा पत्र पठाएको छ । दुई साताको अल्टिमेटम दिँदै मेलम्ची खानेपानी विकास परियोजनाले सीएमसीको नाममा आइतवार पत्र पठाएको हो ।

खानेपानी तथा सरसफाई मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले मेलम्ची खानेपानी योजनाले सीएमसीलाई १४ दिन भित्र फर्कन आग्रह गर्दै पत्र पठाएको जानकारी दिए । ‘बल्ल मेलम्चीले आज सीएमसीको नाममा पत्र पठाएको छ,’ प्रवक्ता सुवेदीले लोकान्तरसँग भने, ‘१४ दिनभित्र काममा नफर्किए ऊसँगको ठेक्का प्रक्रिया रद्द हुन्छ र नयाँ ठेक्काका लागि सरकारले निर्णय गर्छ ।’

आयोजनामा थोरै मात्र काम बाँकी रहेको भनिएका बेला काम छाडेर सीएमसीका प्रतिनिधि भाग्न खोजेका थिए । त्यसपछि मेलम्ची खानेपानी योजना र खानेपानी मन्त्रालयको आग्रहमा नेपाल प्रहरीले सीएमसीका प्रतिनिधिलाई पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लाएको थियो । क्रिसमस र नयाँ वर्ष मनाउन भन्दै सहमतिमै इटाली गएको टोली अझै फर्किएको छैन ।

घुस लिएको अभियोगमा पक्राउ 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय ललितपुरका नायब सुब्बासहित अर्का एक सहयोगीलाई घुस लिएको अभियोगमा आइतबार पक्राउ गरेको छ । आयोगका अनुसार सेवाग्राहीको जग्गा हाल साविक गर्ने प्रयोजनका लागि नायब सुब्बा कुमारबहादुर राजभण्डारी र सहयोगी बाबुराजा शाक्यले छ हजार रुपैयाँ घुस लिँदालिँदै कार्यकक्षबाटै पक्राउ गरिएको हो । 

यस्तै आयोगले प्रहरीलाई घुस दिन खोजेको अभियोगमा पक्राउ परेका भारत बहराइचका विजय चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चौधरीले भन्सार छली अवैधरूपमा हार्डवयरका सामान ओसारपसार गर्ने क्रममा पक्राउ परेका चार जना व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाउनका लागि १० हजार रुपैयाँ घुस दिन खोजेको आयोगको दाबी छ । 

यस्तै जिल्ला स्वास्थ्य कार्यालय, गुल्मीका नायब सुब्बा मिना मरासिनीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । 

कर्मचारी समायोजन फागुन ३ भित्र
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ भित्रै कर्मचारी समायोजन सक्ने गरी गृहकार्य थालेको छ । समायोजन फाराम भरेका कर्मचारीको विवरण जाँच शुरु गरिएको जानकारी मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले दिए । 

संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि निजामती र अन्य सेवाका गरी ७७ हजार ३४ जनाले फाराम भरेका छन् । जसमा सरकारी सेवाका ७५ हजार ३ सय ६७ र अन्य सेवाका १ हजार ६ सय ६७ जना छन् । फाराम भरेका सबै कर्मचारीको विवरण जाँच सकिएलगत्तै समायोजनपत्र दिन सुरु गरिने अधिकारीले बताए । ‘भरिएका फाराम र निजामती किताबखानाको विवरण भिडाएर जाँच गर्ने काम शुरु भएको छ,’ उनले भने, ‘एक सातामा सबै विवरण जाँच सकिनेछ, त्यसलगत्तै समायोजनपत्र दिनेछौं ।’, कान्तिपुरमा खबर छ ।

बालयौन दुराचारको आरोपमा पक्राउ 
बाल यौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१३ कालिमाटीस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरी तीन बालकको उद्धार गरेको ब्यूरोका प्रवक्ता उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

विदेशी नागरिकले नेपाली बालकलाई प्रलोभनमा पारी यौन दुराचार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा जाँच गर्दा अपार्टमेन्ट लिएर बस्दै आएका बेलायती नागरिक आयन रोवर्ट कोले र उनका दुई नेपाली सहयोगीलाई पक्राउ गरिएको जनाइएको छ ।

अपाङ्गतामैत्री संरचना बनाउन निर्देशन 
संघीय संसद्, महिला तथा सामाजिक समितिले अब बन्ने सरकारी संरचनालाई अपाङ्गतामैत्री बनाउन शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले सार्वजनिक सेवा प्रवाह गर्ने संरचना अपाङ्गमैत्री हुन नसकेका कारण सरकारी सेवा सुविधा प्राप्त गर्न कठिन भएको भन्दै सरकारले निर्माण गर्ने प्रत्येक संरचना अपाङ्गतामैत्री बनाउन प्रत्येक स्थानीय निकायसँग सहकार्य गर्नसमेत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । 

बैठकले सरकारी संरचनाको नाम, सम्बन्धित महासङ्घ वा संस्था÷सङ्गठनमा समेत अपाङ्गता शब्दलाई परिमार्जन गरी ‘फरक रुपले सवल नागरिक’को प्रयोग गरेर मनोबल÷मनोभावनालाई उच्च बनाउने शब्द र व्यवहार प्रचलन÷प्रयोग गर्न गराउन र प्रचलित कानूनमा समेत सोही शब्द राख्ने व्यवस्था मिलाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्गता महासङ्घलाई निर्देशन दिएको सभापति निरुदेवी पालले जानकारी दिइन् ।

चालीस केजी चरेससहित दुई भारतीय पक्राउ
प्रहरीले चालीस केजी चरेससहित दुई जना भारतीयलाई कपिलवस्तु नगरपालिका–१ बहादुरगञ्ज जाने चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला पूर्वी चम्पारन थाना रक्सौल ग्राम परेउवाका ३२ वर्षीय ताहिर अली र सोही स्थानका ३२ वर्षीय मोहम्मद आलम रहेको प्रहरीले जनाएको छ । 

आइतबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । अन्य संलग्न व्यक्तिका बारेमा समेत सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

डिनको अध्यक्षतामा समिति बनाउन सिफारिस
चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको मोडालिटी बनाउन पोखरा विश्वविद्यालय इञ्जिनीयरिङ सङ्कायका डिनको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गर्न संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको कार्यदलले सिफारिस गरेको छ । 

कार्यदलले चाँगुनारायण नगरपालिका प्रमुख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, भक्तपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल इञ्जिनीयरिङ कलेजका प्रिन्सिपलसहितको पाँच सदस्यीय समिति गठन गरी मोडालिटीलगायतको प्रतिवेदन बनाउन सिफारिस गरेको हो ।

विवादको सम्बन्धमा अध्ययन गर्न सांसद योगेश भट्टराईको संयोजकत्वमा गठित सांसदद्वय उमेश श्रेष्ठ र हितबहादुर तामाङ सदस्य रहेको कार्यदलले सर्वपक्षीयरुपमा नयाँ सञ्चालक समिति गठनसहितको प्रतिवेदन बनाएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गर्नसमेत भनेको छ । यस्तै कलेज सञ्चालनको मोडालिटी तयार गरी १५ दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रतिवेदन पेश गर्नसमेत कार्यदलले सिफारिस गरेको छ ।

यसका लागि समितिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकेको सहसचिवको अध्यक्षतामा मन्त्रालयले तोकेको चार्टर एकाउन्टेन्ट, पोखरा विश्वविद्यालयका प्रतिनिधि, भक्तपुरका प्रमुख जिल्ला अधिकारी, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहितको पाँच जनाको कार्यदल गठन गर्न सिफारिश गरेको हो । कार्यदलको सिफारिशबमोजिम दोषीमाथि कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिश गर्न भट्टराई नेतृत्वको कार्यदलले एक महीनाको समयसीमा तोकेको छ । 

तत्कालीन कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेको नेतृत्वमा भएको रु २० करोडको अपचलनको छानविन नहुँदा कलेजमा अध्ययनरत विद्यार्थी र कर्मचारीको भविष्य अन्योलमा परेको भनी असोजमा संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा लिखित निवेदन परेको कार्यदल बनेर छानविन गरिएको हो ।

युएइविरुद्धको खेलका लागि राष्ट्रिय टोलीको घोषणा
युएई विरुद्धको एकदिवसीय र टी–ट्वेन्टी क्रिकेट श्रृंखलाका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो । टिममा पवन सर्राफ, अभिनाष बोहरा, भीम सार्की र सन्दिप जोराले पहिलोपटक स्थान पाएका छन् । 

टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्लसहित बसन्त रेग्मी, बिनोद भण्डारी, दीपेन्द्र ऐरी, करण केसी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहित पौडेल, सन्दिप लामिछाने र सोमपाल कामी छन् । एकदिवसीय मान्यता पाएपछि नेपालले दोश्रोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । 

युएईमा नेपालले ३ वटा एकदिवसीय र ३ वटा टी–ट्वेन्टी श्रृंखला खेल्नेछ । जनवरी २५, २६ र २८ तारिखमा नेपालले एकदिवसीय खेल खेल्नेछ भने जनवरी ३१, फेब्रुअरी १ र फेब्रुअरी ३ मा टी ट्वेन्टी खेल हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x