माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
काठमाडौं– नेपाल विद्यार्थी संघलाई आफूअनुकूल बनाउन कांग्रेस शीर्ष नेताहरू लागिपरेका छन् । नैनसिंह महर नेतृत्वको कार्यसमितिको अवधि माघ २ देखि समाप्त भएपछि उनीहरू आआफ्नै पक्षको तदर्थ समिति बनाउन कस्सिएका हुन् ।
महर नेतृत्वको कार्यकाल भदौ २ मै सकिए पनि महाधिवेशन गर्ने प्रयोजनका लागि पहिलो पटक २ र दोस्रो पटक ३ महिना समय थपिएको थियो । कामचलाउमा परिणत भएको अहिलेकै कार्यसमिति लम्ब्याउने कि तदर्थ समिति बनाउने भन्नेमा संघ र पार्टीभित्र मतैक्य छैन ।
पार्टी सभापति शेरबहादुर देउवा महरको कार्यक्षमताप्रति सन्तुष्ट छैनन् तर गृहजिल्ला डडेलधुराकै भएका कारण उनको विपक्षमा जान पनि तयार देखिँदैनन्। संस्थापनपक्षमै उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशरण महत महरको विकल्प खोजीमा छन् । तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने तर्क उनीहरूको छ ।
महामन्त्री पूर्णबहादुर खडका भने महर नेतृत्वकै समिति लम्ब्याउनुपर्ने पक्षमा छन् । निधि संघका वर्तमान महामन्त्री सरोज थापालाई तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने पक्षमा छन् । महर नेतृत्वको कार्यसमितिले महाधिवेशन गराउन नसक्ने भन्दै थापासहित संस्थापनपक्षका ९ जनाले सुरुमै राजीनामा दिएका थिए ।
संस्थापनपक्षबाटै पार्टी सहमहामन्त्री महत वर्तमान कार्यसमितिकै सहमहामन्त्री प्रेम जोशीलाई तदर्थ समितिको संयोजक बनाउने कसरतमा छन् । उनी संघको महाधिवेशन गराउन पार्टीबाट खटिएका निर्देशन समिति संयोजकसमेत हुन् ।
संस्थापनपक्षबाटै उपाध्यक्ष पुष्प शाही तदर्थ समितिको नेतृत्वका लागि राजीनामा दिएर बसेका छन् । उनी देउवापत्नी आरजुनिकट छन् । संस्थापन इतरपक्षमा पनि महरलाई नै थप समय दिने कि तदर्थ समिति बनाउने भन्नेमा एकमत छैन ।
वरिष्ठ नेता रामचन्द्र पौडेल मनोजमणि आचार्यको नेतृत्वमा तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने पक्षमा छन् । आचार्य महरसँगै संघको एघारौं महाधिवेशनमा प्रत्याशी बनेका थिए । पौडेलको यो अडानमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतको साथ छ । तर, महामन्त्री शशांक कोइराला दुवैतिर ठिक्क छन् ।
तदर्थ समिति बनाए वा अहिलेकै कार्यसमितिलाई थप समय दिए पनि मान्य हुने उनको भनाइ छ । संस्थापन इतरमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने महाधिवेशन गराउन महर नेतृत्वकै कार्यसमितिलाई अझै ६ महिना समय दिनुपर्ने पक्षमा छन् ।, कान्तिपुरमा खबर छ ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...