×

NMB BANK
NIC ASIA

सुर्खेत– फिरन्ते जीवन जीउने राउटे समुदायका बालबालिकाहरू कुपोषण र सुकेनासले प्रभावित हुन थालेका छन् । कर्णाली प्रदेश सरकारको आयोजनामा राउटे समुदाय बस्दै आएको बस्तीमा गरिएको स्वास्थ्य शिविरमा बालबालिकाहरू प्रभावित देखिएको शिविरमा गएका डाक्टरहरुले बताएका छन् ।

Muktinath Bank

सुर्खेतको लेकवेशी नगरपालिका–१ रातेखोलामा बसोबास गर्ने राउटे समुदायमा पुस २९ गते स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । राउटे समुदायका बालबालिकाहरूमा कुपोषण र सुकेनासको लक्षण देखिएको शिविरमा सहभागी कर्णाली प्रदेश अस्पताल सुर्खेतका डा. लोकेन्द्र थापाले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राउटे बस्तीका अधिकांश बालबालिकाहरुमा कुपोषण र सुकेनासको लक्षण देखिएको छ भने बयस्क र वृद्धवृद्धाहरुमा चोट पटक, दम र खोकीजस्ता समस्या छन्’ डा थापाले भने, ‘राउटे  समुदायको स्वास्थ्य राम्रो बनाउन हो भने महिनामा दुई पटक उनीहरुको स्वास्थ्य जाँच आवश्यक छ ।’ लोपोन्मुख जाती राउटे समुदाय बिस्तारै अरु नागरिक सरह जीवन बिताउनतर्फ अग्रसर हुन थालेका छन् । 


Advertisment
Nabil box
Kumari

जंगलमा शिकार नपाइने, कन्दमुल, फलफूल र अन्य वनस्पति समेत अप्रयाप्त हुन थालेपछि उनीहरु सामाजिकीकरण हुन थालेको बताउँछन् । काठका भाडाकुडा बनाउने काठ र बन्यजन्तुको शिकार अभाव हुन थालेपछि अन्य समुदायसँग सम्बन्ध बढाउनु परेको राउटे मुखिया सूर्यनारायण शाहीले बताए । पुर्खाले जंगलमै जीवन बिताएकाले आफूहरु पनि छोड्न नसकेको उनले बताए । 

Vianet communication
Laxmi Bank

‘हाम्रा पुर्खाले पूरै जिन्दगी जंगलमै बिताए, हाम्रो पुस्ता अन्य समुदायसंग खान र रमाउन सिक्यो’ उनले भने । कपडा नलगाउने गुन्यू र पछ्यौराको घुम्टो ओढ्ने रोउटे समुदायले आजभोलि कपडा सिलाएर लाउन थालेका छन् । बस्तीमा पुग्नेहरुसंग पैसा माग्ने, बस्तीमा तरकारी खेती, कुखुरा पालनलगायतका कार्यले राउटेलाई आधुनिकतासंगै आत्म निर्भर बनाउन मद्यत् पुगेको छ । 

सरकारले राउटे समुदायको स्थायी घर बनाएर बसोबासको व्यवस्था गर्ने भने पनि उनीहरु सहमत नभएको सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर नेपालीले बताए । ‘राउटे समुदाय तत्काल स्थायी बसोबास गर्ने कुरामा सहमत छैनन्’ उनले भने । बिस्तारै उनीहरुलाई अन्य समुदायसंग समाजिकीकरण गरिने उनले बताए । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा फिरन्ते जीवन बिताउने राउटे समुदायमा १ सय ४५ जनसंख्या छ । सुर्खेतको लेकवेशी नगरपालिका–१ रातेखोलामा बस्ती सरेको छ । 

राउटे बस्तीमा अहेव र शिक्षक 
पढ्न लेख्न नरुचाउने र औषधी मुलोका लागि जंगली जडिबुटीको भरपर्ने राउटे बस्तीमा एकजना अहेव र शिक्षिका कार्यरत रहेका छन् । सामाजिक विकास केन्द्रले राउटे बस्तीका लागि २ जना कर्मचारी खटाएको जनाएको छ ।

राउटे बस्तीमा स्वास्थ्य उपचारका लागि अहेव र बालबालिकाहरुलाई पढाउन शिक्षिका पठाइएको केन्द्रका अध्यक्ष हिरासिंह थापाले बताए । ‘शिक्षिकाले राउटेमहिला तथा बालबालिकासंग नजिक भएर अक्षर सिकाउने र सरसफाइ गर्नुपर्छ भन्ने सिकाउँछन्’ उनले भने । 

मन्त्री भन्छन्– जंगलको बीचमा राख्नुपर्छ
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल राउटे समुदायलाई जंगलको बीचमा राख्नुपर्ने बताउँछन् । ‘अहिलेकै जस्तो भन्दा पनि उनीहरुलाई राज्यले जंगल दिने र जंगलको बीचमा घर बनाइदिनुपर्ने देखियो’ उनले भने, ‘त्यस्तो गर्न सकेको खण्डमा उनीहरुलाई आवश्यकपर्ने लत्ता कपडा खाना दिन राज्यलाई सहज हुने छ। राउटे समुदायमा रहेका विद्यमान विकृतिहरु हटाउन सजिलो हुनेछ ।’

मन्त्री रावलले राउटे समुदायका लागि दिइने राहतलाई एकद्वार नीतिबाट वितरण गर्नुपर्ने बताए । ‘अहिले जसले पायो उसले राउटेको लागि राहतको नाउमा जे पायो त्यहि वितरण गर्ने परम्परा बसेको छ ।’ लोकान्तरसँग कुरा गर्दै मन्त्री रावलले भने, ‘तर अब एकद्वार नीतिबाट उनीहरुको आवश्यकता पहिचान गरेर मात्रै राहत दिनुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x