कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बेत्रावती- नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङ्फेदी माध्यामिक विद्यालयले अभिभावकको आर्थिकअवस्था मजबुत बनाउन फलफूलका विरुवा वितरण गरेको छ ।
जनजाती र दलित समुदायको मात्र बासोवास रहेको यहाँका बासिन्दाले आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउन नसकेकाले उनीहरूको आर्थिक उपार्जनमा सहयोग पु¥याउन फलफूलका बिरुवा निःशुल्क उपलब्ध गराइएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेम स्याङताङले जानकारी दिनुभयो ।
उहाँका अनुुसार विद्यालयमा अध्ययनरत ३०५ विद्यार्थीका लागि प्रतिविद्यार्थीका अभिभावकलाई दुईवटा बिरुवा उपलब्ध गराइएको छ । उनीहरूलाई किबी, हलुवाबेद, अङ्गुर र आलुपखडाका विरुवा वितरण गरिएको हो ।
जिल्लामा भौगोलिक रुपमा विकट, उच्चस्थानमा कृषि उब्जनी प्रर्याप्त नहुँदा गरिवीमा रहेका अभिभावकले बालबालिका विद्यालय पठाउन छाडेकाले उनीहरुको आर्थिकस्थिति मजबुत बनाउन बिरुवा उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो ।
“घ्याङ्फेदीको सिङ्गो १ नं वडामा रहेको एक मात्र उक्त विद्यालययले यो वर्षदेखि कक्षा ९ सम्म अध्यापन शुरु गरेको छ । यसअघि यहाँका विद्यार्थीले कक्षा आठभन्दा माथि अध्ययन गर्न गाउँबाट टाढा जान नसेकाले धेरैले पढाइ छाड्दै आएका थिए । गाउँपाललिकाले गाउँमा नै माथिल्लो तहसम्मको अध्ययनका लागि आफ्ना बालबालिका विद्यालय पठाउने अभिभावकलाई जीविकोपार्जनमा सहयोग पु¥याउने नीति अवलम्बन गरेपछि भर्ना भएका विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । उक्त गाउँपालिकाले आधार डेभलमेन्ट नेपाल नामक संस्थासँगको सहकार्यमा सो कार्यक्रम अघि सारेको हो ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...