कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
धनगढी – कैलालीको गोदावरी नगरपालिका–२ मा १ युवक हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
नगरपालिकाको वडा नम्बर १ का २० वर्षीय अरुण भट्टलाई माघ ५ गते धरिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले १ मुख्य, ३ सहयोगीसहित गरी ४ जनालाई सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ शिवशक्ति टोलका २१ वर्षीय विनोद ऐर रहेका छन् । उनले मृतक भट्टलाई धरिलो हतियार प्रहार गरी हत्या गरेको कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए ।
मुख्य अभियुक्तलाई मोटरसाइकलमा राखी भगाउने धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका २२ वर्षीय डेबिटसिंह ऐर, आफ्नो डेरामा लुकाउने भजनी नगरपालिका–२ घर भई हाल धनगढी–२ बस्ने २१ वर्षीया मञ्जु चौधरी खड्का र धनगढी–१३ शिवटोलका २१ वर्षीय लोकेश खत्री पक्राउ परेका छन् ।
खत्रीले पनि आफ्नो डेरामा मुख्य अभियुक्तलाई लुकाएको प्रहरीले जनाएको छ । अभियुक्तबाट प्रहरीले से४प ५९२८ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक भट्ट र साथीहरू हरि राई र राजेश नेपालीसँग विगतमा विवाद हुँदै आएको थियो । सोही कारण माघ ५ गते अत्तरियामा चलिरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सव समाप्त हुने वित्तीकै हानाहानको अवस्था सिर्जना भएको जनाइएको छ । भट्टको उपचारको लागि धनगढीस्थित सेती अञ्चल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो । प्रहरीले थप अनुसन्धान जारी रहेको समेत जनाएको छ ।
पक्राउ परेका अभियुक्तलाई मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ बमोजिम जन्मकैद र भगाउनमा सहयोग गर्नेलाई दफा ३६ बमोजिम अभियुक्तलाई हुने सजायको आधा सजाय संगै मृतकलाई दफा १८६ बमोजिम क्षतिपूर्ति भराउने व्यवस्था रहेको छ ।
युवकको हत्यापछि आयोजित प्रादेशिक महोत्सव प्रभावित बनेको छ भने अत्तरिया बजार बन्द समेत गराइएको थियो ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...