×

NMB BANK
NIC ASIA

इन्सपेक्टर दम्पतीको सम्झनामा राधाकृष्ण मन्दिर, बिहेकाे चार दिनमै भएको थियो मृत्यु

माघ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रुकुम–नवीन श्रेष्ठ र अनिता प्रधान श्रीमान् श्रीमती हुनुहुन्थ्यो । उहाँहरु दुवै प्रहरी निरीक्षक (इन्सपेक्टर) हुनुहुन्थ्यो । सडक दुर्घटनामा परी दुवैको मृत्यु भएको एक वर्षभन्दा बढी पुगेको छ । रुकुम (पश्चिम) मुसिकोट नगरपालिका– ७ साखमा भएको जीप दुर्घटनामा परी २०७४ मङ्सिर ८ गते दुवैको निधन भएको थियो । 

Muktinath Bank

विसं २०७० चैत ९ गते प्रहरी निरीक्षकमा नियुक्ति भई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत नवीन २०७४ मङ्सिर २ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख भई सुर्खेतमा आउनुभएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०६९ साउन ४ गते सहायक प्रहरी निरीक्षक पदमा नियुक्ति भएकी अनिता इलाका प्रहरी कार्यालय रानी मोरङमा काम गर्नुभएको थियो । विसं २०७२ असोज १ मा प्रहरी निरीक्षकमा नियुक्त भई सङ्घीय प्रहरी एकाइ कार्यालय चन्द्रगढी झापामा कार्यरत अनिता केही समयका लागि काजमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुनुहुन्थ्यो । 


Advertisment
Nabil box
Kumari

प्रहरी तालीम केन्द्र काठमाडौँमा २०७४ साउनमा भएको प्रहरी निरीक्षकको तालीममा दुवै जनाको भेट भएको थियो । यो भेटघाट सहकर्मी, मिल्ने साथी हँुदै जीवनसाथीमा परिणत हुन पुग्यो । उहाँहरुको २०७४ मङ्सिर ५ गते सुनसरीको इटहरीमा विवाह सम्पन्न भयो । त्यसको भालिपल्ट बिहान इटहरीबाट हिँडेको त्यो जोडी ७ गते साँझ रुकुम (पूर्व) घरमा पुग्यो । 

Vianet communication
Laxmi Bank

नवीन र अनिताको त्यो जोडी घरमा पुग्दा घरपरिवार र छरछिमेकको खुशीको सीमा थिएन । सबै जनाले गीत गाइरहेका थिए । नाचिरहेका थिए । कोही स्वागत सत्कारमा लागिरहेका थिए । त्यहाँ उपस्थित भएका सबै जनाले नवीन र अनिताको जोडीलाई राधा कृष्णको जस्तो मिलेको जोडी भनेर पनि तारिफ गरेको सुनिन्थ्यो । त्यस रात सबैको नाचगान रमाइलोमै बित्यो । 

उताबाट प्रदेश र सङ्घको चुनावले समय मिच्दैमिच्दै ल्याएको थियो । उहाँहरु जतिसक्दो छिटो आफ्नो कार्यक्षेत्रमा फर्कनुपर्ने थियो । २०७४ मङ्सिर ८ गते बिहानैबाट सबैसँग भेटघाटमा व्यस्त हुनुभएका नवीन र अनिताले त्यसै दिन अपराह्न ४ बजे आआफ्नो कार्यक्षेत्रका लागि यात्रा तय गर्नुभयो । 

साँझकोे ७ बजेको थियो । घरबाट खुशीका साथ बिदाइ भएर कर्मथलोतिर लागेको त्यो जोडी जीप दुर्घटनामा परी अब संसारमै नरहेको भन्ने खबर आयो । रुकुम (पश्चिम) मुसिकोट नगरपालिका– ७ साखमा जीप दुर्घटनामा परी उहाँहरुको मृत्यु भयो । उक्त दुर्घटनामा उहाँहरुलगायत सात जनाको ज्यान गएको थियो । जसमा पाँच जना श्रेष्ठ परिवारका नै हुनुहुन्थ्यो । 

एक्कासी सबै खुशी शोकमा परिणत भए । सबैले रुकुम (पूर्व) मा अन्धकारको बादल मडारिरहेको आवास गरे । यस घटनाले रुकुम (पूर्व) मात्र होइन, पूरै देश नै शोकमा डुब्यो । बिहे गरेको चार दिनमै एकसाथ एकै ठाउँमा दम्पती मात्र नभई दुई÷दुई जना राष्ट्रसेवक कर्मचारी गुमाएको थियो, देशले । भर्खरै विवाह गरेका नव जोडीका र घरपरिवारका सारा सपना र खुशी एकै पलमा खोसिए । सुन्दाखेरी सपना जस्तै अपत्यारिलो लाग्ने त्यो घटना सबैले स्वीकार्नुपर्ने भयो । किनकी त्यही नै सत्य थियो । यस घटनाले महीनाँैसम्म सबैको मनमुटु हल्लाइरह्यो । त्यस्तो अवस्थामा यस घटनाले परिवारमा के बितिरहेको छ भनेर त हामी सजिलै कल्पना गर्न सक्छौँ । 

अहिले उहाँहरुको मृत्यु भएको एक वर्ष बितेको छ । उहाँँहरुकै सम्झनामा परिवारले सिस्ने गाउँपालिका– ६ रुकुमकोट आलामा राधा कृष्णको मन्दिर निर्माण गरेको छ । परिवारद्वारा निर्मित उक्त मन्दिरमा आज र भोलि धार्मिक अनुष्ठानका कार्यक्रम हुने बताइएको छ । 

नवीन श्रेष्ठका बुबा टेकबहादुर श्रेष्ठका अनुसार राधाकृष्ण मन्दिरमा मूल घरबाट मन्दिरसम्मको बाजागाजा भजन कीर्तन, स्वस्तीशान्तिसहित राधाकृष्णको रथयात्रा गरिने छ । धार्मिक प्रवचनसहित भजनकृतन र लाखबत्ति प्रज्वलनलगायत भक्तजनबाट राधाकृष्णको दर्शन र पूजाको काम हुनेछ । उहाँले भन्नुभयो, “मन्दिर मात्र होइन, छोरा बुहारीको सम्झनामा उनीहरुको सालिक पनि बनाएका छौँ, रु नौ लाख ५० हजारको लागतमा मन्दिर र सालिक निर्माण गरेका हाँै ।” 

यस मन्दिरमा दैनिक पूजापाठका लागि मासिक तलबको व्यवस्था गरी एक जना पुरोहित पनि राख्ने उहाँले बताउनुभयो । “भक्तजनका लागि यो मन्दिर सधैँ खुला रहने छ”, उहाँले भन्नुभयो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x