प्रहरीले बरामद गरेको ४ किलो सुन राजस्वमा पुग्दा बन्यो तामा

माघ ८, २०७५

काठमाडौं– १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट  ४ किलो सुन बरामद गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो ।

प्रदेश ३ प्रहरी कार्यालय हेटौडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो । 


ADVERTISEMENT

प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तुरुन्तै दाखिला गर्नुपर्छ । तर, राजस्व अनुसन्धान विभाग भन्दैछ, ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बुझाएको सुन होइन, तामा र ढलोट मिसिएको धातु हो ।’

बरामद भएको सुन नै नक्कली हुन सक्ने अथवा बरामद भएपछि राजस्व अनुसन्धानसम्म पुर्याउँदा साटिएको हुन सक्ने दुबै सम्भावना रहेको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । 

 

माघ ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस