×

NMB BANK
NIC ASIA

नृत्य निर्देशक गोविन्दको अनुभव : राजेश र भुवनको आफ्नै स्टाइल, दयाहाङलाई नचाउन गाह्रो !

करिश्मालाई पढ्न प्रोत्साहित गरे, आफू पनि पढे

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बाल्यकालमा उनलाई परिवार, आफन्त, साथीभाइले भन्थे– यसले त भविष्यमा नाचेरै खान्छ । उनी अर्थात्, गोविन्द राई । गोविन्द थिए पनि त्यस्तै, गीत बज्नासाथ नाच्नका लागि खुट्टा अघि सारिहाल्ने । 

Muktinath Bank

धरानको रत्नचोकमा जन्मेका गोविन्दलाई सानैदेखि नृत्यको रस पस्यो । किन नृत्यमा यति इच्छुक भए भन्ने जवाफ उनीसँग छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले पढ्ने तत्कालीन पञ्चायत निमाविमा यस्तोसम्म हुन्थ्यो– शिक्षकहरू एउटा कोठामा जम्मा भएर उनलाई नाच्न लगाउँथे । 


Advertisment
Nabil box
Kumari

‘म कक्षा एकमा पढ्दादेखि नै नृत्य गरेको सम्झन्छु । गीत बज्नासाथ नाचिहाल्ने म स्कूलमा पनि सबैको प्यारो थिएँ,’ लोकान्तरसँग उनले विगत सम्झिए ।

Vianet communication
Laxmi Bank

स्कूल लेभलमै उनी विभिन्न स्थानीय क्लबमा आबद्ध भएर नाच्ने तथा सिकाउने गर्न थाले । विभिन्न सांगीतिक कार्यक्रममा प्रस्तुति दिन पुग्न थाले । बाल्यकालमै उनी धरानमा डान्सरका रूपमा परिचित भइसकेका थिए ।

‘मलाई यसको केही चिन्ता नै लाग्दैन । यसले त नाचेरै जीवन चलाउँछ,’ नृत्य कला देखेर उनलाई आमाले भनेकी थिइन् । नभन्दै कालान्तरमा उनी नाचेरै जीवन चलाउने भए, नृत्यबाटै आफूलाई स्थापित बनाए ।

‘आमाले मलाई नाचेर खाओस् भनेर आशिर्वाद दिनुभएको रहेछ, त्यसैले म नाचेरै खाने भएँ । नाचेरै खाइरहेको छु,’– गोविन्द भन्छन् ।

हाइट कम भएकाले पाएनन् काम

२०४६ सालमा एसएलसीमा फेल भएपछि गोविन्दले काठमाडौं आउने निधो गरे । उनलाई लाग्थ्यो– फेल भएपनि मसँग भएको कलाका कारण काम पाउँछु । 

धरानकै नजिककी एक दिदीले गोविन्दलाई राष्ट्रिय नाचघरमा लगिन् । तर गाविन्दले हाइट कम भएकै कारण काम पाएनन् । ‘हाइट सानो रहेछ, हुँदैन भनेर त्यहाँ काम गर्न दिएनन्,’ गोविन्द सम्झन्छन् । 

त्यहाँ मात्र होइन अन्यत्र पनि पनि काम नपाएपछि उनी निराश बनेर धरान फर्किए ।

धरानमा पहिल्यैदेखि परिचित थिए, उनी । त्यसैले उनले धरानमा केही डकुमेन्ट्री नाटकमा काम गर्ने मौका पाए । 

सोही बीचमा ‘ज्वालामुखी’, ‘धून’ लगायतका भिडियो फिल्ममा काम गर्ने मौका पाए । ‘धून’मा अभिनेत्री मौसमी मल्ल थिइन् । उनै मौसमीलाई गोविन्दले ‘धर्मदिदी’ बनाए । 

गोविन्दले काठमाडौंबाट फर्केपछि पढाइलाई पनि पुनः निरन्तरता दिएका थिए । २०५० सालमा एलएलसी पास गरे । त्यसपश्चात काठमाडौं आए । काठमाडौं आएसँगै न्यू समिट स्कूल (मैतिदेवी)मा डान्स टिचरका रूपमा काम गर्ने अवसर पाए । 

‘चलचित्र’बाट चलचित्र क्षेत्रमा स्थापित

स्कूलमा डान्स सिकाउँदै जाँदा गोविन्दले ठूलोपर्दाको चलचित्र ‘सिउँदो’मा सहायक नृत्य निर्देशकको रूपमा काम गर्ने अवसर पाए । त्योसंगै चलचित्र ‘चमत्कार’मा सहायक नृत्य निर्देशक भएर काम गरे । 

त्यसपश्चात उनलाई मुख्य नृत्य निर्देशकको अफर आयो । २०५५÷५६ सालताका छायाङ्कन भएको त्यो चलचित्रको नाम नै ‘चलचित्र’ थियो । कलाकार थिए–राजेश हमाल, जल शाह, दीपाश्री निरौला, सारङ्गा श्रेष्ठ, गणेश उप्रेती आदि । 

‘चलचित्रमा एउटा गीतमा भनेर लिनुभएको थियो, तर मेरो काम रुचाएपछि चलचित्रका सबै गीतमा मैले कोरियोग्राफी गरेँ,’ उनले खुशी व्यक्त गरे ।

आजसम्म आइपुग्दा आफूले धेरै परीक्षा पार गरेको उनको भनाइ छ । परीक्षै परीक्षा पास गरेर अघि बढेको बताउने गोविन्दले त्यसपश्चात ‘चौतारी’ चलचित्रमा नृत्य निर्देशन गर्ने अवसर पाए । गोविन्दको व्यस्तता बढ्दै गयो । ‘खुकुरी’ हुँदै काम अघि बढाएका गोविन्दले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । परिस्थिति यस्तो सम्म आयो कि व्यस्तताकै कारण अफर आएका चलचित्र पनि छाड्नुपर्‍यो ।

हालसम्म आइपुग्दा उनले ३ सयभन्दा बढी चलचित्रमा कोरियोग्राफी गरिसकेका छन् । उनले कोरियोग्राफी गरेको पछिल्लो चलचित्र ‘गोपी’ हो । जुन प्रदर्शनको तयारीमा छ । 

राजेशको आफ्नै स्टाइल, दयाहाङलाई नचाउन गाह्रो

‘चलचित्र’देखि ‘गोपी’सम्मको २ दशक बढीको नृत्य निर्देशनको यात्रामा गोविन्दले नेपालका पुरानादेखि नयाँसम्म धेरै कलाकारलाई नचाइसकेका छन् । 

राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, निरुता सिंह, करिश्मा मानन्धर, धिरेन शाक्यदेखि अहिलेका स्थापित कलाकारहरू दयाहाङ राई, प्रदीप खड्का, विपिन कार्की, वर्षा राउतसम्मलाई उनले नचाएका छन् । 

प्रायः नायिकाहरू नाचमा सिपालु हुने भएकाले धेरै मेहेनत गर्नु नपर्ने अनुभव सुनाउँदै उनले नायकहरूलाई नचाउँदा भने कठिनाइ भोग्ने गरेको बताए ।

नायकमा कसलाई नचाउन गाह्रो भयो त ? उनले पुराना र नयाँ पुस्ताका नायकलाई नचाउँदाको अनुभव सुनाए ।

‘पुराना कलाकारहरूको नाचमा आफ्नै स्टाइल छ । राजेश हमाल दाइ आफैंमा ब्राण्ड हुनुहुन्थ्यो । उहाँलाई हामीले उहाँकै पारामा नचाउनुपथ्र्यो । उहाँलाई हाम्रो पारामा नचाउँदा गाह्रो हुन्थ्यो । गाह्रोभन्दा पनि राजेश दाइको नाचमा पनि आफ्नै स्टाइल छ । 

भुवन केसी दाइको पनि आफ्नै स्टाइल छ । उहाँ पनि धेरै नाच्ने होइन । उहाँको स्माइल, फेसियल एक्स्प्रेसन र लिप्सिङ राम्रो आउँथ्यो । त्यस्तै शिव श्रेष्ठ दाइ पनि डान्सर त होइन, तर ‘अदाकारी’ हो । पहिला–पहिलाका कलाकारहरूको त अदा नै गज्जबको हुन्थ्यो । 

पछिल्लो पुस्तामा पनि मैले धेरै नायकलाई नचाएको छु । पल शाह, पुष्पल खड्का, यशराज गराज राम्रो नाच्नुहुन्छ । प्रदीप खड्का पनि मेहनत ग¥यो भने राम्रो गर्नु हुँदोरहेछ । नयाँ कलाकारमा दयाहाङ राईलाई नचाउन अलि गाह्रो लाग्यो । उहाँले मलाई पहिल्यै भन्नुभएको थियो, मलाई नाच्न आउँदैन । ‘अनागरिक’ चलचित्रमा उहाँलाई नचाउन निकै गाह्रो भएको थियो । यद्यपि अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतलाई नचाउन पाएको छैन । 

पहिलेकै गीत, पहिलेकै प्रविधि मनपर्छ 

गोविन्द अहिले प्रविधिले धेरै सहज भएको बताउँछन् । प्रविधिको विकाससँगै मानिसले मेहेनत गर्न छाडेको उनको अनुभव छ ।

‘पहिला गीत रेकर्ड अघि धेरै ‘रिहल्र्सन’ हुन्थ्यो, सुटिङअघि  ‘रिहल्र्सन’ गरिन्थ्यो’ गोविन्द भन्छन् –‘पहिले अहिलेजस्तो युट्युबको विकास थिएन् जसले गर्दा नृत्य निर्देशन गर्न पनि गाह्रो थियो । नृत्य निर्देशन आफ्नै ट्यालेन्टले गर्नुपथ्र्यो ।’ 

चलचित्र नृत्य निर्देशनको शुरुवाती चरणमा सुटिङ स्पटमा कलाकारलाई सिकाएपछि आफूले त्यसको भिडियो तत्काल हेर्न पाउँदैनथे । 

‘रिलको जमाना थियो । क्यामेरामेन भन्दा अरू कसैले हेर्न पाउँदैनथे । खिचिसकेपछि ६ महिनापछि आउँछ कि एक वर्षपछि आउँछ, कस्तो आउँछ पत्तो हुँदैनथ्यो,’ गोविन्द सम्झिन्छन्, ‘त्यो बेला कलाकारहरूमा छुट्टै मेहेनत थियो । हामीले पनि बिगार्नु हुँदैन है भनेर निकै मेहनत गथ्र्याैं ।’ 

गोविन्द आफूलाई त्यो समयको प्रविधि नै मनपर्ने बताउँछन् । 

गोविन्द गीत पनि अहिलेभन्दा पहिलेका राम्रो रहेको सुनाउँछन् । ‘चलचित्रका पुराना गीत किन रिमेक भइरहेका छन् त ? ती गीतमा मेहेनत बढी लागेको थियो । स्रोता दर्शकले रुचाएका थिए र अहिले पनि पुनारा गीतहरू गुन्गुनाइरहन्छन्,’ उनी भन्छन् ।

करिश्मा मानन्धरलाई स्कूल लगे, आफू पनि पढे !

नायिका करिश्मा मानन्धर आफू पढ्ने उमेरमा व्यस्त बनेकाले पढ्न नपाएको बताउँथिन् । उनी आफूले पढ्न नपाएको कुरामा पछुतो मान्थिन् । कोरियोग्राफर गोविन्द र करिश्मा मिल्ने साथी थिए र छन् पनि । आफूले पढ्न चाहेको कुरा एकदिन करिश्माले गोविन्दलाई सुनाइन् । करिश्माले भनिरहन्थिन्, ‘पढ्न त मन हो, तर लाज लाग्छ !’ गोविन्दले करिश्मालाई पढ्नका लागि प्रोत्साहन दिए । 

गोविन्दले चिनेको एक विद्यालय थियो । उनले करिश्मालाई मैतीदेवीमा रहेको त्रिवेणी पब्लिक स्कूलमा लगे । करिश्मा कक्षा ७ मा भर्ना भइन् । बाटोमा फर्कदै गर्दा उनले सोचे– ‘करिश्माले पढ्न थालिन् भने मैले किन नपढ्ने ?’

त्यसपछि उनी पनि कक्षा ११ मा भर्ना भए । २०५० सालमा एलएलसी पास गरेका गोविन्द ठीक २३ वर्षपछि २०७३ सालमा कक्षा ११ मा भर्ना भएका थिए । कक्षा ११ र १२ पास भए । अहिले उनी आरआर क्याम्पसमा ब्याचलर पहिलो वर्षमा अध्ययनरत छन् । करिश्मा भने यसै वर्ष एसइई परीक्षा दिँदैछिन् ।

चलचित्र निर्माणको तयारी

गोविन्दले केही वर्ष अगाडि चलचित्र निर्देशन गरे, ‘नागबेली’ । दुर्भाग्य ! चलचित्र चलेन । तर उनले हरेस खाएका छैनन् । फेरि अर्को चलचित्र निर्माणको तयारीमा छन् । ‘२ वर्षदेखि फिल्मको तयारी गरिरहेको छु,’ गोविन्द भन्छन्, ‘अहिले कथा र गीतको काम भइरहेको छ ।’ 

लभस्टोरी चलचित्र बनाउने बताउँदै उनले स्क्रिप्ट राइटरसँग कथाको बारेमा छलफल भइरहेको बताए । 

गोविन्दले कलाकारहरूको बारेमा आफूले एकचरण कुरा गरिसकेको भएपनि केही समयपछि औपचारिक घोषणा गर्ने बताए ।

निर्माण गर्ने चलचित्रको नाम भने तय भइनसकेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x