×

NMB BANK
NIC ASIA

इलाकाको लडाईंमा बाघले बघिनीलाई मार्‍यो

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतको मध्य प्रदेशमा रहेको कान्हा राष्ट्रिय आरक्षमा एक युवा नर बाघले बघिनीको शिकार गरेको छ । 

Muktinath Bank

मारिएकी बघिनीका केही हाड र पञ्जा बरामद गरिएको छ । कान्हा रिजर्भका फील्ड डाइरेक्टर एल कृष्णामूर्तिका अनुसार, दुई बाघबीच इलाकामा प्रभुत्व कायम गर्नका लागि झगडा भएको हो । शिकारको कमी नभएको आरक्षमा बाघले बघिनीको शिकार गरेको पहिलो अवसर हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हात्तीमा चढेर जंगल घुमिरहेका सुरक्षा प्रहरीहरूले बघिनीको अवशेष फेला पारेका हुन् । उनीहरूले यस विषयको सूचना उच्च अधिकारीलाई दिए । 


Advertisment
Nabil box
Kumari

यसअघि डमरुहरूलाई बाघले खाएको घटना सार्वजनिक हुने गर्थे । तर दुई वयस्क बाघ लडेर मारेको घटना कमै सुनिने गर्छ । बाघले बघिनीलाई भोक लागेको भएर खाएको नभई युद्धलाई पूरै सकेको प्रतीकका रूपमा खाइदिएको एक वन्य अधिकारीले बताए । 

Vianet communication
Laxmi Bank

कान्हा रिजर्भमा प्रशस्त बाघहरू छन् । बाघको संख्या धेरै भएको रिजर्भमा बाघहरू कि त इलाका कायम गर्ने लडाईंमा मारिन्छन् कि त जन्मस्थानभन्दा २०० किलोमिटर पर गएर अप्राकृतिक मृत्युवरण गर्छन् । 

बाघको स्याहार र उनीहरूको इलाकाको बाँडफाँडका विषयमा वन्य अधिकारीहरू बढी सजग हुनु आवश्यक देखिन्छ । 

मध्य प्रदेशलाई सन् १९९५ टाइगर स्टेट घोषित गरिएको थियो । त्यहाँ भारतभरिका बाघको कुल संख्याको २० प्रतिशत बाघ छन् । तर बाघहरू यसरी मर्नु खतराको संकेत हो । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x