×

NMB BANK
NIC ASIA

विरोधका बीच सदनको कारवाही अगाडि बढाउने सभामुखको घोषणापछि कांग्रेस आक्रोशित

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – संसद् बैठक अवरुद्ध रहेको समयमा सदनको बाँकी कारवाही अगाडि बढाउने सभामुख कृष्णबहादुर महराको घोषणाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रोशित भएको छ । 

Muktinath Bank

आफ्ना नेताको नाम जोडिएका अस्पताललाई अन्य ९ स्वास्थ्य संस्थासरह केन्द्र सरकार मातहत ल्याउनुपर्ने माग गर्दै कांग्रेसले मंगलवार पनि संसद्को बैठक अवरुद्ध गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठक अवरुद्ध गर्नुअघि सभामुखसँग समय लिएर कांग्रेसका प्रकाशमान सिंहले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाम जोडिएका अस्पताल केन्द्र सरकार मातहत ल्याउने निर्णय नगर्दासम्म सदनको कारवाही चल्न नदिने बताएका थिए । 


Advertisment
Nabil box
Kumari

प्रकाशमान सिंह बोलेलगत्तै कांग्रेस सांसदहरू बेल घेर्न पुगेका थिए । कांंग्रेसको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले सदनको बाँकी कारवाही अगाडि बढाउने घोषणा गरेका थिए । 

Vianet communication
Laxmi Bank

‘माननीय सदस्यहरू बेलमा आउनुपर्ने अवस्था भएको छैन । माननीय सदस्यहरूले उठाउनुभएको विषयमा हिजो नै सरकारको विशेष ध्यानाकर्षण गराइसकेको छु । माननीय सदस्यहरू म सदनको कारवाही अगाडि बढाउन चाहन्छु,’ सभामुख महराले भने ।

सदनको कारवाही अगाडि बढाउने सभामुखको घोषणामा सत्तापक्षका सांसदहरूले टेबल ठटाएर समर्थन गरेका थिए । 

त्यसपछि कांग्रेस सांसदहरूको नाराबाजी झनै चर्कियो । बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । 

कांग्रेस सांसदहरूले बेल घेराउ गरेपछि सभामुख महराले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । सरकारले चिकित्सा शिक्षा विधेयक मंगलवार नै पारित गर्ने तयारी गरेको छ भने कांग्रेसले पारित हुन नदिने रणनीति अख्तियार गरेको देखिन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x