×

NMB BANK
NIC ASIA

मन्त्री–सचिव झापड प्रकरण : एनजीओको विवादित कार्यक्रम कार्यान्वयन प्रक्रिया स्थगित

माघ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – २ नम्बर प्रदेश सरकारका मन्त्री विजयकुमार यादवले सचिव विद्यानाथ झामाथि झापड हान्नुको कारण बनेको एनजीओको कार्यक्रम कार्यान्वयन प्रक्रियालाई प्रदेश सरकारले स्थगित गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गर्न प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गैरसरकारी संस्था (एनजीओ) छनौट गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रीले झापड हानेपछि मन्त्रालय जान छाडेका सचिव झा माघ ६ गते आइतवारदेखि कार्यालय जान थालेका थिए । यसबीच मन्त्रालयले प्रकाशित गरेको एनजीओ छनौटको परिणामको सूचना बमोजिम तत्काल कुनै पनि काम अगाडि नबढाउने भन्दै प्रदेशका ८ वटै जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयलाई माघ ८ गते सूचना पठाएको छ ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वन मन्त्रालयलाई पुस २९ गते पठाएको पत्रमा लेखिएको छ, ‘प्रदेश मन्त्रिपरिषद्को बैठकमा पेश भएको ठाडो प्रस्तावमा २ नम्बर प्रदेशस्थित मातहतका जिल्लास्थित कार्यालयबाट गरीबी निवारणका लागि लघु उद्यम विकास अन्तर्गतको कार्यक्रम सञ्चालन गर्न २०७५ मंसिर ७ गते प्रस्ताव आह्वान आशय गरिएको सूचना अनुसार सम्पूर्ण क्रियाकलापहरू स्थगित गरिएको छ ।’

Vianet communication
Laxmi Bank

प्रक्रिया स्थगित गर्ने निर्णय भएको मन्त्रिपरिषद्को बैठकमा विभागीय मन्त्री रामनरेश राय उपस्थित थिएनन् । सचिव झाले एनजीओ छनौट गरिएको फाइल र डायरी समेत मन्त्री यादवले नै खोसेर लगेको बताएका थिए । मन्त्रीले झापड हानेको दिन सम्झिँदै सचिव झाले भने, ‘त्यो दिन मेरो फाइल आर्थिक मन्त्री यादव ज्यूले नै खोसेर लग्नुभएको थियो । अब प्रक्रिया स्थगित गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा कसरी वा कुन मन्त्री ज्यूले लग्नुभयो त्यो मलाई थाहा भएन ।’ 

वनमन्त्री रामनरेश पनि आफू मन्त्रिपरिषद् बैठकमा उपस्थित नभएको बताउँछन् । ‘त्यो दिन म आफ्नो गृहजिल्ला सर्लाहीमा थिएँ । अपर्झट मन्त्रिपरिषद्को बैठक बोलाइएको थियो । कुन मन्त्रीज्यूले त्यो प्रस्ताव लग्नुभयो, किन स्थगित गरियो भन्ने विषयमा विस्तृत जानकारी हुन सकेको छैन,’ उनले भने, ‘आउँदो मन्त्रिपरिषद् बैठकमा उक्त विषय उठाउने छु ।’ मन्त्रालयले कार्यक्रमका लागि ४८ वटा एनजीओ छनौट गरेको थियो ।

एनजीओ छनौट

कार्यक्रम सञ्चालन गर्न इच्छुक संस्थालाई सार्वजनिक खरिद नियमावली २०७० बमोजिम आशयपत्र दिन २०७५ मंसिर ७ गते सूचना प्रकाशित गरिएको थियो ।  सूचनापछि १ सय ९३ वटा संघसंस्थाले आशयपत्र साथ आवेदन फारम भरेर मन्त्रालयमा बुझाएका थिए ।

मन्त्रालयका सचिव विद्यानाथ झाको संयोजकत्वमा विभिन्न शाखा अधिकृत समेतको मूल्यांकन समिति बनाइएको थियो । संस्था छनौट गर्न संघीय सरकारले बनाएको संशोधन सहितको कार्यविधि पठाएको थियो ।

कार्यविधि अनुसार मूल्यांकन समितिले प्रदेशका ८ वटै जिल्लाका लागि ४८ वटा संस्थाको छनौट गरेर २०७५ पुस २६ गते जनकपुरको दैनिक पत्रिकामा सूचना प्रकाशित गरिएको थियो ।

मन्त्री–सचिव विवाद

एनजीओ छनौट विषयले आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र सचिव झाबीच विवाद भयो । मन्त्री यादवले आफ्नै कार्यकक्षमा सभामुख सरोजकुमार यादव, केही सांसद लगायतको उपस्थितमा कुटपिट गरेको भन्दै सचिव झाले आरोप लगाएका थिए ।

गत पुस २९ गते कुटपिट प्रकरण भएको थियो । मन्त्री यादवले भने सचिवलाई कुटपिट नगरेको भन्दै प्रतिक्रिया दिँदै मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुन पुगेका थिए ।

घटनाको छानबिन गर्न प्रदेश सरकारकै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । प्रदेशको सबै मन्त्रालयका कर्मचारी हातमा कालोपट्टि बाँधेर १–१ घण्टा पेन डाउन गर्दै संघर्ष गर्न थाले । पछि छानबिन समितिले दिने प्रतिवेदन अनुसार संघर्ष गर्ने भन्दै पुस २९ गतेदेखि कर्मचारीले आन्दोलन स्थगित गरेका थिए ।

मन्त्रीको स्वार्थ ?

‘सिरहाको गोलबजार नगरपालिकाको एनजीओ सहकार्य नेपाललाई सिरहा र सप्तरी जिल्लाको लागि जसरी पनि पार्नुपर्छ भन्दै उहाँ (मन्त्री यादव) ले दबाब दिनुभएको थियो,’ सचिव झाले दाबी गरे । तर सहकार्य नेपालको कार्यविधि निर्देशिका अनुसार मापदण्ड नै नपुगेकाले पार्न नसकिएको बताउँदा मन्त्रीले कुटेको सचिवले बताए ।

विभागीय मन्त्री रामनरेश रायले पनि उनकै पार्टीका महोत्तरीका सांसद रानी शर्माको एनजीओका लागि पनि सचिवलाई अत्यधिक दबाब दिएको चर्चा चलेको थियो । मूल्यांकन समितिले संस्था छनौट गर्नका लागि धेरै पहिले नै स्थानीय पत्रिकामा सूचना पठाएको थियो । तर सांसद शर्माको एनजीओ नपरेपछि मन्त्रीले रातमा प्रेसमा गइसकेको सूचना रोक्न लगाएका थिए ।

सूचना रोक लगाएको कुरा उद्योग मन्त्री राय पनि स्वीकार गर्छन् । उनले भने, ‘आफ्नो सांसदको एनजीओ नपरेकाले रोक्न लागेको होइन । विभिन्न संस्थाले निवेदन र उजुरी दिएका कारण प्रेसमा गइसकेको सूचना पनि रोकाएकै हो ।’ पार्टीका सांसदको एनजीओ पार्न सचिव झालाई दबाब दिएको भए त्यो संस्था गर्नुपर्ने तर दबाब नदिएकाले नपरेको तर्क मन्त्री रायले गरे ।

कुनै पनि मन्त्री, नेता र सांसदको एनजीओ छनौट हुन नसकेपछि विभागीय मन्त्रीको सहमतिमै कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट स्थगित गरिएको हुनसक्ने आशंका पनि गरिएको छ । ‘तत्काल कार्यक्रम स्थगित भएको छ । तर केहीदिनमै कार्यक्रम सञ्चालन गर्ने वा बदर गर्ने भन्ने निर्णय मन्त्रिपरिषद्को बैठकबाट हुनसक्ने हामीले आशा गरेका छौं,’ सचिव झाले लोकान्तरसँग भने, ‘यदि कार्यक्रम बदर भए चालू आर्थिक वर्षको ८ करोड रुपैयाँ फ्रिज मात्र हुँदैन, आगामी वर्षमा पनि त्यो रकम कटौती हुनेछ ।’

प्रदेशका जनतालाई सीप सिकाएर क्षमता अभिवृद्धिका लागि कार्यक्रम संघीय सरकारबाट नै आएकाले त्यसतर्फ प्रदेश सरकार संवेदनशील हुनसक्ने आशा मात्र गर्न सकिने उनले बताए ।

प्रत्येक जिल्लामा १–१ करोड रुपैयाँ कार्यक्रमका लागि छुट्याइएको थियो । मन्त्रालयले प्रत्येक जिल्लामा ६ वटा संस्था छनौट गरेको थियो । त्यसपछि प्रत्येक जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयले बाँकी ६ मध्ये २ वटा संस्थालाई छनौट गर्नुपर्ने कार्यक्रम थियो । एउटा संस्थाले ५० लाख रुपैयाँ पाउँथे । आफ्ना मान्छेको एनजीओ छनौट नभएपछि कार्यक्रम स्थगित गर्नु पछाडि कामभन्दा पनि कमिशन र भ्रष्टाचार नै भित्रि कारण हुनसक्ने अड्कलबाजी पनि गरिएको छ ।

मन्त्रालय जाँदैनन् मन्त्री राय

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय महिनौंदेखि मन्त्रालय जान छाडेका छन् । मन्त्रालयका एक कर्मचारीले भने, ‘हालसम्म मन्त्रीज्यू मन्त्रालयस्थित आफ्नो कार्यकक्षमा २–४ पटकभन्दा बढी आउनुभएको छैन । कुनै पनि फाइलमा हस्ताक्षर गराउनुपर्यो भने मन्त्रीज्यू वा अन्य कर्मचारी उहाँकै निवासमा जानुपर्छ ।’

मन्त्री रायले आफू अस्वस्थ भएका कारण मन्त्रालय कम जाने गरेको बताए । ‘विगतमा मुटुमा ‘अट्याक’ भएको थियो । मेरो मन्त्रालय पनि चौथो तलामा छ । त्यसकारण अधिकांश जादिनँ,’ मन्त्री रायले भने, ‘कहिलेकाहीँ जाने गरेको छु । म कर्मचारी होइन कि सधैं जानु नै पर्छ । मेरो काम भनेको कागजमा हस्ताक्षर गर्ने हो । त्यो काम जहाँबाट गरेपनि हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x