×

NMB BANK
NIC ASIA

मुख्यमन्त्रीविरुद्ध खनिए संघका उद्योग मन्त्री यादव, चुरोट कारखाना ‘कब्जा’ विवादले झमेला

माघ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतप्रति आक्रोश व्यक्त गरेका छन् ।

Muktinath Bank

संघीय सरकारसँग कुनै समन्वय नै नगरेर सरकारी स्वामित्वको जनकपुर चुरोट कारखानाको भवनमै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना गरेकोमा उद्योगमन्त्री यादवले आपत्ति जनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यति मात्र होइन, जनकपुर चुरोट कारखानाको बोर्ड हटाएर मुख्यमन्त्री कार्यालयको बोर्ड नै झुण्ड्याएका छन्,’ उनले भने, ‘त्यो अधिकार उहाँलाई कसले दियो ? कोसँग समन्वय गर्नुभयो ?’


Advertisment
Nabil box
Kumari

आफू मन्त्री भएपछि मुख्यमन्त्री राउतसँग भएको  सौहार्दपूर्ण बैठकमा कारखानाको आवास परिसरमा मात्र मन्त्रालय तथा अन्य प्रयोजनका लागि उपयोग गर्ने भनेर तत्काल बस्न दिएको मन्त्री यादवले बताए । ‘उहाँले त कारखानाको सबै जग्गा नै कब्जा गरेर बस्नुभएको छ,’ उनले भने, ‘जनकपुर चुरोट कारखानाको नाम नै परिवर्तन गरेर ‘मधेश भवन’ राख्नुभयो । तर त्यसबारे औपचारिक रुपमा उहाँले मलाई जानकारी नै गराउनुभएको छैन ।

Vianet communication
Laxmi Bank

जनकपुर चुरोट कारखानाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आइतवार मन्त्री यादवले भने, ‘मैले पनि उहाँजस्तै जबर्जस्ती त्यो बोर्ड उखेलेर फाले भने के हुन्छ ? मातृका मधेश विरोधी, संघीयता विरोधी भनेर आरोप लगाउँदै उहाँले मेरो विरोध गर्नुहुनेछ । त्यसकारण उहाँले बस्ने नै हो भने कारखानाको परिसरमा होइन कि आवासीय क्षेत्रमा बस्नुपर्छ ।’

जनकपुर चुरोट कारखाना सञ्चालन गर्न खोज्दा प्रदेश सरकारले बाधा पुर्याउने काम गरेको उनले आरोप लगाए । ‘निजी तथा सार्वजनिक साझेदारीमा कारखानालाई सञ्चालनमा ल्याउन आफूले तयारी पनि गरेको छु । वैदेशिक लगानीकर्ता खोजेर निरीक्षण गर्न पठाएको पनि छु,’ उनले भने, ‘तर यहाँ विदेशी लगानीकर्ता स्थलगत आउँदा कारखानाको जग्गा सबै प्रदेश सरकारले ओगटेको अवस्थामा निराश भएर जाने गरेको छ ।’ हालसम्म कारखाना सञ्चालनका लागि ३ वटा चिनियाँ र २ वटा भारतीय लगानीकर्ता गरी ५ वटा विदेशी लगानीकर्तासँग निरन्तर संवाद र सम्पर्क गरिसकेको मन्त्री यादवले बताए ।

प्रदेश सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकमा समेत चुरोट कारखानासहित रुग्न रहेका सार्वजनिक संस्थानका उद्योग सञ्चालनमा ल्याउन संघीय सरकारसँग समन्वय गर्ने निर्णय गरेको थियो । मन्त्री यादवले भने, ‘त्यसअनुसार मैले आफैं पनि मुख्यमन्त्री ज्यूसँग कुरा गर्दा अहिले वीरगञ्जको चिनी मिल सञ्चालन पहिले गर्नुस्, अनि पछि मात्र चुरोट कारखानाको कुरा गर्नुहोला भनेर उहाँले जवाफ दिनुभयो ।’

चुरोट कारखाना सञ्चालनबारे उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्रको सूर्या कम्पनी त चलिरहेकै छ । त्यसतर्फ मिडिया वा मानवअधिकारकर्मीको किन ध्यान पुग्दैन ?’ युरोपमा महिला–पुरुष सबैले चुरोट खाइरहेकातर्फ कसैले प्रश्न नगरेको बताउँदै उनले भने, ‘चुरोट कारखाना सञ्चालनमा ल्याउने पक्षमा सरकार दृढ छ ।’ पब्लिक प्राइभेट पार्टनरशिपको मोडेल होस् वा व्यवस्थापन लिजमा दिएर नै किन नहोस् कारखाना सञ्चालनमा ल्याइछाड्ने उनले बताए ।

‘ठीकै छ चुरोट कारखाना नचल्ला तर अन्य कारखाना पनि त त्यसमा सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘तर त्यसका लागि प्रदेश सरकारले अनाधिकृत रुपमा कब्जा गरेको भवन त खाली गर्नुपर्यो नि !’ कारखानाको भवन हुँदा मात्र जनकपुरधाममा राजधानी रहने भन्ने कुरा नहुने भन्दै उनले राजधानीका लागि अन्य स्थान पनि खोज्न सकिने बताए । संविधान संशोधनको विषयमा आफूभन्दा पनि उपेन्द्र यादव र राजेन्द्र महतोहरूको प्रधामन्त्रीस्तरमै कुरा भइरहेको बताउँदै उनी पन्छिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x