कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले अस्पताल परिसरमा अनशन नबस्न डाक्टरहरूको ध्यानाकर्षण गराएको छ ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारका विभिन्न मागसहित अनशनरत डा. गोविन्द केसीको पक्षमा आजबाट डाक्टरहरूले शुरू गरेको रिले अनशनप्रति अस्पतालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
'नेपाल चिकित्सक संघले यस अस्पताल परिसरमा रिले अनशन बस्न लागेको भनी प्रकाशित विज्ञप्तिप्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएको छ,' अस्पतालद्वारा सोमबार जारी अपिलमा भनिएको छ ।
यद्यपि चिकित्सकहरूले भने आजैबाट अनशन शुरू गरिसकेका छन् । उनीहरूले डा. केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेका छन् ।
'अस्पताल परिसरमा हुने अनशन, रिले अनशन, विरोध प्रदर्शन जस्ता कार्यहरूले सर्वसाधारण जनतालाई स्वास्थ्योपचार सुविधा प्रदान गर्न समस्या हुने भएको प्रति ध्यानाकर्षण गराउँदै शिक्षण अस्पताल जस्तो सर्वसाधारणको पहुँचमा रहेको अस्पतालमा कुनैपनि धर्ना, विरोध, बन्द हडतालको कार्यक्रम नराखिदिनुहुन र देशको ऐन एवं चिकित्सकीय नैतिक दायित्व अनुरूप सदाझैं नियमित स्वास्थ्योपचारको सेवा प्रदान गर्ने पुनित कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछु,' अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खडगाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएका सहमति विपरीतका कतिपय विषय समेटिएको भन्दै डा. केसीले गत पुस २५ गतेबाट अनशन शुरू गरेका हुन् ।
डा. केसीको अनशन जारी रहेकै अवस्थामा विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगिसकेको छ । राष्ट्रियसभाले समेत उक्त विधेयक स्वीकृत गरिसकेको छ ।
राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले ऐनको रूप लिनेछ ।
हेर्नुहोस्, अस्पतालको विज्ञप्ति :
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...