×

NMB BANK
NIC ASIA

रिले अनशन बसेका डाक्टर दोहोरो निशानामा- सेवाग्राहीको प्रदर्शन, अस्पतालले भन्यो भित्र नबस्नू

माघ १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चिकित्सा शिक्षा क्षेत्रमा सुधारका विभिन्न मागसहित अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग राख्दै आजबाट रिले अनशन शुरू गरेका डाक्टरहरूविरुद्ध बिरामीका आफन्तले प्रदर्शन गरेका छन् ।

Muktinath Bank

अस्पातलमा बिरामीलाई असर पर्ने गरी अनशन बस्न नहुने भन्दै सेवाग्राहीले विरोध प्रदर्शन गरेका हुन् । नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने चिकित्सकहरू बिरामी जाँच्न नआएपछि सेवाग्राही प्रदर्शनमा उत्रिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिकित्सकहरूको आन्दोलनका कारण सयौं बिरामी मर्कामा परेका छन् ।


Advertisment
Nabil box
Kumari

डाक्टरहरू उपचारमा किन नआएको भन्दा अस्पतालका तर्फबाट जवाफ नआएपछि विरोध प्रदर्शन गर्नुपरेको शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएका सेवाग्राही ईश्वर पोखरेलले बताए ।

Vianet communication
Laxmi Bank

डाक्टरहरू अनशनमा बसिरहेको अगाडि पुगेर सेवाग्राहीले नारा लगाएका थिए । 

यता अस्पताल प्रशासनले पनि अस्पताल परिसरमा अनशन नबस्न ध्यानाकर्षण गराएको छ ।

'नेपाल चिकित्सक संघले यस अस्पताल परिसरमा रिले अनशन बस्न लागेको भनी प्रकाशित विज्ञप्तिप्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएको छ,' अस्पतालद्वारा सोमबार जारी अपिलमा भनिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खडगाद्वारा जारी विज्ञप्तिमा अघि भनिएको छ, 'अस्पताल परिसरमा हुने अनशन, रिले अनशन, विरोध प्रदर्शन जस्ता कार्यहरूले सर्वसाधारण जनतालाई स्वास्थ्योपचार सुविधा प्रदान गर्न समस्या हुने भएको प्रति ध्यानाकर्षण गराउँदै शिक्षण अस्पताल जस्तो सर्वसाधारणको पहुँचमा रहेको अस्पतालमा कुनैपनि धर्ना, विरोध, बन्द हडतालको कार्यक्रम नराखिदिनुहुन र देशको ऐन एवं चिकित्सकीय नैतिक दायित्व अनुरूप सदाझैं नियमित स्वास्थ्योपचारको सेवा प्रदान गर्ने पुनित कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछु ।'

चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएका सहमति विपरीतका कतिपय विषय समेटिएको भन्दै डा. केसीले गत पुस २५ गतेबाट अनशन शुरू गरेका हुन् ।

डा. केसीको अनशन जारी रहेकै अवस्थामा विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगिसकेको छ । राष्ट्रियसभाले समेत उक्त विधेयक स्वीकृत गरिसकेको छ ।

राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले ऐनको रूप लिनेछ ।

भिडियो :

हेर्नुहोस्, तस्वीरहरू :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x