माघ १६, २०७५
माघ १६, २०७५ मा प्रकाशित
अच्युत शाली घिमिरे
अमरत्वको
ADVERTISEMENT
सहज विश्वासमा
सत्य देख्ने
जादू देख्ने
माटोलाई मुटु संग जोड्ने
मेरो देशका शहिदहरु!
समाजको अन्धतामा
झुटो दुनियासंग
अनेकौ व्यवस्थाहरुसंग
पौठाजोरी खेल्न
नहिज्किच्याउने,
देशलाई आफू
सहित सर्वस्व सुम्पने
मेरो देशका शहिदहरु!
मातृभूमिको हरेक
इशारामा उफ्रिने,
पुर्खाको साहसमा भिज्ने,
नेपाल आमाको दूधको भारा तिर्न
सम्पन्नताको आवेश छोड्ने,
फोस्रो इज्जतको
तिलाञ्जली दिदै
स्वदेशलाई स्वर्ग संग दाज्ने
मेरो देशका शहिदहरु!
तर आजकल
परिवेशहरु फरक भए,
जमाना बदलियो
अनेकौ रंग संग ,
हिजो शहिदको त्यागमा
गफ हाक्नेहरु
आज 'भलादमी' बनेर
उडाइरहेछन् माटोको सुगन्ध खुशबूहरु संग,
हिजो शहिदको रगतमा
भन्किने माखाहरु
आज भन्किदै छन् शासकहरुसंग,
अनि शहिद
मात्र मौनधारणहरुमा
मात्र फोटाहरुमा
मात्र शालीकहरुमा
मात्र विदाहरुमा
मात्र कविताहरुमा!!!
थप समाचार
- नेपाल-भारत: अन्तर्विरोधमा अडिएको सम्बन्ध
- छन्द र गद्यमा कविता लेख्नेले एक अर्कालाई स्वीकार नगर्नु अतिवाद : नेपाल
- वादी महिलाको कथामा आधारित 'नथिया' लिएर आइन् सरस्वती प्रतीक्षा
- जनयुद्धका छापामार दिदी–भाईको त्यो तिहार
- सपनासम्बन्धी रोचक तथ्यका बारेमा थाहा पाइराख्नुस्
- दयाहाङ राई कहिल्यै निखिल जस्तो बन्न सक्दैन : निखिल उप्रेती
प्रतिक्रिया दिनुहोस