हिउँभित्रको बस्तीबाट

माघ १६, २०७५

राजन पराजुली

रातको अन्धकारमा ह्वारै आकाशबाट
सेता सेता कपासरूपी चिजबिज खसेर
मेरा बस्ती पूरै सेताम्बे भयो
हजारौ खर्चीएर रोपेको अन्नबालि
छिन भर मै सेताम्बे भयो
लाखौ खर्चीएर बनाईएको घर
चारैतिरबाट ति सेता चिजबिजले घेरेर
पूरै सेताम्बे बनाई दियो

-अन्नबालि पूरै सकाप
-कति गाईबस्तु चिसोले मरे
-पिउने पानी जमेर बरफ भयो

गरिब भएको कारण 
शरीरमा लगाउने न्यानो लुगा छैन
बाटोघाटो पुरै सेताम्बे भएको कारण
पकाउने चिज बिच पसल सम्म आउदैन
कयौ दिन बाहिर सेता कपासले बेरिएको
चिसो घर भित्र कट्याङ्रिएर लुक्नु पर्छ

एक हुल मान्छे ह्वारर् आउछन
सेता हिँउ सँग लुडिबुडी गर्छन
क्याच क्याच फोटोहरू खिच्छन
अनि,खुब रमाएर जान्छन

हामिलाई त आदत नै छ
अरूका दुःखमा रमाउँने
अरूका पीडामा खुसीले नाँच्ने
आउछन सेता हिँउ हातभर लिएर
खुसी हुदै रमाई रमाई जान्छन
सोध्दैनन् कसैले,
-तपाईको अन्नबालि कतिको नोक्सान भयो
-तपाईको परिवारलाई असर त परेको छैन
-घरभित्र खाने केहि अन्न छ कि छैन
-तपाईलाई केहि सहयोग चाहिन्छ कि

एक हुल रमाएर जान्छन
फेरि आर्को हुल आईपुग्छन
सेता हिँउका ती गद्दा माथि रमाउँन
हिँउ नै हिँउले छ्यापा छ्याप गर्न
आफ्नो मोबाइलमा फोटो सजाउँन
कसैले अलिकति दयाँ
हिँउ भित्रको बस्ती माथि देखाउदैनन्
हजारौ खर्चीएर टाढा टाढा बाट गरिबको
अन्नबालि माथि परेको सेता हिँउमा लडिबुडि गर्छन
रमाउछन,खेल्छन,उफ्रिन्छन जान्छन
अहः
कसैले ती हिँउ बस्तीका गरिब माथि दयाँ देखाउदैनन्

-कसैले अलिकति रूपया दान गर्दैनन्
-कसैले चाउचाउ,बिस्कुट सम्म दिदैनन्
-कसैले न्यानो लुगा सम्म दान गर्दैनन्
-कसैले सन्चो विसन्चो सम्म सोध्दैनन्

हाम्रो अन्नबालि माथि परेको सेता हिँउ
हाम्रो घर आगन गोठ माथि परेको सेता हिँउ
अरूका लागि रमाउने साधन भएको छ
खुसी मनाउने ठाउँ भएको छ
अनि,
हामि हिँउ भित्रको बस्ति माथि ठूलो
क्षति पुगेको छ,पीडा परेको छ,दुःख परेको छ


ADVERTISEMENT

 

चितवन

माघ १६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस