×

NMB BANK
NIC ASIA

फ्राइडे रिलिज

एकैदिन जुधे तीन फिल्म : ‘गोपी’, ‘सय कडा दश’ र ‘रणवीर’मा कसले मार्ला बाजी ?

माघ १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपालमा सातामा २/३ वटा चलचित्र प्रदर्शनमा आउनु अब नौलो रहेन । चलचित्र प्रदर्शनमा आउँछन् केही दिनमै उत्रिन्छन् । दर्शकले प्रदर्शनमा आएको र उत्रिएको समेत पत्तो पाउँदैनन् । 

Muktinath Bank

गत साता त्यस्तै भयो, हल्लाखल्ला बिनै तीन चलचित्र प्रदर्शनमा आए । त्यसको जानकारी न दर्शकले पाए, न चलचित्रकर्मीले नै । सहरका भित्तामा टाँसिएका पोष्टर देखेपछि पो दर्शकले पत्तो पाए, ए ! आज त यी चलचित्र प्रदर्शनमा आएछन् । चलचित्र हेर्न दर्शकले कुनै चासो नै देखाएनन् । अन्नतः एक–दुई दिनमै चलचित्र हलबाट उत्रिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजबाट पनि हलमा तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । गाईपालक युवाको कथामा बनेको ‘गोपी’, मनोज गजुरेलको डेब्यू ‘भ्रष्टाचारविरुद्ध प्रेम’को नारा बोकेको चलचित्र ‘सयकडा दश’ र दक्षिण भारतीय शैलीमा बनेको एक्सन, लभस्टोरी ‘रणवीर’ मैदानमा उत्रिएका हुन् । 


Advertisment
Nabil box
Kumari

तर यी चलचित्रको प्रसंग अघिल्लो साताभन्दा फरक छ । कारण, यी चलचित्रको विभिन्न कारणले बजारमा चर्चा छ, चासो छ, अझै भनौं पहिलेदेखि नै चर्चा थियो, चासो थियो । 

Vianet communication
Laxmi Bank

वीपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतको मुख्य भूमिका रहेको चलचित्र ‘गोपी’लाई चलचित्र समीक्षक तथा रंगपत्रकार दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । यसअघि ‘घामपानी’ निर्देशन गरेका दीपेन्द्रको ‘गोपी’ स्वावलम्वन गाईपालकको कथामा निर्मित चलचित्र हो । 

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । त्यस्तै कार्यकारी निर्मातामा श्रीधर पौडेल, छायाकार शैलेन्द्र डी कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् ।

चलचित्रमा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन् । पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ । चलचित्रमा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतको पनि अभिनय रहेको छ ।

त्यस्तै ‘सयकडा दश’लाई रामशरण पाठकले निर्देशन गरेका हुन् । उनले यसअघि ‘प्रेम गीत २’ निर्देशन गरेका थिए ।

यो चलचित्र हास्य कलाकार मनोज गजुरेलका कारण पनि चर्चामा छ । मनोज यसै चलचित्रमार्फत् सिने नगरीमा डेब्यू गरेका हुन् भने कलाकार राजाराम पौडेलले यही फिल्ममा पहिलोपटक लगानी गरेका छन् । राजारामको पनि चलचित्रमा मुख्य भूमिका छ । चलचित्रमा मनोज र राजारामका साथमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने, रवि डंगोल लगायतको अभिनय छ । 

चलचित्रको निर्मातामा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र सञ्जिव न्यौपाने रहेका छन् । चलचित्रको छायाकार रामेश्वर कार्की हुन् । बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा रज्जु प्रधानको कथा छ ।

आजैबाट प्रदर्शनमा आएको ‘रणवीर’ एक्सन र लभस्टोरी कथामा बनेको चलचित्र हो । दक्षिण भारतीय चलचित्रमा सहायक निर्देशन गरेका गोविन्दसिंह भण्डारीले यो चलचित्र निर्देशन गरेका हुन् ।

गोमा विष्ट थापा र दीपेन्द्र रेग्मी निर्मित चलचित्रमा सुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

चलचित्रमा हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको छ । चलचित्रमा निर्देशककै कथा, पटकथा तथा संवाद छ । यही फिल्मबाट सन् २०१२ की मिस इन्टरनेसनल शुभेक्षा फिल्म इन्डस्ट्रीमा प्रवेश गरेकी हुन् । 

चलचित्र उद्योगको शुक्रबारे यो लडाईंमा व्यापारिक हिसाबमा कुन चलचित्रले बाजी मार्ला ? प्रतिक्षा गर्नुको विकल्प छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x