अभिभावकले सधैँ सानालाई नै किन गर्छन् दोषारोपण ?

माघ १८, २०७५

मानव सभ्याताको विकाससँगै बालबालिका तथा किशोर-किशोरीलाई अभिभावले अविश्वास गर्ने र सधैं उनीहरूलाई नै दोषी देखाउने प्रचलन स्थापित भएको पाइन्छ । यस्तो व्यवहार वर्तमानसम्म पनि त्यसरी नै चलेको पाइन्छ ।

मानव सभ्यताको विकाससँगै बालबालिकालाई ज्ञान, सीप र व्यवहार सिकाउने विधि गुरुकुल पद्धति पौराणिक कथा, अभिभावकको निर्देशन र आदेश नै सबैथोक हुने गर्दथ्यो । अभिभावकहरूले समयसँगै आएको परिवर्तनलाई सजिलै आत्मसात् गर्न सकिरहेका छैनन् । पुस्तान्तरण र समयको मागलाई सजिलै बुझ्न गाह्रो छ । उनीहरू दन्त्य कथाका पात्र जस्तै र त्यसैमा रहुन् भन्ने चहान्छन् ।


ADVERTISEMENT

अहिलेका किशोर-किशोरी पुस्ता फेसबूक, ट्याब, कम्पुटर, टिभी, फिल्म आदिमा तल्लिन छन्, यी र यस्ता सबै व्यवहार अभिभावकलागि अश्वभाविक हुन् । 'हाम्रो पहिचानलाई बिर्सिए, पुराना पुस्तालाई वास्ता गरेनन्, भविष्यको बारेमा ध्यान दिएनन्....., त्यसैले यिनीहरू नराम्रा छन्,' अभिभावकहरूले यस्तै सोच्छन् ।

अहिले समय बदलिएको छ । ब्रह्माण्ड, सिमाना, भुगोल, भाषाको आधारमा छुट्टाछुट्टै र टाढा रहेता पनि प्रविधिमा इन्टरनेटको विकासले सिङ्गो ब्रह्माण्ड अब सबैको पहुँचमा छ । विश्वका कुनै पनि कुनाका राम्रा/नराम्रा विषयको जानकारी जो कोहिले पनि सजिलै थाहा पाउन सकिरहेका छन् । सिकाइको विधि र प्रक्रियाहरू नयाँ-नयाँ बनिरहेका छन् ।

नेपाली ग्रामीण तथा सहरी परिवेशमा अभिभावकभन्दा बालबालिका सञ्चार र प्रविधिको हिसाबले अगाडि पुगेका छन् तर हाम्रो व्यवहार र सिकाइ पुरानै अवस्थाको छ । 

नेपालीे समाजको दृष्टान्त एक : बिहानको खाना खाने समयमा स्कूल जान ढिला भयो भन्दै आमा खानाखान बोलाइरहनु भएको छ । बालक हतारहतरा स्कूल युनिफर्म लगाएर खान खान आउँछ । ऊ खाना खान बस्ने ठाउँमा नै बुबाले खानको लागि भरेको पानीको गिलास त्यहीँ बिर्सनु हुन्छ । त्यहाँ कहिल्यै पनि गिलास राखिदैन थियो बालकको खुट्टाले गिलासमा लाग्छ र पानी पोखिन्छ । बुबा आमा दुवैले बालकलाई उत्ताउलो, आँखा नहेर्ने भनेर नराम्रोसँग गाली गर्नुहुन्छ ।   

अर्काे कुनै दिन त्यसैगरी बालक खाना खाइरहेको हुन्छ । बुबा खाना खाना बाहिरबाट बालकको अगाडिबाट हिँड्दै बालकले खान राखेको गिलासमा बुबाको खुट्टाले लगेर पानी पोखिन्छ र केही पानी बालकले खाना खाइरहेको थालमा पनि पर्छ । त्यहाँ पनि बालकले ठीक ठाउँमा पानी नराखेको गाली पाउँछ । यसरी जहिले पनि आफूभन्दा ठूलाले सानालाई गल्ती मात्र देखाउने हाम्रो समाजमा बालबालिकालाई सधैं अभिभावकले गल्ती गरेको भनेर गाली मात्र गर्ने प्रचलन देखिन्छ । यो सिकाइ बालबालिकाले आफ्नो जीवनमा जस्ताको तस्तै लागू गर्दछन् । 

दृष्टान्त दुई : यदि हामी बालबालिका खेलिरहेको ठाउँमा ध्यान दिएर हेर्याे भने एउटा विचित्रको यथार्थता देख्छौ त्यहा बालबालिकाले चोर पुलिस खेलिरहेका छन भने पुलिसको  भूमिकामा खेल्ने बालबालिकाले तथानाम गालिगरेको हातमा लट्ठी बोकेको पिटेको अभिनय गर्दछन् । बुबाको भूमिकामा रहेको बालबालिकाले आमा लगायत बालबालिकालाई हप्काएको गालि गरेको अझै पिटेकै भूमिका निर्वाह गर्दछ । शिक्षकको भूमिकामा निर्वाह गर्नेले सधैं निर्देशन र बालबालिकालाई गालि गर्दछ भने बालबालिकाको भूमिकामा रहनेले निरिह र मुकदर्शक भएर मात्र बस्ने आदेश पालक हुने गर्दछन् । अझ डरलाग्दो कुरा त्यहा दाई वा दिदीको भूमिका निर्वाह गर्नेले पनि आफूभन्दा सानालाई नियन्त्रण गर्ने पिट्ने मात्र हैन सबै कुराको दोष रोपण गर्न पनि पछि पर्दैनन् । जुम्ल्याहा दुई जनामा केही क्षण पहिला जन्मेको भनिएको दाई वा दिदीले पनि भाई बहिनीलाई नियन्त्रण गर्दछन् दोषारोपण गर्दछन् । यो अभिभावक तथा समाजबाट हस्तान्तरण हुँदै आएको नकारात्मक यथार्थता हो । 

हामीले बालबालिकासँग व्यवहार तथा कुरा गर्दा त्यसमा प्रयोग गरिएको भाषा, र कृयाकलापहरूले उनीहरूको मनस्थितिमा प्रभाव पारी जीवनमा लागू भइरहेको हुन्छ । कुनै बालबालिकाको व्यवहार, बोली तथा कृयाकलाप अर्का बालबालिकाको भन्दा असभ्य वा अप्ठेरो हुनु बालबालिकाको दोष हैन । उक्त समस्या बालबालिकाको आफैद्वारा सिर्जन भएको पनि होइनन् । बालबालिकाले आफ्ना आमाबुबा, परिवार, साथीहरू, समाज र वातावणबाट सिकेका हुन् । त्यसैले त बालबालिका आमा बुबा, अभिभावक, परिवारिक एवम् सामाजिक परिवेशको प्रतिविम्ब हुन् । समस्या ग्रष्त हुनुमा उनीहरू हैन हामी दोषी   छौं । यसलाई आत्मसात गरौ र त्यस परिस्थितिको व्यवस्थापन गरी बालबालिकाको समग्र विकासका लागि उनीहरूको व्यवहारमा सभ्य र सकारात्मक बनाउन हामी अभिभावकले हरपल सकारात्मक व्यवहार गरौं ।

उनीहरूलाई माया र आदरार्थी भाषाको प्रयोग गरौंं । जिम्मेबार अभिभावकको लागि आफ्ना बालबालिकाको लागि कस्तो व्यवहार र सञ्चारले उनीहरूको जीवनमा सकारात्मक सन्देश, धारणा र ज्ञान हस्तान्तरण गर्ने भन्ने बिषयमा सधै सबैभन्दा चूनौतीपूर्ण र महत्वपूर्ण कार्य हो । बालमनोविज्ञानले विज्ञानप्रति सचेत अभिभावकहरू आफ्ना बालबालिकालाई स्वतन्त्रता र उनीहरूको आवाज र भावनालाई प्राथमिकतामा राख्दछन् । उनीहरूको दायित्व के ? कति ? कसरी गर्ने भन्ने बिषयमा सिमा निर्धारण गर्दछन् । यो नै उनीहरूको विकासको लागि पहिलो व्यवहारिक मूहान हो भने भने केही अभिभावकहरू उनहरूको आवाज र स्वतन्त्रता माथि प्रतिवन्ध लगाउँछन् । उनीहरूको जिम्मेबारी र सिमा सिकाउँदैनन् यसले उनीहरूमा नाकारात्मक भावनाको विकास भईरहेको हुन्छ । 

आमाबुबा तथा वयस्कहरूले बालबालिकालाई सधै दोष दिन्छन् । सामन्यतया जब वयस्कहरू आफ्ना बालबालिकालाई कस्तो बाटोमा हिडाउने भन्ने योजनाका साथ प्राथमिकताका साथ  उनीहरू आफैले अपेक्षा निर्धारण गरेर बसेका हुन्छन् । यहीबाट बालबालिका र अभिभावकको बीचमा दुरी निर्धारण भईरहेको हुन्छ । कुनै शिक्षक वा अन्य सहयोगी व्यक्तिमा बालबालिका पु¥याउँदा आप्mना छोराछोरीको नकारात्मक कुराहरूको व्यापक चर्चा गरेर ऊ नराम्रो हो भनेर सुनाउँदै त्यसबाट सुधार ल्याउनको लागि प्रस्तुत गर्ने गर्दछन् । यसरी दोस्रो पक्षलाई सुरुबाटै बालबालिका प्रति नमारात्मक धारणाको विकास गराई सक्छन् । यसरी बालबालिका अभिभावकले निधारण गरेको योजनामा र चाहाना अनुसार प्रस्तुत हुन नसकेकोमा पहिलोबुबा हुने गर्दछ । यसमा मुख्य बिषय नै किशोर किशोरी स्वतन्त्र ढंगबाट आफूलाई अगाडि बढाउँन चहान्छ अभिभावक थप नियन्त्रणमा राख्न चाहानु हो । 

घरमा दबाव, हिंसा र दोषारोपणमा परेर स्कूल पुगेको बालबालिका स्कूलमा नराम्रो व्यवहार प्रस्तुत गर्दछ । त्यसको प्रतिफल त्यहा ऊ सजायको भागिदार हुन्छ , घर फर्कन्छ पून नराम्रो व्यवहार प्रस्तुत हुन्छ र पून घरमा पनि दण्डित हुन्छ । यसरी घरबाट सुरुभएको दोषारोपण पुरा दिन भरी र बेलुका पनि त्यसको प्रभाव प्रर्दन भईरहन्छ र यी सबैको नकारात्मक असर स्वयम् बालबालिका माथि नै पर्न जान्छ । 

गरिवी, पारिवारिक हिंसा, विचलन, दुव्र्यसनी सामाजिक बहिस्करणमा परेका परिवारको जैविक तथा सामाजिक कारणले बालबालिकाको व्यवहार निश्चित रुपमा हानिकारक र हिंसात्मक हुने गर्दछ । यसै गरी हानिकारक परम्परावादी संस्कारबाट पीडित अभिमावक एवम् समुदायका बालबालिकामा पनि हानिकारक व्यवहार विकस भएको पाईएको छ । यसबाट स्पष्ट हुन्छ की बालबालिकाको व्यवहार पारिवारिक एवम् सामाकजिक जीवन विज्ञानमा आधारित भएर विकास भएको हुन्छ । 

आमाबुबाको लागि बालबालिकासँग काम गर्नु कुनै सजिलो काम हैन । जब बालबालिका बोल्न सुरु गर्दछन सबै कुरा एकै पटक आप्mनै भनेर लिने गर्दछन् यो बेला आमाबुबाको लागि उनीहरूको व्यक्तित्व निमार्णको लामो बाटोमा छन त्यतिबेला अझ आमबुबाको लागि झनै गाह्रो काम हो । कहिले कही आप्mना छोराछोरीको मानसिक विकास कति भएको छ भनेर नबुझ्दा अभिभावकले गरेका कार्य र बोलीले उनीहरूको दिमागमा असर परिरहेको हुन्छ ।

त्यसैले,

– बालबालिकालाई तिमी नराम्रो, बुद्धि नभएको बदमास हौ भनेर कहिल्यै नभन्नुस् । उसलाई नकारात्मक विचारका साथ कहिल्यै व्यवहार नगर्नुस । यसले उसको आत्मसम्मान र विश्वासमा ठेस पु¥याउँछ । साथै घर परिवारबाट नराम्रो सन्देश बाहिर गएमा साथि, छिमेकी र समुदायले पनि उसलाई नराम्रो देख्दछन र सोही व्यवहार गर्दछन् । उनीहरू निश्चल र निर्दाेष हुने हुँदा उनीहरूका राम्रा कुरा र कारात्मक कुरा गुर्नुस र खुसी राख्नुस् । 

– बालबालिकाहरूलाई त्यस्ता शब्दहरूका बारेमा विस्तृत बताउनु जुन वाक्यले अरुलाई चोट तथा हानी गर्दछ । त्यस्ता सब्द बोल्नाले अरुले तिमीलाई खराब बच्चाको रुपमा परिभाषित गर्ने भएकाले यसलाई प्रयोग नगर्न प्रेरित गर्नुस् । राम्रो र नराम्रो बीचको अन्तर आफै अनुभूति गर्न सकुन ।

– आफ्नो कुनै पनि सन्तानलाई दाजुभाई दिदी बहिनी तथा अन्य कोहीसँग पनि तुलना नगर्नुस् । यसले उनीहरूमा इष्र्यालु बनाउँछ । अरुसँगको नकारात्मक प्रतिस्प्रर्धाले उनीहरूलाई असफलता तिर लैजान्छ ।

– बालबालिका साँच्चिकै बालबालिका हुन उनीहरूलाई बालबालिका जस्तै बन्न दिनुस् । उनीहरूलाई छोरा वा छोरी भएबापत कुनै नियम तथा परिधी निर्धारण नगर्नुस् । छोरा वा छोरीलाई आफै निर्णय गर्न दिनुुस् । हाम्रो सामाजिक संस्कारअनुसरा छोरा वा छोरीले गर्ने कामको विभाजनमा परिवर्तन ल्याउन आवश्यक छ । उसलाई विश्वास गर्नुस् तर एक्लै छोडेको ठाउँमा उसलाई हानी पु¥याउने सामग्री तथा चिज नभएको सुनिश्चित गर्नुहोस् । उनीहरूलाई आफू अभिभावकको सुरक्षामा छु भन्ने महसुस पनि भईरहेको होस् । उनीहरूको रमाईलोमा साथ र समय दिनुुस् ।

– बालबालिकाले एकै पटकमा धेरै जानकारीहरू लिन र सो जानकारी लामो समय सम्झन सक्दैनन् त्यसैले उनीहरूसँग कुनै कुरा गर्दा पनि ठिक्क मात्र कुरा कानी गरौ । शव्दहरू स्पष्ट र छोटा प्रयोग गरौं लम्मेतान कुरा नगरौं । 

– बिहानै बालबालिकालाई होमवर्क, खाना, सरसफाई, संगीत, व्यायाम, खेल आदि एकैपटक जिम्मेवारी दिने गछौं । यसले बालबालिकालाई अनावश्यक दबाव र पिडा दिने हुने गर्दछ र उनीहरू विचलित हुने गर्दछन् । जसको कारण समयको व्यवस्थापन गर्न र उचित समयमा काम सम्पन्न गर्न असमर्थ हुनु पुग्दछन् । यो सबै आमाबुबाको लागि सबै भन्दा ठुलो चुनौती बन्न पुग्दछ । यसमा आमाबुबाले बालबालिकालाई दबाव दिएर उनीहरूको आलोचना गरी नियन्त्रणमा राख्ने प्रयास गर्दछन् । यसको अलावा बालबालिकालाई एकपटकमा एउटा मात्र जिम्मेबारी दिऔं र सो पुरा गरेपछि अर्काे जिम्मेबारी दिँदै उनीहरूलाई सहजसँग काम गर्ने अवसर र्सिजना गरौं । यसरी जिम्मेवारी दिँदा उनीहरूमा विकास भएको सीप र क्षमता आधारमा जिम्मेवारी दिऔं । 

– अभिभावक बालबालिकालाई आवश्यकता भन्दा बढि नै जिम्मेवारी दिन्छन र अनावाश्यक रुपमा बालबालिकालाई निर्देशन दिईरहन्छन् । उनीहरू आफै काम गर्न सक्षम छन भनेर विश्वास गर्दैनन् र हरेक क्षण उनीहरूको काममा हस्तक्षेप गरिरहन्छन् । यस्तो अवस्थामा हुर्केका बालबालिकामा आत्मनिर्भरता कम हुने र सधैं ठूलाहरूमा पूर्ण निर्भर हुन पुग्दछन् । डा. क्यारोल ड्वेकको अनुसारः अभिभावद्वारा गरिने अनावश्यक हस्तक्षेप र सहयोगले उनीहरूमा आत्मविश्वाश र जिम्मेवारीमा वहन गर्ने सिपको विकास भएको हुँदैन र उनीहरू निस्कृय हुनपुग्दछन् । स्वतन्त्रता तथा अनावश्यक नियन्त्रण विना हुर्काइएका बालबालिका न्याय, चिन्ता र नियन्त्रण्को समस्यावबट मुक्त हुन्छन् । उदाहरणको रुपमा यदि बालबालिका विद्यालयमा पुग्दा कक्षामा चाहिने आवश्यक चिज घरमै छुटेमा आफ्नो शिक्षकलाई स्पष्ट आफ्नो कुरा राख्न सक्ने हुन्छ । आफूले गरेको राम्रो र आफूमा भएको कमजोरी खुलेर भन्न सक्छ 

– जीवनको सबै भन्दा महत्वपूर्ण सिकाइ भनेको आमाबुबाबाट हो । किशोरावस्थाका व्यक्तिहरूको ध्यान अभिभावकको चहाना र आवश्यकमा खासै हुँदैन । किशोर किशोरीहरू अभिभावको भावना र निर्देशनमा भन्दा व्यवहार र दृष्टिकोणबाट सिक्दै व्यवहारिक हुन चहान्छन् । त्यसैले हामीले बालबालिकाका अगाडि के कार्य र कुरा गर्दछौ त्यसमा ध्यान पुर्वक हेर्नु अनिवार्य छ । बालबालिकाको अगाडि रिसाएर व्यवहार गर्नु भन्दा सम्यम र सामिप्यतामा व्यवहार गर्नु बुद्धिमानी हुन्छ । 

– बालबालिकालाई अन्यलाई आदर गर्न सिकाउनुपर्दछ । यो भनेर सिकाउने कार्य होइन । हामीले स्वयम बालबालिकालाई र  अरु सबैलाई आदर सम्मान दिने गरेका छौ भने बालबालिका स्वत सो व्यवहार देखाउँछन् । उनीहरूलाई सम्मान र सहानुभूतिले सिक्न मद्दत  गर्दछ । अभिभावकहरू बालबालिकालाई बोल्न सधै रोकावट गर्दछन् । उनीहरूका कुरा सुन्न अभिभावकसँग समय नै हुँदैन अझ भनौ बालबालिकाको कुरालाई महत्व नै  दिँदैनन्  उनीहरूका धेरै र अनावश्यक माग हुन्छन भनेर उनीहरूलाई बेवास्ता गर्दछन् । उदाहरण ः बालबालिकाले भन्यो “मैले फूटबलमा गोल  गरे ! ”

उनीहरूको अनुहारमा हेरर “ओहो गोल ग¥यो, बाबु राम्रो बधाई ! मैले तिम्रो खेल हेर्न पाईन भन्न त खेल कस्तो भएको थियो ...” बालबालिकालाई अभिभावकले आफूलाई महत्व दिएको अनुभूति गर्दछन्  र उत्साहित हुँदै आफ्नो कुरा भन्नेछन् । म फेरी भन्नुस “छोरी अब भाईसँग खेल र हात खुट्टा धोएर आफ्नो काम गर म भान्सामा तिमीहरूका लागि खाना पकाउँछु ।” बालबालिकासँग कुरा गर्दा उनीहरूलाई ध्यान दिएको उनीहरूले अनुभूति गरुन, हँसिलो अनुहार आँखामा हेरेर कुरा   गर्नुस् । उनीहरूको कुरामा साथ दिनुस प्रतिविम्बित शब्दहरूको प्रयोग गर्नुस् ।

– बालबालिका सधैं गर्दै आएको भन्दा फरक भूमिका चाहान्छन् । उनीहरू स्वतन्त्रता चाहान्छन्, त्यसमा नियन्त्रण गर्दैे उनीहरूलाई दोषी देख्दै अपमान गर्ने व्यवहार अभिभावकबाट हुनु हँुदैन । उनीहरूलाई अभिभावकबाट नकारात्मक वा दोषी देखाउने  व्यवहार र कार्यले उनीहरूको आत्मनिर्भर बन्ने कार्यका बाधक हुन । बालबालिकालाई दुव्र्यवहार गर्दै नकारात्मक व्यवहार र सधैं दोषी देखाउने कार्यले उनीहरू मानसिकतामा पनि नकारात्मक धारणाको विकास हुनपुग्दछ । त्यस्तो नकारात्मक व्यवहारमा प्रतिवाद गर्न सिकाऔं । आफ्नो गल्ती नभएमा त्यसमा प्रतिवाद मात्र हैन आफू लगत  नभएको प्रमाणित गर्ने अबसर दिऔं, त्यसको लागि  प्रेरित गरौ  र उनीहरूलाई माया गरौं

हिजोको समयमा बालबालिकालाई अनुसाशित राख्ने र निर्देशनमा हिडाउँने गरिन्थ्यो । आज समय बदलिएको छ त्यसैले बालबालिकालाई सहभागिता प्रोत्साहान र सहकार्य विद्यमान परिवेशको माग हो । त्यसैले ठूलाले जे भने पनि स्विकार्नु वा सहनु पर्ने धारणाको विकासले आफूभन्दा ठूलाले गल्ती गरेपनि प्रतिवदा नगर्ने र सानालाई जसरी पनि हेप्ने तथा नियन्त्रणगर्ने परम्पराको अन्त्यको लागि सबै अभिभावक जिम्मेबार बनौं ।

सन्दर्भ सामग्री :

https://www.psychologytoday.com , Melanie Greenberg Ph.D. 

Joe GillardApril 29, 2018, Ugo Uche, Promoting Empathy With Your Teen

https://medium.com/s/youthnow/why-older-people-have-always-trashed-young-people-8f918529009a, Jason Feifer, Follow Sep 6, 2018 

Ekata Sharma, By Elizabeth VagnoniJanuary 7, 2015, 

माघ १८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस