‘एनआईसी एशिया रन फर हेल्थ’ प्रतियोगितामा सम्पन्न

माघ २२, २०७५

काठमाडौं – एनआईसी एशिया बंैक लिमिटेडको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा ‘एनआईसी एशिया रन फर हेल्थ’ दौड प्रतियोगिता २०७५ माघ १८ गते विराटनगरमा सम्पन्न गरेको छ ।

विराटनगर–शंकरपुरस्थित जनता नमूना उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको ‘एनआईसी एशिया रन फर हेल्थ’ दौड प्रतियोगितामा विराटनगरका विभिन्न कलेजको सहभागिता थियो ।


ADVERTISEMENT

राष्ट्रिय अर्वुदरोग निवारण दिवसको पुर्वसन्ध्यामा अर्वुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन सचेतनामूलक दौड कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा संयोजक विकास बेगबानीले बताए ।

५ किलोमिटर दूरीको सो प्रतियोगितात्मक दौडमा करीब १ हजार जना युवायुवतीले सहभागिता जनाएको थियो । नेपाल सरकार प्रदेश नम्बर १ का संघीय संसदका सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घघाटन गरेको कार्यक्रममा चर्चित नायिका केकी अधिकारी र रिचा शर्मा अतिथिको रुपमा सहभागी भएका थिए । 

प्रतियोगितामा छात्रतर्फ सिटी कलेज विराटनगरका सुम्रित यादव प्रथम, मेरील्याण्ड कलेजका समिर क्षेत्री दोस्रो र नगर ग्राम उच्च माविका चिर्पा शेर्पा तेस्रो भएका थिए भने छात्रातर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम, सिटी कलेजकी श्रीसन घिमिरे दोस्रो र अर्किड कलेजकी रञ्जिता माझी तेस्रो भएकी थिइन् । प्रथम, दोस्रो तथा तेस्रो गर्ने खेलाडीलाई पुरस्कार स्वरुप क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिन र प्रदान गरिएको थियो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७५ शाखा कार्यालय, २८९ एटीएम, ३९ वटा एक्स्टेन्सन काउन्टर एवं २३ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

बैंकको वासलातको आकार २१८ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करीब १७५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १४९ अर्बसहित निजी क्षेत्रका बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म बैंकमा ग्राहकको संख्या करीब १४ लाख ५० हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

माघ २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस