सिटी सेन्टरमा प्रणय दिवस विशेष कार्यक्रमका साथ भारी छुट

माघ २२, २०७५

काठमाडौं — काठमाडौंको मुटु कमलपोखरीमा रहेको व्यावसायिक भवन सिटी सेन्टरले प्रणय दिवस २०१९ लाई लक्षित गरी विशेष कार्यक्रमको घोषणा गरेको छ । 

युवा वर्गलाई लक्षित गरी तयार गरिएको कार्यक्रममा १३ फेब्रुअरीमा १५ हजार रुपैयाँ पुरस्कार राशिको डान्स कम्पिटिसन गरिने सिटी सेन्टरले जनाएको छ । 


ADVERTISEMENT

त्यसैगरी, सिटी सेन्टरमा १ फेब्रुअरीदेखि १४ फेब्रुअरीसम्ममा किनमेल गर्ने ग्राहकमध्ये लक्की ड्रमार्फत छनोट भएका एकजनालाई पोखराको प्रिमियम होटलमा २ रात ३ दिनको प्याकेजको व्यवस्था हुनेछ । 

सिटी सेन्टरभित्र यस अवधिमा किनमेल गर्ने ग्राहकहरूलाई विशेष छुटको व्यवस्था रहेको जानकारी व्यवस्थापन पक्षले दिएको छ । 

कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्क गेमहरूका साथै लाइभ म्युजिकल कार्यक्रम आयोजन गरेको बेहोरा विज्ञप्तिमा उल्लेख छ ।
 

माघ २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस