×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री राउतको विवादित बयान, सत्ता गठबन्धनभित्रै घमासान !

माघ २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – संघीयता कार्यान्वयनका क्रममा २ नम्बर प्रदेश र संघ सरकारबीच अधिकारको विवाद बढ्दै जाँदा मुख्यमन्त्री लालबाबु राउतले विवादित बयान दिन थालेका छन् ।

Muktinath Bank

संघ सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका मुख्यमन्त्री राउतको शब्द चयन विवादित बनिरहेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महरालाई लक्षित गरी ‘लुटेरा’ र ‘दलाल’ जस्ता शब्द प्रयोग गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री राउतका विवादित र आक्रामक बयानले राजनीतिक क्षेत्रमा बहस सिर्जना गरेको छ भने मुख्यमन्त्री राउत आवद्ध पार्टी संघीय समाजवादी फोरम नेपाल सम्मिलित नेकपा नेतृत्वको सत्ता गठबन्धनभित्र समेत घमासान हुने टिप्पणी हुन थालेको छ । प्रदेश सरकारमा नेकपा सत्ता सहयात्री नभएपनि संघीय सरकारमा फोरम नेपाल नेकपासँग सत्ता सहयात्री दल हो ।


Advertisment
Nabil box
Kumari

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की प्रदेश सांसद मञ्जुकुमारी यादवले विवादित बयान दिने मुख्यमन्त्री राउतको राजीनामा माग गरिन् । ‘राजनीतिक चरित्र प्रदर्शन गर्नुपर्ने ठाउँमा संविधानभन्दा बाहिर गएर मुख्यमन्त्री राउतले नै अनावश्यक विवादित अभिव्यक्ति दिँदै हिँड्ने हो भने उहाँले तत्कालै राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘मुख्यमन्त्रीजस्तो व्यक्तिले संघीय सभामुख कृष्णबहादुर महराको बारेमा दिनुभएको अभिव्यक्तिप्रति माफी माग्दै शब्द फिर्ता लिनुपर्छ ।’

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री राउतले सोमवार प्रदेश सभामा आयोजित कार्यक्रममा सभामुख महरालाई पार्टीको दलाल भएको आरोप लगाएका थिए । सांसद यादवले भनिन्, ‘मुख्यमन्त्री ज्यूलाई संविधानको अध्ययन नै छैन । बोल्दा कुन शब्द प्रयोग गर्ने त्यसको उहाँले हेक्का राख्नुपर्छ । यदि उहाँले माफी मागेर त्यस्ता शब्द फिर्ता नलिए आउँदो सदनको बैठक नै अवरुद्ध पार्छाैं ।’ 

नेकपाका प्रदेशसभा प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा मुख्यमन्त्रीले बोल्दा संसदीय मर्यादाभन्दा बाहिर गएर बोल्न नहुने भन्दै आपत्ति जनाउँछन् । ‘मुख्यमन्त्री ज्यूले संघीय संसदका सभामुखको बारेमा आलोचना गर्ने विषय उहाँसँग सम्बन्धित नै छैन ।  जसरी उहाँले संघीय संसदका सभामुखको मूल्यांकन गरेर आलोचना गर्नुभयो, त्यसैगरी भोलि स्थानीय सरकारमा रहेका वडा सदस्य, वडा अध्यक्षहरूले उहाँको आलोचना गर्न थाल्नुभयो भने के हुन्छ ?’ उनले थपे, ‘कसैको गाली बेइज्जती गरेर कसैको उचाइ बढ्दैन ।’

सोमवारको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सभामुख सरोजकुमार यादवको प्रशंसा गर्दा संघीय सभामुखको आलोचना गरे । प्रदेश सभाले आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता र प्रमुख सचेतकलाई मानमर्दन गर्ने काम गरिएको सांसद विश्वकर्माले बताए । 

‘हामीले औपचारिक रुपमै बोलेर पनि त्यस कार्यक्रमको बहिष्कार गर्न सक्थ्यौं । तर निर्विवाद व्यक्ति प्रदेश प्रमुख ज्यू प्रमुख अतिथि रहेको कार्यक्रममा किन विवाद गरौं भन्दै हामी चुपचाप बाहिरियौं,’ उनले भने, ‘मुख्यमन्त्री ज्यूले कुनै पनि शब्द बोल्दा संसदीय मर्यादाको हेक्का राख्नुपर्छ । सिंहदरबारमा मुख्यमन्त्री ज्यूको पनि पार्टी छ भन्ने कुराको ख्याल गरेर कुनै शब्द बोल्दा उपयुक्त हुन्छ ।’ मुख्यमन्त्रीको अभिव्यक्तिबारे संसदमा के गर्ने भन्ने विषयमा छलफल गरेर निर्णय गरिने उनले बताए ।

राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले मुख्यमन्त्री राउतले सभामुख महरामाथि कटाक्ष गरेको बताए । ‘सभामुख भनेको सम्मानित पद हो । त्यसैअनुसार आचरण हुनुपर्ने हो । तर जसरी सदनमा प्रमुख प्रतिपक्षी दलले सदन अवरुद्ध गर्दा मार्शल प्रयोग गरेर जुन अलोकतान्त्रिक चरित्र उहाँले देखाउनुभयो, त्यसैमाथि मुख्यमन्त्री ज्यूले कटाक्ष गर्नुभएको हो,’ उनले भने, ‘लोकतन्त्रमा एकअर्काको विरोध र आलोचना गर्नु स्वभाविक नै हो । सभामुख ज्यूले पनि त त्यसै अनुसारको गतिविधि गर्नुपर्यो नि !’

संघीय समाजवादी फोरम नेपालकै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बोल्दा शब्द चयनप्रति ध्यान दिए झन् राम्रो हुने बताए । ‘संघीय सरकार र संघीय सभामुख सबैको व्यवहार टिप्पणी गर्न लायक नै छन्, त्यसमा कुनै शंका नै भएन,’ उनले भने, ‘जायज टिप्पणी गर्दा पनि राम्रो शब्दको प्रयोग हुनुपर्छ ।’

‘जसरी संघीय सरकारले आन्तरिक सुरक्षाको विधेयक अहिले दर्ता गराएको छ, त्यही मस्यौदा ज्यूँका त्यूँ पारित भए संघीयता नै सकिन्छ । त्यसकारण मुख्यमन्त्री ज्यूले सिंहदरबारमा लुटेराहरू नै बस्ने गर्छन् भनेर टिप्पणी गर्नुभएको हो,’ उनले भने, ‘संघीय संसदमा प्रतिपक्षीको विरोधका बाबजुद सभामुख ज्यूले मार्शल लगाएर विधेयक पारित गर्नुभयो, त्यस कामप्रति मुख्यमन्त्री ज्यूले महराको आलोचना गर्नुभएको हो ।’ 

फोरम नेपालमा अध्यक्ष उपेन्द्र यादव संघीय सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेको अवस्थामा प्रदेश मुख्यमन्त्री राउत सरकारप्रति आक्रामक टिप्पणी गरिरहेका छन् । मन्त्री यादवले भने, ‘आन्तरिक सुरक्षा सम्बन्धी अहिले संघीय सदनमा प्रस्तुत भएको विधेयक विना संशोधन पारित भए संघीय सरकारबाट फोरम फिर्ता हुन्छ ।’

संघीय सरकारका उद्योगमन्त्री मातृका यादवले जनकपुर आएर मुख्यमन्त्रीले जनकपुर चुरोट कारखाना कब्जा गरेर बसेको भनेपछि मुख्यमन्त्री राउतले सिंहदरबारमा लुटेराहरू बस्ने गरेको विवादित अभिव्यक्ति दिएका थिए ।

संघीय सरकारबाट बाहिरिन सक्छौं : केन्द्रीय महासचिव यादव

फोरम नेपालका केन्द्रीय महासचिव तथा संघीय सांसद रामसहाय यादवले पार्टीले गलतलाई गलत र सहीलाई सही भन्ने लाइन लिएको बताए । ‘पार्टीको एउटै लाइन हो – गलतलाई गलत भन्ने र सहीलाई सही भन्ने । मुख्यमन्त्रीले भनेको कुरा सही हो,’ उनले भने, ‘संघीय सरकारले प्रदेशलाई कमजोर बनाउने गरी काम गरिरहेको छ ।’

संघीय सरकारमा सहमति र सम्झौता गरेर सहभागी भएको बताउँदै यादवले भने, ‘संविधान संशोधन नभए, प्रदेश सरकारलाई कमजोर बनाउने गरी संघीय प्रहरी ऐन आए सरकारबाट हट्छौं ।’ मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर बनाउने काम संघीय सरकारबाट भइरहेको भन्दै उनले आपत्ति जनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x