टुँडिखेलमा सोनाम ल्होछारको रौनक [फोटो फिचर]

माघ २२, २०७५

काठमाडौं – उपत्यकामा रहेका तामाङ जातिले सोनाम ल्होछार पर्वलाई नयाँ वर्षको रुपमा काठमाडौंको टुँडिखेलमा मनाएका छन् । 

काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका तामाङहरू काठमाडौंको टुँडिखेलमा सोनाम ल्होछार मनाउने गर्छन् ।


ADVERTISEMENT

तामाङ भाषामा ‘ल्हो’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । समग्रमा सोनाम ल्होछार तामाङ जातिको सांस्कृतिक पर्व रहेको समुदायका अगुवा बताउँछन् । बालीनाली थन्क्याएपछि शुरू हुने पर्वमा पूजाआजा गरिनुका साथै विभिन्न परिकार खाने प्रचलन रहेका छ ।

ल्होछारको दिन बिहानै नुहाइधुवाइ गरेर शुद्ध भएर भगवान्को प्रार्थना तथा पूजा गरिन्छ । मंगलवार लामा गुरू तथा घरमूलीबाट पूजापाठ गर्दछन् । गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भूतप्रेतको पराजय होस् भनेर कामना गर्ने प्रचलन छ । मान्यजनबाट आशिर्वाद लिँदै विशेष परिकार कुथुक्पा, रोटी, फुलौरा, फलफूल खाने गरिन्छ ।

 

 

 

माघ २२, २०७५ मा प्रकाशित

गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस