×

NMB BANK
NIC ASIA

सुर्खेत– कर्णाली प्रदेशको बहुचर्चित चुनखानी चौकुनेमा सिमेन्ट काराखाना खुल्ने करिब पक्का भएको छ । तिकुनियाँबाट सामान ल्याउन कर्णाली चिसापानी हुँदै सहज हुनेभएपछि अजय सुमार्गीको मुक्ति श्री प्रालिले कर्मचारी खटाएर अहिले मुआव्जा वितरण गर्न प्रयास गरिरहेको छ ।

Muktinath Bank

कम्पनी र चौकुने सरोकार समितिबीच मुआब्जाको दररेट कति तोक्ने भन्नेमा कुराकानी भइरहेको बताइएको छ । चौकुने सिमेन्टका लागि प्रति रोपनी बढीमा १५ हजार रुपैयाँसम्म दिन सकिने कम्पनीको भनाई छ । उक्त दररेट सरकारी नै भएको कम्पनीको दाबी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चौकुनेमा सिमेन्ट काराखाना खुल्ने वा नखुल्ने अन्यौल रहेका बेला कर्मचारी खटाई मुआव्जा दिनेबारे छलफल शुरु गर्नु खुशीको खबर भएको गुटु निवासी रामेश्वर खनाल बताउँछन् । चौकुने सिमेन्ट खुलेको भए यहाँका धेरै व्यक्तिले रोजगारी पाउने थिए । खनाल भन्छन्, ‘तर अन्यौलताका बीच सुमार्गीले काम शुरु गर्न थालेको खबरले स्थानीयमा उत्साह आएको छ ।’


Advertisment
Nabil box
Kumari

अहिले कम्पनीले १३७९ रोपनी जग्गाको मुआब्जा दिने तयारी गरेको कम्पनीका प्रोजेक्ट कोअर्डिनेटर लोकबहादुर अधिकारीले बताए । उनका अनुसार विगतमा सडकको अवस्था नाजुक रहेको तर अहिले भने भेरी नदीमा पुल बनेर सञ्चालनमा आएका कारण पनि कम्पनीले काम अघि बढाएको हो । विगतमा भारतको तिकुनियाँ हुँदै चिसापनी, कोहलपुर सुर्खेत हुँदै कच्चा पदार्थ ल्याउनु पर्ने बाध्यता थियो । 

Vianet communication
Laxmi Bank

अधिकारीले भने, ‘तर चौकुनेबाट सिधै जम्मा ३५ किमिमात्र दुरी रहेको हुँदा लागत ढुवानी खर्च कम हुने भयो । जसले कम्पनीलाई ठुलो राहत दिएको छ । भेरी पुलबाट हामीलाई सामान ल्याउन समस्या भइरहेको थियो । अधिकारीले भने, ‘अब सामान घाटगाउँ चिसापानी भएर ल्याउने गरी कम्पनी अघि बढेको छ ।

कम्पनीले अहिले पाँच विगाहा जग्गाको खोजी गरिरहेको छ । उक्त जग्गामा प्लान्ट लगाउने योजना कम्पनीको छ । हामीले सोनाकाँडालगायतका बजार भन्दा अलि टाढा जग्गा हेरेका हौं । अधिकारीले भने, ‘कम्पनीले डाँडामा जाने बाटो बनाउने तयारी गरेको छ । डाँडासम्म बाटो पुगिसकेको छ । स्थानीय सरकारसँग समन्वय गरेर यो वर्ष बाटोको स्तरोन्नती गर्ने योजना बनाइरहेका छौं ।’

दैनिक ३५० टन सिमेन्ट उत्पादन गर्ने
कम्पनीका प्रतिनिधि अधिकारीका अनुसार १५ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य कम्पनीको भएपनि विजुली बत्ति अभावका कारण हाललाई ३५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरी प्लान्ट स्थापना गर्न लागिएको बताए । उनले कति दर तोक्ने र सिमेन्टको नाम के राख्ने भन्ने निक्र्योल लागि नसकेको बताए । 

अहिले हामी प्लान्ट स्थापनाको चरणमा छौं । अधिकारीले भने, ‘अब उत्पादन गर्न थालेपछि मात्रै मूल्य र नाम तय हुनेछ । नाम सकेसम्म कर्णालीको पहिचान दिने खालको हुनेछ । र मेटेरियल आरनवर उडिसाबाट, जिन्सम राजस्थानबाट कोइला आयात गर्ने योजना कम्पनीको छ । कम्पनीले यी सबै सामग्रीहरु भारतको तिकुनियाँसम्म रेलमा त्यहाँबाट ट्रकमा ढुवानी गर्ने योजना बनाएको अधिकारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x