×

NMB BANK
NIC ASIA

आफूलाई जन्माएकोमा बुवाआमाविरुद्ध मुद्दा हाल्दै यी व्यक्ति

माघ २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — एक भारतीय पुरुषले आफ्नो सहमतिबेगर आफूलाई जन्माएकोमा मातापिताविरुद्ध मुद्दा हाल्ने योजना बनाएका छन् । 

Muktinath Bank

मुम्बईमा बस्ने व्यापारी रफाएल स्यामुएलले बीबीसीलाई बताएअनुसार, शिशुलाई यस संसारमा ल्याउनु गलत भएको किनकि जन्मेपछि जिन्दगीभरि समस्या भोग्नुपर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर हामी जन्मनुअघि हाम्रो सहमति खोज्न सम्भव नरहेको स्यामुएललाई थाहा छ तर जन्मने आफूहरूको निर्णय नभएकोमा उनी अडिएका छन् । 


Advertisment
Nabil box
Kumari

आफूहरूले जन्माउनु नभने पनि जन्मिएपछि बाँच्नका लागि जिन्दगीभरि मूल्य चुकाउनुपरेको उनको तर्क छ । 

Vianet communication
Laxmi Bank

स्यामुएलको यो धारणालाई एन्टी नेटलिजम भनिन्छ । यो दर्शनअनुसार, जीवनमा धेरै दुःखपीडा हुनाले मानिसहरूले बच्चा जन्माउने काम तत्कालै रोक्नुपर्छ । 

यसो गर्दा पृथ्वीबाट मानवजाति क्रमशः हराउँदै जाने र यसले गर्दा ग्रहलाई झन् राम्रो हुने उनले बताए । 

‘मानवजातिको कुनै अर्थ छैन । धेरै मानिसले दुःख पाइरहेका छन् । मानवजाति लोप भएमा पृथ्वी र जनावरहरू झन् खुशी हुन्छन् । अनि कुनै मानवले पनि दुःख पाउनु पर्दैन । मानवको अस्तित्व पूरै अर्थहीन छ ।’

एक वर्षअघि उनले फेसबूक पेज निहिलानन्द बनाएका थिए । त्यसमा उनले ठूलो नक्कली दाह्री, आँखाको मास्क र एन्टी नेटलिस्ट सन्देशहरू सहितको तस्वीर राख्ने गरेका छन् । एउटा सन्देश यस्तो छ, ‘तपाईंका आमाबुवाले खेलौना वा कुकुरको साटो तपाईंलाई ल्याए । तपाईं उनीहरूप्रति ऋणी हुनुहुन्न, तपाईं उनीहरूका लागि मनोरञ्जन मात्र हुनुहुन्छ ।’

यससम्बन्धी विचार उनको मस्तिष्कमा बढ्दै गएपछि उनले आफ्ना मातापितालाई यसबारे बताउने निर्णय गरे । 

स्यामुएलले आफ्ना मातापितासँग प्रेमिल सम्बन्ध रहेको बताए । दुवैजना वकिल हुन् । आमाले यो विचारप्रति सकारात्मक प्रतिक्रिया दिएको र बुवा पनि यसप्रति क्रमशः सकारात्मक हुँदै गएको उनले बताए । 

यो संसार मानवजाति नहुँदा झन् राम्रो हुन्छ भन्ने आफ्नो विश्वासका कारण मात्र मातापिताविरुद्ध अदालतमा मुद्दा हाल्ने निर्णय लिएको उनी बताउँछन् । 

त्यसैले ६ महिनाअघि उनले बिहानको खाना खाँदै गर्दा आमालाई तपाईंविरुद्ध मुद्दा हाल्छु भने । ‘उहाँले ल ठीक छ, तर म अदालतमा नरम हुन्छु भन्ने अपेक्षा नराख भन्नुभयो । म अदालतमा तिमीलाई ध्वस्त पार्छु भन्नुभयो ।’
स्यामुएलले आफ्नो मुद्दा लिने वकिल खोजिरहेका छन् तर अहिलेसम्म सफलता  हात पारेका छैनन् ।

उनको फेसबूक पोस्टले धेरै प्रतिक्रिया निम्त्याएको छ । तीमध्ये केही सकारात्मक र धेरै नकारात्मक छन् । कसैले त उनलाई ‘जा, गएर मर्’ समेत भने । 

उनका आलोचकहरूले यो सब प्रचारका लागि गरिएको भन्ने गरेका छन् । 

‘मैले प्रचारका लागि यसो गरेको हैन,’ उनी भन्छन्, ‘तर म यो विचारलाई सार्वजनिक गर्न चाहन्छु । मेरो विचार सरल छ, बच्चा नजन्माएकै ठीक हो ।’

जन्मिनुपर्दा दुःखी हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म नजन्मिएको भए हुन्थ्यो । तर म जीवनदेखि दुःखी छैन । मेरो जिन्दगी गजबको छ तर म यहाँ रहन चाहन्नँ । यो कस्तो कुरा हो भने एउटा राम्रो कोठा छ तर म त्यो कोठामा बस्न चाहन्नँ,’ उनी व्याख्या गर्छन् । 

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x