×

NMB BANK
NIC ASIA

एमएडब्लूले ल्यायो नयाँ स्कोडा अक्टाभिया

माघ २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपालका लागि स्कोडा कारको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले औपचारिक रुपमा नयाँ स्कोडा अक्टाभियाको बिक्री शुरू गरेको छ ।

Muktinath Bank

स्कोडा अक्टोभिया ‘एम्बिसन’, ‘स्टाइल’ र ‘एल एन्ड के’ गरी ३ ट्रिम र ८ फरक इन्जिन अप्सन तथा ट्रान्समिसनमा उपलब्ध छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ स्कोडा अक्टाभियाको पेट्रोल भेरियन्टमा ७ स्पिड डीएसजी गियरबक्स रहेको १.८ लिटरको टीएसआई इन्जिन रहेको छ, जसले अधिकतम १८० बीएचपी शक्ति उत्पन्न गर्छ । त्यसैगरी, पेट्रोल भेरियन्टकै ६ स्पिड डीएसजी गियरबक्सजडित १.४ लिटरको टीएसआई इन्जिनले अधिकतम १५० बीएचपी शक्ति उत्पन्न गर्छ ।


Advertisment
Nabil box
Kumari

साथै २.० लिटरको डिजेल इन्जिनले अधिकतम १४३ बीएचपी उर्जा उत्पन्न गर्छ । टप स्पेक भर्सनको अक्टाभिया ‘एल एन्ड के’मा ८ ओटा एयरब्याग छन् भने ‘स्टाइल’ र ‘एम्बिसन’ भर्सनमा क्रमसः ६ र ४ एयरब्याग छन् । अक्टाभियाको सबै ट्रिममा एबीए (एन्टि लक ब्रेक), इबीडी (इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्यसन) र ट्रयाक्सन कन्ट्रोलजस्ता विशेषता उपलब्ध छन् । 

Vianet communication
Laxmi Bank

पेट्रोल पावर्ड बेस अप्सन अक्टाभिया ‘एम्बिसन’को मूल्य ७१ लाख रुपैयाँ तोकिएको छ भने टप मोडेल ‘एल एन्ड के’ भेरियन्टको मूल्य एक करोड २ लाख रहेको छ । 

त्यसैगरी, डिजेल पावर्ड अक्टाभिया ‘एम्बिसन’को मूल्य ९१ लाख रुपैयाँबाट शुरू भएर ‘एल एन्ड के’ भेरियन्टको एक करोड ११ लाख रुपैयाँ रहेको छ । 

न्यू स्कोडा अक्टोभियाको स्वरुपमा सिग्नेचर बटरफ्लाई ग्रिलको डिजाइन लगायत अन्य ठोस सुधार गरिएको छ । नयाँ अक्टाभिया हालसम्मकै स्टाइलिस अक्टाभिया हो । नयाँ अक्टाभियामा अघिल्लोमा भन्दा फरक स्प्लिट हेडल्याम्प राखिएको छ जसलाई ‘क्वाड्रा एलइडी हेडलाइट्’ भनिन्छ । 

साथै, यसमा एलइडी ‘डेटाइम रनिङ लाइट’ र बम्परमा फग ल्याम्प राखिएको छ । टेलमा पनि नयाँ एइडी लाइटिङ जडान गरिएको छ । नयाँ स्कोडा अक्टाभियामा नयाँ एलोइ ह्विल समेत रहेको छ । 

नयाँ कारमा आठ इन्च ठूलो रंगीन इन्फोटेन्मेन्ट टचस्क्रिन जडान गरिएको छ जसलाई एपर कारप्ले वा एन्ड्रोइड अटो र मिरर लिंकमार्फत मोबाइल फोनसँग कनेक्ट गर्न सकिन्छ । टचस्क्रिनको टच सेग्मेन्टमै सबैभन्दा ‘स्मुथेस्ट’ रहेको छ । 

अक्टाभियामा पार्क असिस्टको सुविधा समेत छ, जसले पार्किङलाई सहज र आरामदायी बनाउँछ । स्कोडा अक्टाभियामा नयाँ थ्रि स्पोक स्टेरिङ रहेको छ । पछाडिको स्पेस सेग्मेन्टमै ठूलो छ जसले तीन जना पेसेन्जरलाई पर्याप्त सिटिङ र लेगस्पेस उपलब्ध गराउँछ ।

हाल नेपालमा आएको अक्टाभिया चौथो पुस्ताको हो । यसको पहिलो पुस्ता स्कोडा लाउरा थियो, जुन नेपाली सेडान प्रेमीमाझ निकै लोकप्रिय रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x