मेगा बैंकको नाफा ८६ प्रतिशतले बढ्यो

माघ २४, २०७५

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा बैंकले ७३ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो ।


ADVERTISEMENT

पहिलो त्रैमासमा ४० करोड ४५ लाख खुद मुनाफा आर्जन गरेको थियो । बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ३९ करोड ३६ लाख मुनाफा गरेको थियो ।

गत वर्षको सोही अवधिको तुलनामा बैंकले ८६ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको छ । 

२०७५ पुस मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप २५ अर्ब २८ करोडले वृद्धि भई ७० अर्ब ८५ करोड रुपैयाँ पुगेको छ, जुन ५५ प्रतिशतको वृद्धि हो ।

त्यसैगरी कर्जा तथा सापटी २५ अर्ब ८ करोडले वृद्धि भई ६५ अर्ब ८५ करोड कायम भएको छ जुन ६२ प्रतिशतको वृद्धि हो । 

मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरू र २ हजार ३ सयभन्दा बढी मेगा रेमिट एजेन्ट छन् ।

माघ २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस