काठमाडौं- आउँदो चैत १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जानी नजानी’ले कभर भिडियो प्रतियोगीताको घोषणा गरेको छ । फिल्ममा समावेश पहिलो गीत ‘एउटीलाई मुटुमा घर...’ बोलको गीतको कभर भिडियो घोषणा गरिएको हो ।
अम्बिका शर्माको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा स्वर अर्जुन पोखरेल र दुर्गा खरेलको छ । यस गीतमा मनिष श्रेष्ठ र सुमी मोक्तानको नृत्य छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा मनिष र सुमीसँगै डेब्यू नायिका निरिशा बस्नेतलाई पनि देख्न पाईन्छ ।
गीतको कभर भिडियो कम्तीमा एक मिनटको हुनुपर्नेछ । त्यसभन्दा माथि चार मिनेट सम्मको भएपनि फरक नपर्ने निर्माता रोशनी केसीले बताईन् । ‘उत्कृष्ट कभर भिडियो बिजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टीभी, दोश्रो हुनेले रोवाकै फाईभ पोइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुन क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन्’ फिल्मका निर्देशक बसन्त अधिकारीले भने ।
भिडियो फागुन २० गतेभित्र janinajani2018@gmail.com मा पठाईसक्नुपर्ने निर्माण टिमले जनाएको छ ।
यो प्रतिस्पर्धामा प्राप्त हुने भिडियोलाई डिआईडी सिजन २ का उत्कृष्ट १० मा पर्न सफल नृत्यकलाकार, नृत्य निर्देशक एवम् अभिनेता नरेशबीर कंशकारले चयन गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट भिडियो प्राप्त हुने विश्वस आफूले गरेको उनले बताए । अभिनेता मनिषले पनि यो प्रतियोगिताले धेरैलाई आफूहरुसँग जोडिन सघाउने बताए ।
निर्माता रोशनीका अनुसार फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै फिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यू गर्दैछन । यसमा प्रेम कथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नु पर्ने जिम्मेवारीलाई पनि देखाइएको निर्माण टिमको दाबी छ । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् ।
फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ती मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।
थप समाचार
- बाहुबलीले अनुष्कालाई दिए महंगो कार
- बाहुबली फिल्म सुटिङको वास्तविकता, अचम्ममा पर्नुहुन्छ !
- अभिनेता राजेश हमाल बने उर्जामन्त्री, कुलमानको ठाउँमा विजय लामा !
- ऋषि धमलापत्नी हिरोइन बन्दै, फिल्ममा श्रीमान् आउट
- पाँच नायकः कुनै बेला नामै नाम, अहिले गुमनाम
- शो बन्द भयो तर बानी सुध्रिएन कपिल शर्माको, घन्टौं कुराए अक्षयलाई
प्रतिक्रिया दिनुहोस