×

NMB BANK
NIC ASIA

किसानलाई प्रोत्साहन

पसिनाको फलमा डोजर चलाउनेलाई विद्यार्थीको हौसला, विद्यालयमा बेचियो बन्दाकोपी

माघ २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – बजारमा १ कप कफीको ३० देखि १ सय ५० रूपैयाँसम्म तिर्नुपर्छ । रेडबुल प्रतिक्यान ९५ देखि २ सय ५० रूपैयाँसम्ममा किनेका उदाहरण छन् ।

Muktinath Bank

कोकोकोला प्रतिबोतल ३५ रूपैयाँमा किन्नुपर्छ । तर बिडम्बना नेपाली कृषकले उत्पादन गरेको बन्दाकोपी प्रतिकिलो २ रूपैयाँमा पनि बिक्री हुँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसले गर्दा तरकारी उत्पादन गर्ने किसानले वर्षभर दुःख गरेर लगाएको तरकारीमा डोजर लगाएर माटोमा मिलाए । सिजनमा पसिना चुहाएर फलाएको तरकारीमा डोजर चलाउने रहर कसलाई होला र ? तर किसानले मुटुमाथि ढुंगा राखी पसिनाको फलमाथि डोजर चलाए ।


Advertisment
Nabil box
Kumari

यस्तो पीडामा परेका किसान हुन् चितवन खैरहनी नगरपालिका–६ तुलसीपुरका पुरन महतो । महतोले आफ्नो २ विगाहा क्षेत्रफलमा लगाइएको बन्दाकोपी गएको माघ ११ गते डोजर लगाएर नष्ट गर्न बाध्य भए । उनले झण्डै ६ टन बन्दा डोजर लगाएर नष्ट गरेका छन् ।

Vianet communication
Laxmi Bank

‘बिक्रीका लागि तयार भएको १ महिनासम्म पनि सबैतिर बन्दा किनिदिन आग्रह गरे । धेरै ठाउँ भौतारिए । तर मैलै उत्पादन गरको बन्दा २ रूपैयाँ प्रतिकिलोमा किनिदिने कोही नभेटेपछि डोजर चलाएर नष्ट गर्नको विकल्प देखिनँ,’ उनले थपे, ‘गत वर्ष प्रतिकिलो १४ रूपैयाँसम्म बिक्री गरेको थिएँ ।’

तरकारीले बजार पाउन छाडेपछि महतोको तरकारी खेती गर्न उनको मन मरेको छ । ‘अब यसलाई पनि घटाउँदै जानुपर्ने भयो । बैंकको ऋण लिएर तरकारी लगायो, लागत पनि उठ्दैन आफ्नो दुःखको त हिसाब नै छैन,’ पुरनले लोकान्तर संवाददातासँग दुखेसो पोखे, ‘३ तहका सरकार छन् भन्छन् । सरकारले किसानको समस्यामा सहयोग गरेको खै ?’

५–७ वर्ष अगाडि सहकारीहरूमार्फत् तरकारी बिक्री भएपनि आजभोलि हुन छाडेको छ । काठमाडौंको कालिमाटीमा पहिला तरकारी जाने भएपनि हिजोआज भने ‘बिक्री हुँदैन नल्याउनू’ भन्ने गरेको महतोले गुनासो गरे । ‘उपभोक्ता र किसान दुवै मारमा परेका छन्,’ महतोले भने, ‘कसरी हाम्रो समस्याको समाधान होला ?’

बैंकमा उनको २५ लाख रूपैयाँ ऋण छ । ‘बन्दा बिक्री भएन । ब्याज कसरी तिर्ने यसैको पीडामा छु,’ उनले भने, ‘निःशुल्क लैजाउनुभन्दा पनि कसैले लगेनन्, बाध्य भएर डोजर चलाएको हुँ । म चर्चामा आउन डोजर चलाएको होइन ।’ 

महतोले तरकारी नष्ट गरेको समाचार देशभर फैलियो । ३ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले महतोको गाउँमा आएर ‘कृषि क्रान्ति गर्छाैं’ भन्ने भाषण गर्दै हिँडे । तर उनलाई एक पटक पनि भेट्न गएनन् । महतो भन्छन्, ‘मैले उत्पादन गरेको बन्दा नष्ट गर्नुपर्यो । अझै कृषिमा क्रान्तिको भाषण गर्न अब मन्त्रीले सुहाउँदैन ।’

उनले बिक्री नभएको बन्दा नष्ट गर्न पनि ८ हजार खर्च गर्नपर्यो । २०४५ देखि ०५९ सालसम्म महतो वैदेशिक रोजगारीको लागि साउदी अरब पुगे । त्यहाँ नराम्रो दुःख पाए । २०६० सालदेखि विदेश होइन, आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने सोचले उनी नेपाल फर्किए र शुरू गरे आफ्नै घरनजिकै १० विगाहा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती । उनीहरूको पुर्ख्यौली पेशा पनि हो तरकारी खेती । उनले अब जम्मा ५ विगाहामा मात्र तरकारी खेती गर्ने सोच बनाएका छन् ।

उनले तरकारी नष्ट गरेको खबर सुनेपछि रूपन्देहीको बुटवलस्थित दीप बोर्डिङ हाई स्कूलका प्राचार्य टिकाराम न्यौपानेको मन छोयो । न्यौपानेले महतो ठाउँ र सम्पर्क गरे । नष्ट गरेकोबाहेक बचेको बन्दा उनले उत्पादन गरेको बन्दासहित महतोलाई बुटवल बोलाए । विद्यालयमा महतोलाई सम्मान गरे । ‘किसानको सम्मान गरिनुपर्छ भनेर मैले बोलाएर सम्मान गरेको हुँ,’ उनले भने ।

विद्यालयमा गठन भएको ‘इन्ट्रयाक्ट’ क्लब अफ दीप बोर्डिङ र नेपाल युवा रेडक्रस सर्कल दीप बोर्डिङले महतोले उत्पादन नगरको बन्दा प्रतिगोटा ५ रूपैयाँका दरले किने । उत्पादित कृषि उपजको उचित बजारीकरणका लागि सचेतना अभियान स्वरूप किसानलाई विद्यालयमा बोलाएर सम्मान गरिएको प्राचार्य न्यौपानेले बताए ।

आफ्नो गाउँमा बिक्री नभएको बन्दा बुटवल ल्याएर विद्यालयका छात्रछात्रालाई ५ रूपैयाँ प्रतिगोटा किन्दा महतोका आँखा रसाए । उनले भने, ‘बुटवलमा मलाई विद्यार्थीले जुन सम्मान दिए, त्यो मैले कहिल्यै भुल्न सक्दिनँ । राज्यले नगरेको सम्मान विद्यालय र विद्यार्थीले गरे ।’

विद्यार्थीले महतोको ११ हजार रूपैयाँका बिन्दा किनेका थिए । विद्यालयका १ हजार ६ सय विद्यार्थीले महतोले उत्पादन गरेका बन्दा किनेका थिए । राज्यले किसानलाई सम्मान र उत्पादनलाई बजार सुनिश्चित नगर्दासम्म नेपालको कृषि क्षेत्रको विकास हुन नसक्ने महतोको भनाइ छ ।

उनले पहिलो सिधै तरकारी काठमाडौंको कालिमाटीमा पुर्याएर बिक्री गर्थे । त्यहाँ बिचौलियाले खरिद गरेर मोलमोलाई गर्न थालेपछि उनले तरकारी संकलन केन्द्रमा पठाउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x