×

NMB BANK
NIC ASIA

कपाल किन झर्छ ? यस्तो छ कारण र उपचार

माघ २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

१. कपाल कसरी झर्छ?
२. कपाल झर्ने समस्याको उपचार के हुन्?
३. के तातो पानीले नुहाउँदा कपाल झर्छ?
४. खाडीमा आएकाको धेरैको कपाल झर्ने गर्छ कारण के होला?
५. के खुइली सकेको तालुमा पनि hair transplant गर्न मिल्छ ?
--------------------------

Sagarmatha Cement
Muktinath Bank

१. कपाल कसरी झर्छ?
-- कुनै पनि दिनमा १०० ओटा जति कपाल झर्ने गर्छ l यदि तपाईंको कपाल लामो छ र तीन दिनमा एक पटक नुहाउनु हुन्छ भने नुहाएर भ्याउंदा करिब ३०० जति कपाल बाथरूममा (बाथटबमा) देखिनुलाई सामान्य मान्नु पर्छ l यी झरेका कपालको जराबाट पुन कपाल पलाउन थाल्छ l तर कसैको कपाल धेरै झर्ने तर थोरै मात्र पलाउन थाल्ने हुन्छ l


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो प्रक्रिया महिलामा भन्दा पुरुषमा पहिला देखिन्छ l प्राकृतिक रुपमा पुरुषमा यो प्रक्रिया २० बर्षमा शुरु हुन्छ भने महिलामा ३० बर्षमा शुरु हुन्छ l (प्राय) कपालको संख्या लगभग ५०% जति कम नहुदासम्म हामीलाई खासै चिन्ता महसुस हुदैन वा हामीले पत्तो पाउदैनौ l कपाल झर्ने कारण धेरै हुन सक्छन l ति कारणहरुलाई मुख्यतय दुई भागमा विभाजित गरिन्छ l पहिलो scarring (कपालको जरा नष्ट भएको) र दोश्रो non-scarring (कपालको जरा नष्ट नभएको). Scarring निकै कमलाई हुने गर्छ र यस समस्याबाट कपाल झरिसकेको भए उपचार सम्भब छैन l लगभग ८०-९०% को non-scarring हुने गर्छ र यसको उपचार छ l यो पोस्टमा non-scarring को बारेमा मात्र लेख्नेछु l Non-scarring हुने कारणहरु धेरै छन् जस्तै:


Advertisment
Nabil box
Kumari

*Androgenetic (androgen हर्मोन र genes को कारण): (चित्र १ र २) यो बंशाणुगत हुने गर्छ l पुरुष र महिलाको टाउकोमा जहाँ androgen हर्मोनको receptor छ त्यहाँ यस हर्मोन (टेस्टसटरन --> DHT) ले बढी असर गर्छ र कपाल झर्छ l

Vianet communication
Laxmi Bank

*Alopecia areata (सिक्का जस्तो गोलो आकारमा ठाउँ ठाउँमा कपाल खुइलिने समस्या): (चित्रमा #३) शरीरको प्रतिरक्षा प्रणाली (immune system) ले आफ्नै शरीरको कोष (कपालको जराको कोष) मा आक्रमण गर्दा यो रोग निम्तिएको हो l

*Telogen effluvium (शरीरको हर्मोन, औषधि, रगतको कमि, life stress, iron को कमि, पौष्टिक आहारको कमि, सुत्केरी अवस्था आदिको कारणले केहि महिना कपाल झर्ने समस्या)
*Trichotillomania (आँफै कपाल तानेर झार्ने l बिभिन्न खालको मानसिक समस्यामा हुने): आत्तिएको बेला, टोलाएको बेला वा मनमा चिन्ता परेको बेला आँफुलाई थाह भएर वा नभईकन कपाल तान्ने समस्या l

२. कपाल झर्ने समस्याको उपचार के हुन्?
-- कपाल झर्ने प्रक्रिया प्राकृतिक हुनाले कपाल झर्न सम्पूर्ण रुपमा रोक्न सकिन्न l औषधिहरुले मुख्यगरी दुई किसिमले काम गर्छ (एक) कपाल झर्न कम गर्ने, (दुई) जरा जिउँदो रहेको तर कपाल उम्रन छाडेकोलाई फेरी सक्रिय बनाउने l तल बताईएका औषधि र बिधिहरु जति छिटो शुरु गर्यो उतिनै राम्रो परिणाम देखिन्छl अर्थात् टाउको टक्लु हुनु अघि नै शुरु गर्दा राम्रो हुन्छ l

-- यदि अचानक टाउकाको बाहेक आँखी भौं र शरीरको अन्य भागमा पनि रौँहरु एकै पटक झर्न शुरु गरेको छ भने पहिला Biotin vitamin शुरु गर्ने l १ महिना दिनहु खाँदा झर्न रोकिएन भने तुरुन्त डाक्टरकोमा जाने l झर्न रोकियो भने ३-४ महिना थप खाने l टाउको चिलाउने पनि गर्छ भने तुरुन्तै डाक्टरकोमा जाने l Biotin खाँदै गर्दा रगतमा अन्य केहि कुराको पनि कमि छ कि भनेर जांच गर्दा राम्रो हुन्छ l

-- Androgenetic hair loss को लागि पहिला Minoxidil foam ५% (Rogaine brand अमेरिकामा हुनुहुन्छ भने) दिनको एक पटक कपालमा लगाउने l यसले कपाल थप झर्नबाट रोक्छ र केहि मात्रामा कपाल बढ्न सक्छ l Minoxidil संगै वा छुट्टै Finasteride औषधि खान सकिन्छ l यो औषधि पुरुषको लागि मात्र हो l डाक्टरको prescription बिना खानु हुँदैन र महिलाले खानै हुँदैन (फेरी दोहोर्याउँछु, महिलाले finasteride खान हुँदैन) l माथि भनिएको औषधि ४-५ महिना प्रयोग गर्दा कुनै राम्रो परिणाम नभेटिए Laser Energy प्रयोग गर्न सकिन्छ l हप्ताको २ दिन घरमै वा डाक्टरको अफिसमा गएर यो laser प्रयोग गर्न सकिन्छ l (नेपालमा यो प्रबिधि सजिलै उपलब्ध छ छैन मलाई थाह भएन) l लामो समयसम्म कपाल उम्रन छाडेको तर नमरेको जरालाई laser energy ले पुन सक्रिय बनाउछ l विदेशतिर हाम्रो शरीरको आफ्नै रगतबाट platelet (रगतको एक तत्व) छुट्याएर निकालिएको platelet rich plasma कपालको जरामा सुईद्वारा लगाईन्छ जसले कपाल उम्रन छाडेको जराबाट पुन कपाल पलाउन थाल्छ l यसो गर्दा पनि भएन भने hair transplant गर्न सकिन्छ l
-- Alopecia areata को लागि Triamcinolone, Cyclosporone, Anthralin जस्ता लगाउने औषधि प्रयोग गर्नु पर्छ l अन्य खाने औषधि र लगाउने इन्जेक्सनहरु पनि हुन्छन l यी सबै औषधि डाक्टरको प्रत्यक्ष निगरानीमा प्रयोग गर्नु पर्दछ l

-- Telogen effluvium को लागि पहिला कुन रोग वा अवस्थाको वा कुन तत्वको कमीले गर्दा भएको हो पत्ता लगाउनु पर्छ र त्यस कारक तत्वको उपचार गर्नु पर्छ l रोग पत्ता लगाउन रगत जांच गर्नु पर्छ l प्राय CBC, हर्मन (थाईरैड, टेस्टसटरोन) को मात्रा, ANA, Iron आदिको जांच गरिन्छ l अरु कसैलाई तपाईंको र कपाल झर्ने समस्या नभएको व्यक्तिको मुट्ठीले कपाल तान्न लगाउनुसl यदि तपाईंको धेरै निस्क्यो भने तपाईंलाई यो समस्या हुन सक्छ l सामान्यतय १० ओटा कपाल एकै पटक तान्दा १ भन्दा धेरै निस्कनु राम्रो होइन l ३ भन्दा धेरै निस्कियो र कपाल झर्ने समस्या भैरहेको छ भने तुरुन्त डाक्टरकोमा जानु पर्छl
-- Trichotillomania छ भने psychiatrist संग जंचाउन जानु पर्छ l

३. के तातो पानीले नुहाउँदा कपाल झर्छ?
-- चिसो पानी र चिसो मौशम हुने ठाउँमा भन्दा तातो पानी र तातो हावा हुने ठाउँमा कपाल धेरै झर्न सक्छ तर यसरी झरेको कपाल पुन उम्रिन्छ l तातो पानीले नुहाउन रोक्नु पर्दैन l

४. खाडीमा आएकाको धेरैको कपाल झर्ने गर्छ कारण के होला?
-- कपाल झर्न शुरु हुने उमेर र खाडी जाने उमेर लगभग उही हुने हुनाले नेपाल हुँदा नझरेको तर त्यहाँ गएपछि धेरै झर्न शुरु भएको महसुस हुन सक्छ l खाडीको तातो हावा पानी नेपालको पहाडी क्षेत्र भन्दा हल्का फरक हुँदा सामान्य रुपमा झर्ने कपाल अलि छिटो झर्ने पनि गर्छ l तातो हावा पानी भएकै कारण झरेको भए पुन पलाउँछ l अन्य कारण हो भने माथि #२ मा भनेको जस्तो गर्नु पर्छ l

५. के खुइली सकेको तालुमा पनि hair transplant गर्न मिल्छ ?
-- धेरैको मिल्छ र transplant गरेको मध्ये धेरै कपालहरु बर्षौं सम्म रहन्छ l यसरी transplant गर्ने रौँ (चित्र #१ हेर्नुस) आफ्नै टाउकाको कान भन्दा ठिक माथि र टाउकाको पछाडी तिर बाट निकालेर तालुमा वा अगाडी transplant गरिन्छ l आफ्नै शरीरको रौँको जरा हुनाले transplant गरेपछि शरीरले कुनै reaction देखाउंदैन र reaction हुन नदिने कुनै औषधि खानु पनि पर्दैन l

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x