पुस ५, २०८०
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
कञ्चनपुर – कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका किसान स्थानीय जातका आलु ‘घरैया’ को संंरक्षणमा जुटेका छन् ।
खानमा स्वादिलो र थोरै मेहनेतमै धेरै फल्ने स्थानीय जातका आलु लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीय किसानले त्यसका संरक्षणमा जुटेका हुन् । संरक्षणका लागि उनीहरुले दुई कठ्ठादेखि पाँचकठ्ठा जग्गामा घरैया जातका आलु खेती गरेका छन् ।
घरैया आलुको माग बढेपछि लगाउन छाड्दै गएको आलु पुनः लगाउन थालिएको स्थानीय किसान रामसिंह चौधरीले बताए ।
‘बजारमा विकासेभन्दा स्थानीय जातकै आलुको माग बढ्न थालेपछि यो जातको आलु खेतमा लगाउन थालेका हौं,’ उनले भने । गाउँका ७० जना किसानले स्थानीय जातको घरैया आलु रोपेका छन् ।
उन्नत जातका टिपिएस, कार्डिनल लगायतका आलुको बजार मूल्य प्रतिकिलो १५ देखि २० रुपैयाँ रहेको छ । तर थारु समुदायका व्यक्तिले पूर्खौदेखि रोप्दै आएका घरैया आलु प्रतिकिलो ५५ देखि ६० रुपैयाँमा सहजै बिक्री हुने गरेको छ ।
थारु समुदायले लगाउने भएकाले यस आलुलाई थारु आलुका नामले पनि चिनिने गरिन्छ । थोरै क्षेत्रफलमा घरैया आलु रोपिने भएकाले मागअनुरुप उत्पादन गर्न नसकिएको स्थानीय किसान लालबहादुर चौधरीले बताए । ‘बजारमा बेच्न लैजाँदा हातोहात बिक्री हुन्छ । ग्राहकले माग गरे अनुरुप पुर्याउनै सकिँदैन,’ उनले भने ।
परम्परागत रुपमा जैविक विधिको प्रयोग गरी लगाइने भएकाले स्वास्थ्यवर्धक, स्वादिलो, भण्डारण गर्दा लामो समयसम्म नकुहिने र डढुवा लगायतका रोग सहनसक्ने क्षमता भएकाले यस आलुको माग बढ्दो छ ।
विकासे आलुको तुलनामा स्थानीय जातको आलुको दाना सानो अर्थात् ५ ग्रामदेखि १० ग्राम तौलको हुने गरेको छ । हाल आलु लगाउने आधुनिक प्रविधिको प्रयोग हुन थालेपछि विगतको तुलनामा केही ठूलो दाना हुने गरेको छ ।
‘विगतमा ड्याङ बनाएर रोप्ने गरेकाले थोरै उत्पादन हुने स्थानीय जातको आलुलाई हाल आधुनिक तरिकाले नाली बनाएर रोप्न थालेपछि उत्पादन बढेको छ । सिँचाइ गर्न समेत निकै सहज भएको छ,’ जानकीदेवी डगौराले भनिन् ।
माग बढ्दै गएकाले अर्को वर्ष १० कठ्ठा जग्गामा सो आलु लगाउने योजना रहेको उनले बताइन् । ‘विकासे आलुको उत्पादन बढी हुने भएकाले स्थानीय जातको आलु लगाउन छोड्दै गएका थियौं,’ तिलबहादुर डगौराले भने, ‘बजारमा भारतीय आलुसँग प्रतिस्पर्धा गर्न नसक्दा लागत खर्चनै नउठ्ने गरी बेच्नु परेको अवस्थामा ग्राहकले घरैया आलुनै माग्न थालेपछि यसको खेती विस्तार गरेका छौं ।’
किसानले स्वस्फूर्त रुपमा स्थानीय जातको आलुको खेती बढाउन थालेपछि उनीहरुको मनोबल बढाउन सुदूरपश्चिम प्रदेश सरकारको कृषि मन्त्रालयले वडा कार्यालयको अनुरोधमा यहाँका दर्जन भन्दा बढी किसानलाई बीउमा अनुदान रकम प्रदान गरेको छ ।
स्थानीय जातको आलु संरक्षण र विस्तारका लागि प्रदेश सरकारले १ लाख ५० हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।
‘विकासे आलुको माग घट्दो रुपमा रहेकाले यस क्षेत्रका किसानले अर्को वर्षदेखि स्थानीय जातको आलु बढीभन्दा बढी जग्गामा रोप्ने भएका छन्,’ चौधरीले भने, ‘स्थानीय जातको आलुको बढ्दो माग र आकर्षक बजार मूल्यका कारण किसानहरू यसप्रति बढी आकर्षित भएका छन् ।’
स्थानीय किसानका अनुसार १ कठ्ठा जग्गामा घरैया आलु २० किलो बीउमा १ क्विन्टल बढी उत्पादन हुने गरेको छ । यसवर्ष पिपलाडी गाउँमा मात्रै १६० क्विन्टलभन्दा बढी स्थानीय जातको घरैया आलु उत्पादन भएको छ । स्थानीय जातको आलु रोप्ने ७० जना किसानले ७ लाखदेखि १० लाख रुपैयाँसम्मको आलु बिक्री गरेका छन् ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...