तपाईंलाई थाहा छ, विश्वकै सानो र क्रिश्चियनहरूको पवित्र देश भ्याटिकन सिटीको हिन्दू कनेक्सन ?

फागुन १, २०७५

भगवान् शिवको अस्तित्व यस चराचर जगतमा व्याप्त छ । भारतवर्षमा मात्र नभएर शिवजीको प्रभाव अन्य देश र क्षेत्रमा पनि देखिएको छ ।

यहाँ हामी यस्तो शहरको बारेमा चर्चा गर्दैछौं जसको बनावट ठ्याक्कै शिवलिंग जस्तै छ ।


ADVERTISEMENT

इटालीको रोममा रहेको भ्याटिकन सिटी क्याथोलिक क्रिस्चियन धर्मावलम्बीहरूको पवित्रतम स्थान हो । आश्चर्यको कुरा त यसको बनावट शिवलिंगको जस्तै छ ।

खासमा भन्नुपर्दा भ्याटिकन शब्द नै संस्कृतको वाटिका जस्तो सुनिन्छ । वाटिका भन्नाले बगैंचा बुझिन्छ । उता भ्याटिकन ल्याटिन शब्द भ्याटिसबाट बनेको हो जसको अर्थ हुन्छ गुरु वा ऋषि । क्याथोलिकहरूका लागि पोप धर्मगुरु नै त हुन् ।

उपनिषद्कालमा गुरु तथा ऋषिहरूले वाटिकामा रुखमुनि बसेर शिष्यहरूलाई आत्मज्ञान दिने गर्थे । त्यसबाट पनि प्राचीन सनातन धर्मको प्रभाव भ्याटिकनमा परेको संकेत पाइन्छ ।

भ्याटिकन सिटीको उत्खनन गर्दा शिवलिंग पाइएको र त्यसलाई संग्रहालयमा सुरक्षित राखिएको पनि मानिन्छ । शिवजीकै सम्मानमा शहरलाई शिवलिंगको आकार दिइएको हुनसक्छ ।

एरियल भ्युबाट हेर्दा वास्तवमै भ्याटिकन शिवलिंग जस्तै देखिन्छ । भ्याटिकन आफैंले चाहिँ यसलाई स्वीकारेको छैन । 

एजेन्सी

फागुन १, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार