×

NMB BANK
NIC ASIA

निर्वाचनदेखि किसानका गीत गाएका अमृत, भन्छन् –‘गायनबाटै परिवार पालेको छु’

माघ २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं। ‘हिँड्छेउ माया तर्की तर्की, 
अन्तै माया लाउने मन छरकी, 
तिमी जुन, तिमी हौ तारा, 
हुने हो कि आँशुको नौ धारा’
 
गायक अमृत खाती र गायिका उमा श्रेष्ठको स्वरमा भर्खरै बजारमा आएको ‘जुनतारा’ एल्बमको नयाँ गीत हो यो । बुधबार बजारमा आएको यो गीत दर्शकले रुचाएका छन् । दोलखा जिल्लाको सुस्पा क्षमावती गाविस, हाल भीमेश्वर नगरपालिका १० मा २०४० मङ्सिर २५ गते जन्मिएका गायक खातीले अहिलेसम्म लोक, प्रगतिशील, आधुनिक, निर्वाचनका गीत गरी १५० भन्दा बढी गीत गाइसकेका छन् ।

Muktinath Bank

आफूलाई लोकगायक भन्न रुचाउने गायक खातीले धेरै गीत भने लोक भाकामै गाएका छन् । उनको ‘शिरबन्दी शिरैमा’ पहिलो एल्बम हो । त्यो गीत पनि लोक भाषामा थियो । गायक खातीले त्यो गीत यसरी सुनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भट्ट हेर्दा स्वर्गकी परी 
यो कान्छीको मन पाउनु कसरी, 
तरकारी आलु सिमीलाई, 
अब मत ज्यान गए छोडदिन मन पर्यो कान्छी तिमीलाई ।’ 

युवा गायक खातीले आफ्नो जीवनमा धेरै गीत गाए । तर उनलाई सबैभन्दा मन पर्ने गीत आफ्नो जिल्लाको गीत गाउँदा लागेको छ । जुनमा यस्तो छ, 
‘हाम्रै कालिन्चोक, 
घुम्न जाउँ सरर, दोलखा चरिकोट’ 

‘यो गीत लेख्दा र गाउँदा जति आनन्द मलाई कहिल्यै आएन, जन्मेको माटोप्रति समर्पित भएर गाएको गीत हो, यो गीत सुन्दा आनन्द लाग्छ,’ गायक खातीले भने, ‘यो गीतले दोलखाको पर्यटकीय, धार्मिक तथा सबै स्थानको बारेमा जानकारी दिएको छ ।’


Advertisment
Nabil box
Kumari

दोलखा प्रत्येक स्थान गीतमा समेटिएको हुनाले यो गीत सम्पूर्ण दोलखालीको मनमा बस्न सफल भएको छ भने दोलखा जाने पर्यटकलाई राम्रो जानकारी दिएको छ । 

Vianet communication
Laxmi Bank

गायक खातीले निर्वाचनका समयमा निर्वाचनसम्बन्धी निकै गीतहरु गाए । वर्तमान केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका नेताका लागि निर्वाचनको गीत गाए । निर्वाचनका गीतमध्ये निकै चर्चित यो गीत बन्यो– 
‘भन्छन् सधैँ आमा र बाले, 
प्यारो पार्टी नेकपा एमाले ।’  

स्थानीय तहका निर्वाचनमा उनले ७८ वटा गीत गाएका थियो । जसमध्ये निकै लोकप्रिय गीत त्यो गीत बन्यो । यहाँले नेपाली युवालाई नेपालमै व्यवसाय गरेर बस्न प्रेरित गर्ने पनि धेरै गीत गाएका छन् । 
‘गाउँगाउँमा सहकारी थप्दै रोजगारी, 
समान हक पाउनुपर्छ, 
पुरुष अनि नारी’ 

 

चर्चित गायिका मधु गुरुङ र गायक खातीले गाएको गीत हो त्यो । साना किसानसँग सम्बन्धित भएर उनले निकै सहकारीका गीतहरु गाए । 

‘हाम्रो देशको जलस्रोतले सारा नेपाल बल्छ, 
दुःख गरे हाम्रो देशमा हीरा मोती फल्छ’ 
कुरा बुझौँ नेपाली दाजुभाइ, 
दिगो शान्ति चाहिएको छ हामीलाई’ 

चर्चित गायिका जुना प्रसाईं र गायक खातीले गाएको अत्यधिक रुचाइएको गीत ‘ओके छ त’ भन्ने हो । जसलाई धेरैले थेगोका रुपमा प्रयोग गरेका छन् । जुन गीत यस्तो छ । 
‘चोखो माया तिमीलाई नै गर्छु मत, 
ओके छ त छ, 
तिमीसँगै जीउछु अनि मर्छु मत ओके छ त’ 

सुस्पा क्षमावती माध्यामिक विद्यालयमा पढ्दादेखि नै गुरु नवराज शिवाकोटीको प्ररणाबाट साङ्गीतिक क्षेत्र सुरु गरेका उनले २०५७ सालमा एसएलसी पास गरेपछि पनि सङ्गीतको क्षेत्रलाई निरन्तरता दिए । पाटन क्याम्पसमा आइए, मीनभवन नेपाल कमर्श क्याम्पसबाट वीए पढेका गायक खातीले सङ्गीतका यात्रालाई भने छोडेनन् । 

उपत्यका सांस्कृतिक सङ्गठन, साधना कला केन्द्रमा सङ्गीत सिकेर समानताका लागि सांस्कृतिक अभियानमा पनि उनि लागे । विसं २०५९/६० तिर दोहोरी साँझमा गीत गाउन शुरु गरेर उनले औपचारिक रुपमा क्षेत्रमा लागे । 
उनले गीत गाएर नै आफ्नो परिवार पालेका छन् । ‘खास गीत गाएर कमाइ हुदैन, मेला महोत्वसमा विवाह, पूजा, जात्रामा कलाकार चाहिने संस्कारले कमाउने अवसर बनेको छ’, गायक खातीले भने, ‘स्टेज कार्यक्रमकै लागि मेची महाकाली पुगेको छु, जिल्लामा म पुगेको छु, सन्तुष्ट छु ।’ उनले अहिलेसम्म १५ सयभन्दा बढी स्टेज कार्यक्रम चलाइसकेका छन् । 

सङ्गीत यात्रामा नेपालमा मात्र होइन, नेपाली रहेका धेरै विदेशी भूमिका समेत गरेर गीत गाएका छन् । उनले इजरायल, जापान, कतार, दुवई, कुवेत, मलेशियामा गएर गीत गाएका छन् । 

सङ्गीतको यात्रामा उनले विन्दबासिनी म्युजिक अवार्ड वर्ष २०७२ उत्कृष्ट गायकको अवार्ड पाए । २०७३ सालमा पाउन म्युजिक अवार्डको बेष्ट कम्पोजरको अवार्ड पाए । मलेशियामा भएको इन्टरनेशनल अवार्डमा उत्कृष्ठ लोकदोहरी गायकको अवार्ड पनि उनले हात पारे । 

सङ्गीत रोयल्टी समाजका सदस्य समेत रहेका गायक खातीले लोकगीतबाहेक दुईवटा आधुनिक गीत पनि गाएका छन् । जुन दर्शकले निकै रुचाएका छन । गीत यस्तो छ– 
‘किन टाढा हुन्छे तिमी, 
तिम्रो मन दुखाए कि, 
भन्नु पर्ने केही कुरा तिमीसँग लुकाए कि’ 

लोक र प्रगतिशील गायनमा बढी पोख्त देखिएका गायक खातीको आगामी दिन पनि सङ्गीतका क्षेत्रमा निरन्तरता दिने योजना छ । -कालिका खड्का/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x