सेना एक्लैले ६ अर्ब ६१ करोड ४५ लाखको गाडी किन्यो

माघ २८, २०७५

काठमाडौं– मितव्ययी हुने सरकारी नीति भएपनि सवारीसाधनमा राज्यको खर्च अनियन्त्रित छ  ।

मर्मत गरेर गाडी चलाउनुको साटो सरकारी कार्यालयहरु नयाँ किन्ने प्रतिस्पर्धामा रहेका छन् । 


ADVERTISEMENT

अझ राज्यका सबै निकायभन्दा सेना एक्लैले धेरै खर्च गरेको छ । 

आजको नयाँ पत्रिका दैनिक लेख्छ– सेनाले गत आर्थिक वर्षमा ६ अर्ब ६१ करोड ४५ लाखका सवारीसाधन किनेको छ । जवकी राज्यकास अन्य सबै निकायका लागि ६ अर्ब ६१ करोड ३८ लाखका गाडी खरिद गरिए । यसको सम्पूर्ण विवरण महालेखापरीक्षकको कार्यालयमा पुगिसकेको छ । 

माघ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस