डीपीएलका खेल आजदेखि : काठमाडौं र धनगढी तथा रुपन्देही र महेन्द्रनगर भिड्दै

माघ २८, २०७५

धनगढी– तेस्रो संस्करणको धनगडी प्रिमियर लिग (डीपीएल) क्रिकेट सोमबारदेखि सुरु हँुदैछ । बर्षाका कारण प्रतियोगिता दुई दिन पछाडी सरेको हो । 

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल बिहान ९ बजे हुनेछ । यस्तै सोमबार नै हुने दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाइटेडबीच १ बजे प्रतिस्पर्धा हुनेछ । 


ADVERTISEMENT

काठमाडौं गोल्डेन्स ज्ञानेन्द्र मल्लको कप्तानीमा, धनगढी स्टार्सको नेतृत्व सोमपाल कामीमा, रुपन्देही बसन्त रेग्मीको कप्तानीमा र महेन्द्रनगर शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट मान्यता प्राप्त प्रतियोगितामा ६ टोली धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहेको छ ।
 

माघ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस