चेल्सीको पोष्टमा सिटीको आधा दर्जन गोल

माघ २८, २०७५

काठमाडौं– इङ्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीमाथि शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले चेल्सीको पोस्टमा आधा दर्जन गोल गर्यो । 

जितसंगै सिटी लिगको शीर्ष स्थानमा उक्लियो । ६–० को जित निकाल्ने क्रममा घरेलु मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक पुरा गरे । त्यस्तै सिटीका लागि रहिम स्ट्रलिङले दुई गोल गर्दा इल्क्ये गुन्डुगानले एक गोल गरे । 


ADVERTISEMENT

सिटीले २७ खेलबाट ६५ अंक बनाएको छ । सिटीले लिभरपुललाई गोल अन्तरमा पछि पार्दै पुन शीर्ष स्थान पुग्न सफल भयो । एक खेल कम खेलेको लिभरपुलको पनि ६५ अंक रहेको छ । पराजित चेल्सी २६ खेलबाट ६० अंक रहेको छ । उ लिग अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।
 

माघ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस