×

NMB BANK
NIC ASIA

बलियो सरकार विकासमा कमजोर, ७ महिनामा जम्मा २२ प्रतिशत विकास बजेट खर्च !

माघ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – आर्थिक वर्षको अन्त्यमा हुने बजेट खर्च रोक्नकै लागि सरकारले १५ जेठमा बजेट ल्याउने प्रचलन शुरू गर्‍यो । विगतमा साउन १ गतेमा ल्याइने बजेट पछिल्लो दुई वर्षदेखि १५ जेठमै ल्याउने प्रचलन संविधानमार्फत् स्थापित भएको छ ।

Muktinath Bank

१५ जेठमा बजेट ल्याउने परिपाटी शुरू गरेसँगै आर्थिक वर्षको अन्त्यमा हुने अत्यधिक खर्चमा कमी आउने आपेक्षा थियो । तर अहिलेसम्मको विकास खर्च हेर्दा त्यसमा अपेक्षित सुधार आउन सकेको देखिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजेट दुरुपयोग रोक्ने र कामको गुणस्तर बढाउने उद्देश्य सरकारको थियो । तर चालू आर्थिक वर्षमा पनि सरकारले विकास बजेट खर्चमा खासै सुधार गर्न नसकेको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

महालेखा परीक्षकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो ७ महिना (साउन–माघ २७) मा विकास खर्च निकै न्यून छ ।

Vianet communication
Laxmi Bank

चालू आर्थिक वर्षको पहिलो ७ महिना (माघ २७ गते आइतवार) सम्ममा ६९ अर्ब ६४ करोड ३० लाख रुपैयाँ  पूँजीगत खर्च भएको छ । सो खर्च कूल पूँजीगत बजेटको २२ दशमलव १८ प्रतिशत हो ।

चालू आर्थिक वर्षमा सरकारले ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ पूँजीगत बजेट विनियोजन गरेको थियो । तर सरकारले आर्थिक वर्षको शुरूमा भएको उक्त खर्चलाई न्युन खर्च भन्न नमिल्ने प्रतिक्रिया दिएको छ । 

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले विकास खर्च कम वा बढी भयो भनेर विगतका वर्षलाई हेरेर तुलना गर्दा यसवर्ष खर्च बढेको बताए । उनले केही नीतिगत कारणले पनि आपेक्षा अनुसार खर्च नभएको बताए । ‘गत वर्ष वा विगतका वर्षहरूलाई हेर्ने हो भने हाम्रो खर्च बढी भएको छ,’ उनले लोकान्तरसँग भने, ‘तर हाम्रो आपेक्षा अनुसार खर्च नभएकै हो । यसमा हाम्रा केही नीतिगत व्यवस्थाका कारण पनि खर्च कम हुने गरेको छ ।’

आर्थिक कार्यविधि ऐन, खरिद ऐन लगायतले करीब १ सय १५ दिनजति ढिलाइ गरिदिने भएकाले आर्थिक वर्षका शुरूका महिनामा नीतिगत काममै बित्ने प्रवक्ता दाहालको भनाइ थियो । नीतिगत काम गरिसकेपछि पछिल्ला चौमासिकहरूमा विकासका काम हुने र काम भएपछि मात्रै भुक्तानी दिँदा खर्च पनि बढी देखिने दाहालले बताए ।

गत आर्थिक वर्षको सोही अवधिमा सरकारले कुल विकास बजेटको १९ प्रतिशत खर्च गर्न सकेको थियो । पूँजीगततर्फ ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेको सरकारले माघ २६ गतेसम्म ६४ अर्ब ७८ करोड ८० लाख ४१ हजार रुपैयाँ खर्च गरेको थियो ।

त्यस्तै चालू आर्थिक वर्षमा सरकारले छुट्याएको कुल चालूतर्फको बजेटको साढे ४० प्रतिशत खर्च भएको छ । कुल ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ चालूतर्फ छुट्याएको सरकारले आइतवारसम्म ३ खर्ब ४५ अर्ब ७७ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ । यो खर्च चालूतर्फ छुट्याएको कुल बजेटको ४० दशमलव ९० प्रतिशत हो ।

वित्तीयतर्फ चालू आर्थिक वर्षको पहिलो ७ महिनामा ३२ अर्ब १३ करोड ५७ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । यो खर्च कुल वित्तीयतर्फ विनियोजित बजेटको २० प्रतिशत खर्च हो । चालू आर्थिक वर्षमा सरकारले वित्तीयतर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

सरकारले चालू आर्थिक वर्षमा कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ विनियोजन गरेको थियो । पहिलो ७ महिनामा कुल ४ खर्ब ४४ अर्ब ८१ करोड ३७ लाख रुपैयाँ खर्च भएको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ । सबै क्षेत्रतर्फ कुल बजेटको करीब ३३ प्रतिशत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x