भ्यालेन्टाईनलाई प्रदीप र जसिताको ‘घाम जून’ उपहार !

माघ २८, २०७५

काठमाडौं- फिल्म ‘लिलीबिली’बाट लोकप्रिय बनेको जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले यस पटकको प्रणय दिवस (भ्यालेन्टाईन डे)मा दर्शकलाई घाम जुन उपहार दिने भएका छन् । 

यो जोडीको अभिनय रहेको ‘लभ स्टेशन’को पहिलो गीत ‘घाम जून चाहिँदैन ...’ को भिडियो दर्शकलाई भ्यालेन्टाईन उपहारको रुपमा प्रणय दिवसकै दिन सार्वजनिक गर्न लागिएको हो ।


ADVERTISEMENT

नयाँ वर्षको अबसर पारेर आउँदो चैत २२ चैतबाट फिल्म देशब्यापी प्रदर्शनमा आउँदैछ । 

छायाँकनका लागि भियतनामको विश्वभर चर्चित लोकेशनमा गत साता छायाँकन गरिएको यो गीतको भिडियो उत्कृष्ठ बनेको निर्माण पक्षको दावी छ । 

यो गीतलाई सुगम पोखरेल र रेश्मा पुन मगरले गाएका हुन् । जसमा दीपक शर्माको शब्द संगीत रहेको छ । फिल्मका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । अभिनेता प्रदीप खड्काले बिगतको फिल्मभन्दा ‘लभ स्टेशन’मा आफ्नो काम केही पृथक रहेको बताएका छन् । यो पारिवारिक तथा सांगीतिक प्रेमकथामा आधारित रहेको र अहिलेसम्मको काम प्रशंसनीय भएको यी प्रदीपले बताए । फिल्मको गीत ‘घाम जुन चाहिँदैन...’ दर्शकका लागि भ्यालेन्टाईनमा आफू र जसिताको सुन्दर र मिठास उपहार हुने विश्वास प्रदीपको छ । 

फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय छ ।

फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार ‘लभ स्टेशन’ सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्म हो । फिल्मभित्र ‘लभ स्टेशन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।

फिल्मलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो फिल्मको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्  । 

आलोक शुक्लाको छायाँकन रहेको ‘लभ स्टेशन’मा शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

माघ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस