×

NMB BANK
NIC ASIA

घर बनाउनै नसक्ने भूकम्पपीडितलाई सहयोग

माघ २८, २०७५

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

गोरखा -जिल्लामा जोखिममा परेका अतिविपन्न भूकम्पपीडितका लागि घर निर्माण गर्न निर्माण सामग्री र प्राविधिक सहयोग प्राप्त भएको छ । 

Muktinath Bank

जिल्लामा रहेका दुई नगरपालिका र चार गाउँपालिकाभित्रका १०२ जोखिममा परेका विपन्न लाभग्राही भूकम्पपीडितलाई घर निर्माण गर्न सहयोग प्राप्त भएको हो । जिल्लाको शहीद लखन गाउँपालिका, धार्चे गाउँपालिका, सिरानचोक गाउँपालिका र गण्डकी गाउँपालिकाकाभित्रका विभिन्न वडामा घर निर्माण गर्नै नसक्ने अवस्थामा रहेका भूकम्पपीडितलाई सहयोग प्रदान गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी गोरखा नगरपालिका र पालुङटार नगरपालिकाभित्र रहेका असहाय, विपन्न, एकल महिलाका लागि पनि वडा कार्यालयको सिफारिसका आधारमा घर निर्माणको काम शुरु भएको नेपाल आवास निर्माण परियोजना गोरखाका सञ्चार अधिकृत तारा ढकालले जानकारी दिनुभयो । 


Advertisment
Nabil box
Kumari

जिल्लाभरमा अहिलेसम्म त्यस्ताखालका करीब १२ वटा घर निर्माणको काम सम्पन्न भएको र २२ घर निर्माणको काम आधाजसो सकिएको उहाँले बताउनुभयो । बाँकी रहेका घर भने निर्माणको प्रक्रियामा रहेको सञ्चार अधिकृत ढकालको भनाइ छ । 

Vianet communication
Laxmi Bank

त्यस्ताखालका भूकम्पपीडितलाई घर निर्माण गर्न चाहिने तारजाली, लेवपाइप, रङरोगनलगायत बाहिरबाट खरीद गर्नुपर्ने सामग्री गरी करीब रु ५१ हजार ५०० बराबरको सहयोग गर्दै आएको परियोजनाका इञ्जिनीयर विकास न्यौपानले बताउनुभयो । 

परियोजनाले आफ्नो कार्य क्षेत्रभित्र दक्ष डकर्मी निर्माणका लागि स्थानीयलाई तालीम दिने गरेको र त्यही सिकाइका क्रममा सहभागी जनशक्तिको प्रयोग गरेर तालीमसँगै विपन्नका परिवारका लागि घर निर्माण गर्ने गरेको इञ्जिनीयर न्यौपानेले बताउनुभयो । 

घर बनाउन प्रदान गरिएको डकर्मी तालीमबाट विपन्न परिवारले भूकम्प प्रतिरोधी घर पाएको शहीद लखन गाउँपालिकाका वडाध्यक्ष देउबहादुर गुरुङले जानकारी दिनुभयो । “स्थानीयलाई भूकम्प प्रतिरोधी घर बनाउन सीप सिक्ने अवसर पनि भयो”, उहाँले भन्नुभयो, “त्यही अवसरको सदुपयोग गर्दा घर नै बनाउन नसक्ने भूकम्पपीडितका लागि घर पनि भयो ।” 

दक्ष प्राविधिकबाट तालीम प्रदानसँगै विपन्न लाभग्राहीका लागि पुनःनिर्माण प्राधिकरणकोे मापदण्डअनुसार घर पनि निर्माण भएको इञ्जिनीयर न्यौपानेको भनाइ छ । कम खर्चमा जस्ता तार प्रविधिमा कसरी भूकम्प प्रतिरोधी घर निर्माण गर्न सकिन्छ भन्ने जानकारी दिन परियोजनाले डकर्मी तालीम प्रदान गर्दै आएको छ । 

“घर बनाउन सक्ने अवस्था नै नरहेपछि छनोटमा परेका अधिकांशले सम्झौतासमेत गर्नुभएको रहेनछ”, इञ्जिनीयर न्यौपानेले भन्नुभयो, “हामीले सम्झाएर घर निर्माण गरिदिने प्रतिबद्धता जनाएपछि बल्ल उहाँहरू सम्झौता गर्न तयार हुनुभएको हो ।” 

जस्ता तार प्रविधिअन्तर्गत पुराना सामग्रीको प्रयोग गरेर थोरै खर्चमा घर निर्माण गर्न सकिने भएकाले थोरै सहयोगबाट पनि विपन्न परिवारले नयाँ घरमा बस्न पाएको अर्का इञ्जिनीयर अन्जन श्रेष्ठको भनाइ छ । “यो थोरै लागतमा घर बनाउने प्रविधि हो”, उहाँले भन्नुभयो, “यो प्रविधिबाट घर बनाउन तालीम दिँदा अत्यन्त कम खर्चमा भूकम्प प्रतिरोधी घर बनाउन चाहनेका लागि पनि सजिलो हुन्छ ।”

इञ्जिनीयर श्रेष्ठले यसखालको प्रविधिमा सिमेन्ट गिट्टी र बालुवाको प्रयोग गर्ने ठाउँमा जस्ता र तारको प्रयोग गर्न सकिने बताउनुभयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x