×

NMB BANK
NIC ASIA

नदी सरसफाइको जिम्मा स्थानीय तहलाई

माघ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सरकारले नदी सरसफाइको जिम्मा स्थानीय तहलाई नै दिने गरी ‘नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइसम्बन्धी कार्यविधि, (नमूना) २०७५’ ल्याएको छ । 

Muktinath Bank

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई नै नदीनाला, सडक चोक सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा दिने गरी कार्यविधि ल्याइएको मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिए ।
कार्यविधि आइसकेपछि ७ सय ५३ वटै स्थानीय तहले आफ्ना क्षेत्रभित्र सरसफाइ अभियान सञ्चालन गर्नुपर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कार्यविधिमा स्थानीय सरकारलाई आफ्नो क्षेत्रभित्रका नदी, ढल, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको सरसफाइदेखि जैविक विविधताको संरक्षण र पर्यावरणीय सन्तुलन कायम गर्ने बताए । कार्यविधिमा स्थानीय तहका प्रमुख रहेको एक समिति गठन गरी आफ्नो क्षेत्र भित्रको सरसफाइ कार्यक्रम गर्नेछन् । 


Advertisment
Nabil box
Kumari

समितिमा नगरपालिका वा गाउँपालिकाका उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, गैरसरकारी संस्थाका प्रतिनिधिलगायत सदस्य रहने छन् । समितिले सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्ने क्षेत्र पहिचान गर्ने, सरसफाइ अभियान सञ्चालन तथा अन्तर निकाय समन्वय गर्ने, विभिन्न संघसंस्था तथा निकायद्वारा गरिने सरसफाइ कार्यक्रममा समन्वय गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । 

Vianet communication
Laxmi Bank

वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय सरसफाइ अभियान समितिको गठनसमेत गरिने व्यवस्था कार्यविधिमा उल्लेख छ । वडास्तरीय कार्यक्रममा वडामा रहेका नदीनाला मठमन्दिर, सार्वजनिक स्थलको सरसफाइ सञ्चालन गर्ने, विभिन्न संघसंस्था तथा निकायद्वारा गरिने सरसफाइ कार्यक्रमको समन्वय गर्ने र वडास्तरीय सरसफाइको कार्यक्रमको अनुगमन गरी वडामा सो सम्बन्धमा छलफल गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले नमूना कार्यविधिलाई सबै स्थानीय तहमा चाँडै नै पठाइने जानकारी गराए ।

स्थानीय तहको कार्यपालिकाले स्वीकृत गरेर कार्य्विधि लागू गर्ने उनले बताए । कार्यविधिका कम्तीमा पनि महिनामा १ पटक आफ्ना स्थानीय तहमा रहेका नदीनाला, ढल, मठमन्दिर र सार्वजनिक स्थलको एकपटक सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । 

नगरपालिकाले प्रत्येक महिनाको अन्तिम शनिवार बिहान स्थानीय वासिन्दा, टोल, समुदाय, गैरसरकारी संस्थासँग समन्वय गरेर आफ्नो क्षेत्रको पायक पर्ने खानेपानी मुहान, सार्वजनिक कुवा तथा धारा, ताल, तलैया, पोखरी, नदी खोला, धार्मिक एव पर्यटकीय स्थल, सम्पदा, क्षेत्र, सडक, पार्क, खुला क्षेत्रको सरसफाइ गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ । 

प्रवक्ता अधिकारीका अनुसार कार्यविधिमा गाउँ वा नगर क्षेत्रभित्रमा सरकारी गैरसरकारी र निजी क्षेत्रका कार्यालय, संघसंस्था र निकायले प्रत्येक महिनाको १ दिन पहिलो शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म आ–आफ्नो परिसर सरसफाइ गरी सरसफाइ अभियान व्यापक बनाउने उल्लेख गरिएको छ । 

गाउँ वा नगरक्षेत्रभित्रका सबै शैक्षिक संस्थाले अब प्रत्येक महिनाको दोस्रो वा चौथो शुक्रवार दिउँसो २ बजेदेखि ३ बजेसम्म वा शैक्षिक संस्था बन्द हुनुभन्दा अगाडि १ घण्टा अगाडि समयदेखि वा अन्य उपयुक्त समयमा शैक्षिक संस्था वरपरका आफ्नो पायक पर्न नदी, खोला, उद्यान, पोखरी, खानेपानीको मुहान, धार्मिकस्थल, टोल तथा सार्वजनिक स्थलको सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।

शैक्षिक संस्थाले विभिन्न अतिरिक्त क्रियाकलाप जस्तैः हाजिरीजवाफ प्रतियोगिता, चित्रकला, वकृत्वकला, वृक्षरोपणको माध्यमबाट वातावरणीय संरक्षण तथा सरसफाइ अभियान सञ्चालन गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । 

कार्यविधिमा स्थानीय तहमा रहेका सबै कार्यालय, संघसंस्थाले भित्तेलेखन, पोस्टर टाँस्ने लगायतका कार्यलाई निषेध गरी ‘स्वच्छ स्वच्छ, सफा र हराभरा क्षेत्र’ घोषणा गरी नियमित सरसफाइ गर्नुपर्ने उल्लेख छ ।

मापदण्ड विपरीतका प्लाष्टिकका झोला, सिसा वा वातावरणमा प्रतिकूल असर पार्ने सामग्रीको प्रयोगलाई नियन्त्रण गरी स्थानीय स्रोतमा आधारित जैविक तथा वातावरणीय विकल्पलाई प्रवद्र्धन गर्ने तथा प्लाष्टिकजन्य पदार्थ जलाउने कार्यलाई पूर्णतः निषेध गर्ने उल्लेख गरिएको छ । – शरद शर्मा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x