कांग्रेस केन्द्रीय समिति बैठक जारी, यस्ता छन् एजेण्डा

माघ २८, २०७५

काठमाडौं – विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति तय गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा महासमिति बैठकले पारित गरेका निर्णयको कार्यान्वयन, नेविसंघ लगायत भातृ संगठनको अधिवेशन लगायत विषयमा छलफल भइरहेको केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले जानकारी दिए ।


ADVERTISEMENT

उनले भारतमा अध्ययनरत विद्यार्थीलाई समेत नेविसंघको महाधिवेशन प्रतिनिधि बनाउन माग गरेका छन् । यसअघि बसेको कांग्रेस केन्द्रीय समिति बैठकले वीरगञ्जमा निर्माण गर्ने भनिएको बीपी उद्यानको नाम परिवर्तन गर्न लागिकोमा आपत्ति जनाएको थियो ।

कांग्रेसले प्रदेश सरकारले गरेको निर्णय नसच्चाए आन्दोलन गर्ने चेतावनी दिइसकेको छ ।

माघ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस