नेविसंघ अध्यक्ष नैनसिंह महरले दिए राजीनामा, महाधिवेशन गर्न तदर्थ समिति गठन गरिने

माघ २८, २०७५

काठमाडौं – नेपाल विद्यार्थी (नेवि) संघका अध्यक्ष नैनसिंह महरले तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिएका छन् ।

तोकिएकै समयमा महाधिवेशन हुन नसकेपछि नेविसंघको नेतृत्व विवादित हुँदै आएको थियो ।


ADVERTISEMENT

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष महरले राजीनामा बुझाएका छन् । कांग्रेस नेतृत्वको यसअघि अध्यक्ष महरलाई अध्यक्षमा म्याद थप गरेको थियो ।

तर अर्काे पक्षले तदर्थ समितिमार्फत् नेविसंघको महाधिवेशन हुनुपर्ने माग गर्दै आएको थियो ।

माघ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस