दोस्रो राष्ट्रिय योङमुदो प्रतियोगिता सम्पन्न

माघ २८, २०७५

काठमाडौं – नेपाल योङमुदो संघको आयोजनामा दोस्रो राष्ट्रिय ‘योङमुदो च्याम्पियनसीप’ प्रतियोगिता शनिवार सम्पन्न भएको छ । प्रतियोगितामा ११ स्वर्णपदक सहित हारती समूह प्रथम तथा १० स्वर्ण सहित चन्द्रागिरी दोस्रो भएका छन्।

खेलमा सबैभन्दा अनुशासित टीमको पदक कुपण्डोल टीमले हात पार्‍यो । उत्कृष्ट फाइटरको ट्रफी शिरिश नेगी लामा र आयुषा लामिछानेले हात पारे भने उत्कृष्ट खेलाडीको ट्रफी नितिश घले र सुनिता लामाले हात पार्न सफल भएका छन् । प्रतियोगितामा विभिन्न तौल समूहमा गरी ५७ टोली र २५०जना प्रतियोगी सहभागी थिए । प्रतियोगितामा सातै प्रदेशबाट प्रतिष्पर्धीहरू सहभागी भएका थिए ।


ADVERTISEMENT

सो अवसरमा योङमुदो विश्व च्याम्पियन तथा कोरियाली राष्ट्रिपतिका अंगरक्षक एवं कोरियामा सम्पन्न हिउँदे ओलम्पिक २०१८ मा पोल्याण्डका राष्ट्रपतिका अंगरक्षकका रूपमा रहेका सिओङ मिन र अर्का विश्वच्याम्पियन सिओङ हीले प्रतियोगीहरूलाई प्रशिक्षण समेत दिएका थिए ।

प्रतियोगिता उद्घाटन गरेकी प्रदेश ३ की सांसद उर्मिला कर्माचार्यले यस्ता प्रतियोगिताले खेलकुद क्षेत्रमा ठूलो योगदान गर्ने बताइन् ।

प्रतियोगिता हारती इन्टरनेसनल स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो ।

माघ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार