इन्फ्रास्ट्रक्चर बैंकले पायो वित्तीय कारोबार गर्ने इजाजत

माघ २८, २०७५

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रूपमा वित्तीय कारोबार गर्न इजाजत प्राप्त गरेको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम नेपाल सरकार सहित केही प्रतिष्ठित वाणिज्य बैंकहरू, बीमा कम्पनीहरू, लघुवित्त, निजी कम्पनीहरू तथा व्यक्तिगत व्यवसायीहरूको संयुक्त लगानी र प्रयासबाट स्थापित बैंकलाई नेपाल राष्ट्रबैंकले सोमवार इजाजत प्रदान गरेको हो ।


ADVERTISEMENT

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले उक्त बैंकलाई इजाजत प्रदान गरे ।

४० अर्ब अधिकृत पूँजी, २० अर्ब जारी पूँजी र १२ अर्व चुक्ता पूँजी रहेको यस बैंकले सार्वजनीक तथा निजी साझेदारी मार्फतनेपालको पूर्वाधार (यातायात, कृषि, उर्जा, पर्यटन, क्भ्श्, आधुनीक शहरी पूर्वाधार, सूचना प्रविधी लगायत) विकासमा अग्रणी भुमिका निर्वाह गर्ने लक्ष्य लिएको छ । 

नेपाल सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको यस बैंकको मुख्य कार्यक्षेत्र अन्र्तगत राष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरका पूर्वाधार विकासका परियोजनाहरूमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीहरूको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरीक र वाह्य स्रोत जुटाउने रहेको छ । 

बैंक स्थापनार्थ सहयोग गर्नुहुने अर्थमन्त्रालय–नेपाल सरकार, उद्योग मन्त्रालय–नेपाल सरकार, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, संस्थापकहरू, बैंक संचालक समिति, सञ्चारकर्मी, कर्मचारी लगायत सम्पुर्ण सुभेच्छुकहरूमा यस नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा यस्तै सहयोग र साथको अपेक्षा गरेको छ । 
 

माघ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस